के तपाईँले कहिल्यै अरूलाई सहयोग गर्न आफ्ना द्विभाषिक क्षमताहरूको प्रयोग गर्ने बारेमा सोच्नुभएको छ? यदि सोच्नु भएको छ भने, अनुवादक र दोभाषेको करियर तपाईँको लागि उपयुक्त हुन सक्छ। अस्ट्रेलियामा प्रमाणित अनुवादक वा दोभाषे बन्नका लागि तपाईँले टेफको सर्टिफिकेटदेखि मास्टर्स डिग्रीसम्मको तालिम लिन सक्नु हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यस पेशा अपनाउनका लागि आवश्यक तयारी र कदमहरूबारे विशेषज्ञहरूको सल्लाह र सुझावहरूको चर्चा गरेका छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





