Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोना प्रकोपको बिचमा मनाइयो यसपालिको दशैं

Nepal's President Bidhya Bhandari receiving tika from her mother on Dashain's occasion.

Nepal's President Bidhya Bhandari receiving tika from her mother on Dashain's occasion. Source: RSS via Pres. Office

हिन्दु धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण चाड दशैं यस वर्ष कोरोनाको महामारीका कारण निकै कम उल्लासका साथ मनाइएको छ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


हिन्दु धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण चाड दशैं यस वर्ष कोरोनाको महामारीका कारण निकै कम उल्लासका साथ मनाइएको छ।


घटस्थापनाबाट सुरु भएर प्रत्येक दिन दुर्गा भवानीलाई पूजा गर्दै विजया दशमीको दिनमा मान्यजनहरूबाट टिका लगाएर दशैं मनाउने प्रचलन नेपालमा रहेको छ।

यस वर्ष अक्टोबर १७ मा दशैं सुरु भएपछि बजारहरू,  बैङ्क हरुमा साबिकको भन्दा कम चहलपहल देखिएको थियो भने सोमबार विजया दशमीको दिनमा मानिसहरूले घरघरमै टिका लगाएर दशैं मनाएका छन्।

Prime Minister KP Sharma Oli offering tika to his wife Radhika Shakya.
Prime Minister KP Sharma Oli offering tika to his wife Radhika Shakya. Source: RSS

यस वर्ष दशैंको समयमा प्रविधिको प्रयोग निकै बढेको छ। फेसबुक र भिडियो कलहरूबाट दशैंको शुभकामना आदानप्रदान गर्दै मानिसहरूले दशैं मनाएका छन्। विजया दशमीको दिनमा पनि सडकहरू खाली खाली रहेका थिए, र अधिकांश मानिसहरू आफन्तहरुकोमा टिका लगाउन नगएको देखिन्छ। 

वर्षेनी हुने दशैंका थुप्रै कार्यक्रमहरु यस वर्ष रद्द गरिएका छन्।

Dashain 2020 celebration in Kanchanpur, Nepal with their festivity called Nachbisarjan.
Dashain 2020 celebration in Kanchanpur, Nepal with their festivity called Nachbisarjan. Source: RPP

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टिका प्रदान गर्ने प्रचलन रहेता पनि यस वर्ष त्यो कार्यक्रमको आयोजना गरिएन। राष्ट्रपतिको शक्तिपीठ भ्रमण पनि रद्द गरिएको छ भने कतिपय शक्तिपीठहरुले नै नित्य पूजा बाहेक अरू कार्यक्रम निषेध गरेका छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दैनिक कोरोनाको प्रत्यक्ष विवरण दिने कार्यक्रम पनि दशैं बिदामा स्थगित गरिएपछि त्यसको आलोचना भएको छ।

२३ अक्टोबर देखि मन्त्रालयले फेसबुक, भाइबर लगायतका माध्यममा प्रेस विज्ञप्तिहरूबाट मात्र जानकारी दिइरहेको छ र प्रवक्ताको भनाईको सट्टामा विभिन्न व्यक्तिहरूका सन्देश फेसबुकमा राखिरहेको छ। 

डा. संगीता मिश्र भन्छिन्,"कोभिड १९ को पुष्टि भएमा मानिसहरू आइसोलेसनमा हुनुपर्छ र यात्रा गर्नु हुँदैन। कोभिड १९ को पुष्टि भएका बिरामीको सम्पर्कमा आएका मानिसहरू अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्छ।"

Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal.
Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal. Source: RPP

यस वर्षको दशैंको सुस्तताले अर्थतन्त्रलाई पनि निकै असर गरेको विज्ञहरू बताउँछन्। दशैंमा नयाँ पैसा साट्ने प्रचलन भए तापनि यस वर्ष राष्ट्र  बैङ्कले दशैं लक्षित नयाँ नोट नछाप्ने र नबाँड्ने निर्णय गरेको छ।  

बैङ्कहरुमा दशैंको समयमा केही भीड भए तापनि साबिकको भन्दा निकै कम देखिएको छ। लुगा कपडा र अरू सामानहरू पनि साबिकको भन्दा निकै कम किनबेच भएको बताइन्छ, र दशैंको समयमा व्यापारी, यातायात व्यवसायी र अति विपन्न मानिसलाई धेरै मर्का परेको देखिन्छ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now