Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय निर्वाचन २०२२: के बाल हेरचाहलाई सस्तो बनाउने कुरालाई दलहरूले मुख्य मुद्दा बनाउलान्?

A child plays with toys at a childcare centre in Canberra (AAP)

Both the Coalition and Labor are promising to reduce the cost of childcare. Source: AAP

बालबालिकाको हेरचाहमा दैनिक १८८ अस्ट्रेलियन डलरसम्म खर्च गदै आएका कतिपय अभिभावकहरूलाई बजेट सन्तुलन गर्नै हम्मे हम्मे पर्ने गरेको छ।


Published

Updated

By Claudia Farhart

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


बालबालिकाको हेरचाहमा दैनिक १८८ अस्ट्रेलियन डलरसम्म खर्च गदै आएका कतिपय अभिभावकहरूलाई बजेट सन्तुलन गर्नै हम्मे हम्मे पर्ने गरेको छ।


सरकारले ७० हजार वा त्यो भन्दा कम कमाउनेका लागि ८५ प्रतिशतको अनुदान दिदै आएको छ।

त्यो भन्दा बढी कमाउने लागि अनुदान कम हुँदै जाने भएकाले काममा फर्कने वा बालबालिका हेरचाह गरेर घरमै बस्ने भन्ने बारेमा धेरै अभिभावकले दुई चोटि सोच्ने गरेका छन्।

सङ्घीय चुनाव मिति नजिकिँदै जाँदा दुई प्रमुख दलले बाल हेरचाहलाई सस्तो बनाउने योजना अघि सारेका छन्।

चार बर्से एक छोरा र पाँच बर्सिया एक छोरीकी आमा स्टेफिनी पेट्रीड्सलाई आफूलाई मन परेको निर्माण सम्बन्धी काममा फर्कन मन थियो, तर उनी दोधारमा थिइन्।

काममा फर्कँदा उनले छोरा छोरीका लागि चाईल्ड केयरको ढोका ढकढकाउनु पर्थ्यो जहाँ उनले मनग्यै पैसा पनि तिर्नु पर्थ्यो।

“यिनीहरू दुवै जना डे केयरमा जान्थे भने मेरो पकेट रित्तिन्थ्यो, म काममा जाँदिन, म काममा जान्थे भने काममा जानकै लागि मैले पैसा तिर्नु पर्ने हुन्थ्यो, होइन र?” पेट्रीड्स भन्छिन्।

उनी भन्छिन् कि उनी यस पटकको निर्वाचनमा बाल हेरचाह, जलवायु परिवर्तन र महिलाहरूलाई मिल्ने सहयोगका बारेमा बढी हेक्का राख्नेछिन्।

रिपोर्ट सुन्नुहोस्। सङ्घीय निर्वाचन २०२२: के बाल हेरचाहलाई सस्तो बनाउने कुरालाई दलहरूले मुख्य मुद्दा बनाउलान्? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मे २१, अर्थात् सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै ठुला दल पेट्रीड्सको भोट पाउन प्रतिस्पर्धा गर्दै छन्।

गठबन्धन पोहर साल बजेटमा घोषणा गरेको बाल हेरचाह सम्बन्धी नीतिमा अडीक छ।

चार वर्षको अवधिमा १.७ अर्ब डलर खर्च गर्ने गठबन्धनले घोषणा गरेको छ।

अधिकांस अभिभावक जसको आम्दानी बार्षिक ७० हजार छ, उनीहरूले आफूले गर्ने भुक्तानीको ८५ प्रतिशतसम्म दाबी गर्न सक्दछन्।

यद्यपि उनीहरूको कमाई माथि जाँदै गर्दा दाबी गर्न सकिने प्रतिशत पनि घट्दै जान्छ।

दोस्रो र तेस्रो बालबालिकाका लागि भने अनुदान ३० प्रतिशतले बढेर ९५ प्रतिशतसम्म पुग्दछ।

तर ३५०,००० वा त्यो भन्दा बढी कमाउनेका हकमा भने कुनै पनि अनुदान प्राप्त हुदैन्।

Accessing reasonably priced child care is an important election issue for young families.
How do recent surveys rank the key issues for voters in the coming election? Source: Source: 23 Mar 2022 ABC/ AAP: Dean Lewins.

विपक्षी लेबरले भने हाल कायम रहेको रकम भन्दा बढी कमाउनेका हकमा पनि अनुदानलाई बढाउने वाचा गरेको छ।

यदि निर्वाचनमा जित हासिल गरे, आगामी जुलाईदेखि बाल हेरचाह सस्तो बनाउन ५.४ अर्ब खर्च गर्ने लेबरको योजना छ।

र यसो भएमा अधिकांस परिवारले ९० प्रतिशतसम्मको अनुदान दाबी गर्न सक्नेछन्। यद्यपि ७५,००० भन्दा बढी आम्दानी भएको खण्डमा यसको अनुपात भने कम हुँदै जानेछ।

लेबरले ५३०,००० सम्म कमाउनेका हकमा हालको अनुदानलाई कायमै राख्ने, दोस्रो वा तेस्रो बच्चाको हकमा गठबन्धनले वाचा गरेको नीतिसँग मेल खाने योजना सार्वजनिक गरेको छ।

वित्तीय विश्लेषक एवम् सल्लाहकार समूह इनटाइटलमेन्टका संस्थापक ब्रेन्डन रायन भन्छन् कि पार्टीका नीतिमा के ले प्रभाव पार्छ भन्ने कुराको निर्धारणमा विभिन्न कारक हुन्छन्।

उनी भन्छन् कि दलहरूले निर्वाचनको दिन अघि नै आफ्ना नीतिहरूलाई स्पष्ट पार्न जरुरी छ।

अहिलेसम्म हेर्ने हो भने चाईल्ड केयर दलहरूका लागि मुख्य चुनावी एजेन्डा बनेको छैन।

तर बालबालिकाका लागि हेरचाह प्रदायक एवम् अस्ट्रेलियन चाईल्ड केयर एलाईन्सकी उपाध्यक्ष नेशा हचिन्सन भन्छिन् कि उनीसँग व्यवहार गर्ने धेरै परिवारका लागि यो निकै ठुलो कारक हो।

“प्रत्येक दिन, प्रत्येक हप्ता उनीहरूले आफ्नो बजेटका बारेमा सोच्नुपर्दछ, बाबु वा आमा मध्ये को काममा फर्कने भन्ने कुरालाई पनि यसले फरक पार्छ, उनका बच्चा कति दिन चाईल्ड केयर जान्छन् यसमा पनि फरक पर्छ,” हचिन्सन भन्छिन्।

तर पेट्रीड्सका लागि यो बजेट सन्तुलन मात्र पनि होइन, उनी भन्छिन् कि यदि आर्थिक वृद्धि चाहने हो भने , कार्यबललाई पनि बढाउनु पर्छ, त्यसका लागि कामकाजी आमा भन्दा को राम्रो होला र?


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now