डाक्टर नोसीन नासिरी प्रयोगशालामा आगोमा पर्दाथहरुको परीक्षणमा अधिकांस समय व्यस्त रहन्छिन् ।
साना संरचना भएका बस्तु एवम् पर्दाथहरु माथि खेल्नु उनको सानै देखिको रहर हो ।
विज्ञान तर्फको रुचिले उनलाई इरानको विद्यालयमा पढ्दै गरेकी एक बालिकाबाट मक्वरी बिश्वबिद्यालयको नानोटेक प्रयोगशाला सम्मको यात्रा तय गरेको छ ।
सानो छदा उनी सधैँ बस्तुहरूले कसरी काम गर्छन् भन्ने प्रश्नहरूमा केन्द्रित हुन्थिन् ।

Dr Noushin Nasiri Source: SBS
यो परम्परालाई उनी आफ्ना महिला छात्राहरूमा पनि प्रोत्साहित गर्छिन ।
नोसीन भन्छिन् अक्सर साना उमेरका युवतिहरूलाई विज्ञान विषय पढ्न प्रोत्साहित गरीदैन् ।
यही मुद्दालाई सङ्घीय बजेट मार्फत सरकारले सन् २०१८/१९ मा सम्बोधन गर्न चाहेको थियो ।
जहाँ ४५ लाखको बजेट मार्फत महिलाहरूलाई विज्ञान र प्रविधिका क्षेत्रमा आउनका लागि प्रोत्साहित गर्न कोसिस गरिएको थियो र त्यति बेला लिसा हार्वी स्मिथलाई विज्ञान प्रविधि,इन्जिनियरीङ र गणित विषय समेटिएको कार्यक्रम "स्टिम"मा राजदूतका रूपमा अघि सारिएको थियो ।
कार्यालयमा उनको तेस्रो वर्ष चलिरहँदा ,उनी भन्छिन् "अस्ट्रेलियाले यो क्षेत्रमा अझै धेरै गर्न बाकि छ ।"
"महिलाहरूले विश्वको जनसङ्ख्याको आधा हिस्सा ओगट्छन् तर विज्ञान र प्रविधिका क्षेत्रमा महिलाहरूलाई बाहिरै राखेर यस क्षेत्रको क्षमतामा आधा कटौेति गरी रहेका छौ ।"
तर विज्ञान, प्रिबिधि इन्जिनियरीङ र गणित क्षेत्रमा महिलाहरू ल्याउनु मात्रै चुनौती होइन, यस क्षेत्रमा काम गरिरहेकाहरूका हकमा पनि धेरै गर्न बाकि रहेको हार्वि स्मीथ बताउँछिन् ।
डाक्टर नोसीनका अनुसार लिङ्गभेद नै महिलाहरूलाई प्रगतिबाट रोक्ने सबैभन्दा ठुलो अवरोध हो ।

Maria Parappilly teaching STEM students Source: Supplied
उनको भनाइमा यदि महिलाहरू आफूले चाहेको कुरामा दृढ बन्दछन् उनीहरू माथि,घमन्डी वा आक्रामक बनेको आरोप लाग्दछ ।
त्यही,जब पुरुष समकक्षीहले आफ्नो बिचारमा अडान लिन्छ उसले फरक दृष्टिकोण अपनाएको मानिन्छ ।
विज्ञान ,प्रविधि,इन्जिनियरीङ र गणितको वर्कफोर्सलाई रूपान्तरण गर्ने हो भने कक्षा कोठाबाट यसको सुरुवात हुनु पर्नेमा अधिकारकर्मीहरूको जोड छ ।
सिड्नीको स्ट्राथफिल्ड गल्र्स हाइस्कुलले यिनै विषय प्रति बिद्यार्थीहरुको ध्यानकेन्द्रीत गरिरहेको छ,जहाँ यस्तो लाग्छ कि बिद्यार्थीहरुले राम्रो प्रयास गरी रहेका छन् ।