Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चीन आगामी महिनादेखि आफ्नो सीमा खोल्ने तयारीमा

Novel coronavirus / China

Beijing Capital International Airport is quiet in Beijing, China on Dec. 27, 2020.( The Yomiuri Shimbun via AP Images ) Credit: Ichiro Ohara/AP

कोभिड-१९ प्रतिबन्धहरू थप खुकुलो हुँदा तिन वर्ष पछि पहिलो पटक चीनका बासिन्दाहरूले अन्तर्राष्ट्रिय उडानका टिकट बुकिङ गरेका छन्। तर सीमा खोल्दै गर्दा, कोभिड मामिला बढ्ने क्रम भने जारी नै रहेकाले पछिल्लो परिवर्तनलाई लिएर देश भित्र र अन्तर्राष्ट्रिय स्तरबाट मिश्रित प्रतिक्रिया आएको छ।


Published

By Hannah Kwon

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


कोभिड-१९ प्रतिबन्धहरू थप खुकुलो हुँदा तिन वर्ष पछि पहिलो पटक चीनका बासिन्दाहरूले अन्तर्राष्ट्रिय उडानका टिकट बुकिङ गरेका छन्। तर सीमा खोल्दै गर्दा, कोभिड मामिला बढ्ने क्रम भने जारी नै रहेकाले पछिल्लो परिवर्तनलाई लिएर देश भित्र र अन्तर्राष्ट्रिय स्तरबाट मिश्रित प्रतिक्रिया आएको छ।


चीनका धेरै मानिसहरूले विदेशमा यात्रा गर्नका लागी टिकट बुक गर्न खोजिरहेका छन्।

बेइजिङले आगामी महिना आफ्नो सीमा खोल्ने घोषणा गरे सँगै टिकट बुक गर्ने वेबसाइटहरूमा ग्राहकहरूको ओइरो लागेको छ।

तिन वर्ष देखि बन्द रहेको सीमा खोल्ने निर्णयसँगै सो राष्ट्रले शून्य-कोभिड नीतिलाई त्यागेको सङ्केतका रूपमा हेरिएको छ।

विदेश यात्रा गर्न चाहनेहरूका लागि जनवरी ८ देखि पासपोर्टका आवेदनहरू खुल्ला गरिने छन्।

परिवारलाई भेट्न, त्यस्तै काम वा विद्यार्थी भिसामा रहेकाहरूका लागि यात्रा प्रतिबन्ध हट्ने छन्।

सोमबार डिसेम्बर २६ मा चीनमा प्रवेश गर्ने यात्रुहरूका लागि रहेको क्वारेन्टिनका मापदण्डहरू पनि हटाइने रिपोर्ट आएका थिए।

तर सीमा खुली रहँदा सङ्क्रमण मामिलाहरूमा भने निरन्तर वृद्धि देखिएको छ जसले गर्दा उक्त निर्णयलाई लिएर बेइजिङका बासिन्दाहरूको मिश्रित प्रतिक्रिया आएको छ।

"प्रतिबन्धहरू खुल्ने कुरा एक्कासि भयो र हामी कोही पनि यसका लागि तयार थिएनौँ।"

त्यस्तैमा बेइजिङमा आर्किटेक्टका रूपमा कार्यरत लु हाओमिङ्ग भने चीनको आर्थिक सुधार सीमा खुल्ने कुरामा आधारित रहेको बताउँछन्।

"हामीले रोगको रोकथाममा यस वर्ष राम्रो काम गरेको भए पनि अर्थतन्त्रलाई भने धेरै हानि भयो।"

विश्वकै कडा कोरोनाभाइरस लकडाउन मापदण्डहरू मध्ये पर्ने चीनको लकडाउनका कारण व्यवसायहरूमा धेरै ठुलो प्रभाव परेको थियो भने नागरिकहरूबाट बिरलै देखिने विरोध र प्रदर्शनहरू पनि भएका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

चीनले कोभिड-१९ को सङ्क्रमण सङ्ख्याको आधिकारिक गन्ती गर्न बन्द गरेको छ तर देशभर अस्पतालहरूमा बिरामीको छाप बढेको रिपोर्टहरू आइरहेका छन्।

तर प्रतिबन्धहरू खुकुलो बनाइदा व्यवसायहरूलाई भने निकै ठुलो राहत मिलेको सुन व्यवसायी लि याङ्ग बताउँछन्। र लुनार नयाँ वर्ष मनाउनु भन्दा अगाडी यो निर्णय आउनु उत्तम समय भएको उनको भनाइ छ।

"गत हप्ता त्यस भन्दा अगाडीको हप्ता भन्दा तिन गुणा बढी ग्राहकहरू देखिएका थिए।"

सीमा खुल्ने तयारीमा रहेको समयमा जापानले भने चीनको कोभिड फैलावटलाई हेर्दै आफ्नै किसिमका प्रतिबन्धहरू अगाडी ल्याउँदै छ।

मङ्गलवार प्रधानमन्त्री फुमियो किशिडाले डिसेम्बर ३० देखि जापानले मूल भूमि चीनबाट आउने पर्यटकहरूको लागि सीमामा कडाइ गर्ने घोषणा गरेका छन्।

"चीनबाट आउने पर्यटकहरूका लागि हामीले अस्थायी आपतकालिन मापदण्डहरू लागु गर्ने निर्णय गरेका छौँ।"

सम्पूर्ण पर्यटकहरूले जापान पुगेपछि अनिवार्य कोभिड-१९ जाँच गर्नु पर्छ र र सङ्क्रमण देखिएकाहरूले सात दिनसम्म क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।

जापान र चीनबिच उडान पनि सीमित सङ्ख्यामा मात्र हुनेछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now