रुस-युक्रेन युद्ध
पूर्वी युक्रेनमा केही महिनाहरू देखि रहेको तनाव पश्चात् २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैन्य बललाई पठाएर आक्रमणको सुरुवात गर्दै विश्वलाई नै चकित बनाए।
र तत्कालै युरोपियन युनियनले रुस माथि कडा प्रतिबन्धहरू लगायो। युरोपियन युनियनकी अध्यक्ष उर्सुला भन डे लाएनले रुसी कदमको आलोचना गरेकी थिइन।
हाल उक्त द्वन्द्वबाट ठ्याक्क कति क्षति भयो भन्ने मापन गर्न नसकिने भए पनि अनुमानित मृत्यु सङ्ख्या दशौँ हजार रहेको छ भने रुसी हवाई आक्रमणका कारण युक्रेनी विकास पूर्वाधारहरू सीमित सङ्ख्यामा मात्र बाँकी रहे।
इरानमा तनाव
द्वन्द्व मध्य पूर्वमा पनि चर्किएको थियो, इरानमा सरकारले महिलाहरू प्रति गर्ने व्यवहारलाई लिएर निकै ठुला विरोध प्रदर्शनहरू भए।
सेप्टेम्बर १६ मा एक २२ वर्षीय इरानी महिला, मासा अमिनीलाई कपाल नढाकेको भन्दै राष्ट्रको नैतिक प्रहरीले हिरासतमा लिए पछि उनको त्यहीँ मृत्यु भएको थियो।
आम विरोधका कारण देशमा महिलाहरू प्रति गरिने व्यवहार र राज्यमा हुने हिंसालाई लिएर अभियान नै सुरु हुन थाल्यो।

इरानी अभियन्ता र सरकारकी आलोचक मसिह अलिनेजादले महिलाहरूले कहिल्यै नदेखिएको आक्रोश पाकेको बताएकी थिइन्।
"केही महिला र पुरुषहरूले प्रहरीको गाडी जलाइरहेका छन्। किन? किनभने वर्षौँ वर्ष देखि यिनै प्रहरीका गाडीहरूलाई दमन गर्न प्रयोग गरिन्थ्यो।"
महिनाको अन्त्यमा दर्जनौँ प्रदर्शकहरूको मृत्यु भइसकेको थियो। सेप्टेम्बर ३० मा मात्र पनि ६६ वटा मृत्यु रिपोर्ट गरिएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ।
जापानी पूर्व प्रधानमन्त्रीको हत्या
यो वर्ष जापानमा पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यासँगै राजनीतिक हिंसा देखियो।
जुलाईमा नाराको सडकमा सर्वसाधारणहरूलाई सम्बोधन गरिरहेका आबेलाई एक्लै आएका एक बन्दुकधारीले गोली प्रहार गरेका थिए।

सो बन्दुकधारीले घरेलु हतियारको प्रयोग गरेका थिए।
जापानमा बन्दुकलाई लिएर रहेको सख्त कानुनका कारण उनले घरमा नै निर्माण गरिएको हतियार प्रयोग गरेको हुन सक्ने अनुमान गरियो।
जापानका सबैभन्दा धेरै समय प्रधानमन्त्रीका रूपमा सत्तामा रहेका आबे मृत्यु पश्चात् बेलायतले पनि आफ्नो सबैभन्दा लामो समय राजा गद्दीमा आसीन महारानीलाई सेप्टेम्बरमा गुमायो।
बेलायतमा शोक
सेप्टेम्बर ८ मा पहिलो पटक महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाई लिएर चिन्ताहरू व्यक्त भएका थिए।
र सोही दिन उनको स्कटल्यान्डमा अवस्थित घरमा मृत्यु भएको खबर आयो।
बेलायतमा १० दिन लामो शोक मनाइयो जुन महारानी एलिजाबेथको दाहसंस्कारसम्म रह्यो।
त्यति बेलाकी प्रधानमन्त्री लिज ट्रसले महारानीको सेवाको खुलेर प्रशंसा गरेकी थिइन्।
जब बेलायत शोकमा थियो तब अर्को कमनवेल्थ सदस्य राष्ट्र पाकिस्तानले आफ्नै ऐतिहासिक दुखद घटनाको सामना गरिरहेको थियो।
पाकिस्तान बाढी
जुन देखि अक्टोबरसम्म मनसुन र बाढीका कारण देशमा विनाश भएका थिए।

उक्त प्राकृतिक प्रकोपमा संवेदनशील विकास पूर्वाधारहरू बगे भने अनुमानित रूपमा १७ हजार भन्दा बढी पाकिस्तानीले ज्यान गुमाए।
सडक, बाली तथा पुलहरू बगाइएको थियो भने, राष्ट्रको सबैभन्दा विनाशकारी भनिएको उक्त बाढीमा ३ करोड ३० लाख पाकिस्तानीहरू प्रभावित भएका थिए।
ब्राजिलको राष्ट्रपतीय निर्वाचन
सन् २०२२ ले विश्वव्यापी भू-राजनीतिमा ठुलो परिवर्तन देख्यो, जसमध्ये एक ब्राजिलमा भएको थियो।
अक्टोबरमा ब्राजिलका चरम दक्षिणपन्थी राष्ट्रपति जिएर बोल्सोनारो देशको इतिहासमा नै पहिलो राष्ट्रपति बने जसले पुन निर्वाचनमा आफ्ना प्रतिद्वन्दीसँग ४९.१ का विरुद्ध ५०.९ प्रतिशतको मतान्तरले हार व्यहोरे।

नव निर्वाचित वामपन्थी राष्ट्रपति र पूर्व नेता लुला डा सिल्भाको जितमा बोल्सोनारोको वातावरण संरक्षणको नीति रद्द गर्नु र कोभिड-१९ सङ्कटका समय ढिलो प्रतिक्रिया दिनु केही विवादास्पद कदमहरू कारक रहेको मानिन्छ।
लुलाले आफ्नो विजय भाषणमा उनको जित ब्राजिलको प्रजातन्त्रको जित भएको दाबी गरे।
चीनमा विरोध प्रदर्शन
नोभेम्बरमा अर्का विवादास्पद नेतामाथि निशाना साँधियो जब चीनमा विरलै रूपमा देखिने विरोध प्रदर्शनले देशमा नै अस्थिरता ल्याउने परिस्थिति सिर्जना भयो।
मूल भूमि चीनका धेरै सहरहरूमा आक्रोशित नागरिकहरूले सरकारको शून्य- कोभिडको सिद्धान्तको विरोधमा प्रदर्शन गरे।
र नोभेम्बर २४ को आगलागीको घटना पनि अधिकांश रूपमा त्यसैको प्रतिक्रिया स्वरूप भएको थियो।
.jpg?imwidth=1280)
सिञ्जियाङ्ग क्षेत्रमा भएको उक्त आगलागीमा १० जनाको मृत्यु भएको थियो।
र लकडाउनका कारण आपतकालिन सेवा प्राप्त नहुँदा अवस्था झन् बिग्रिएको स्थानीयहरूको दाबी थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उक्त आन्दोलन नेता 'सी जिन्पिङ्गको चीनमा' हुनु अभूतपूर्व भएको केही सरकारका आलोचकहरूको भनाइ छ।
बेइजिङ र सांघाईका बासिन्दाहरूले केही राहतको सास फेरे जब कोभिड जाँच र क्वारेनटिन सम्बन्धी नियमहरू चीनका केही सहरहरूमा बिस्तारै खुकुलो बनाइयो।
विश्वकपले भरेको उत्साह

धेरै समस्याहरू झेलेको वर्षको अन्त्यतिर भने विश्वभर रहेका फुटबल प्रशंसकहरूले ऐतिहासिक विश्व कपबाट केही सान्त्वना पाए।
अप्रत्याशित नतिजाहरूले भरिएको टुर्नामेन्टमा लिओनाल मेस्सीको अर्जेन्टिनी टोलीले जित हासिल गर्यो जुन स्टार खेलाडीको अन्तिम विश्वकप समेत रहेको थियो।
कतारमा आयोजना भएको उक्त टुर्नामेन्टको लागि संरचना बनाउने क्रममा ६ हजार ५ सय भन्दा बढी आप्रवासी कामदारहरू मारिएको भन्ने सुरुवाती रिपोर्टहरू आएका थिए।
यसका बिच पनि खेलहरू मन्त्रमुग्ध पार्ने किसिमका थिए भने अर्जेन्टिनाका समर्थकहरू सो टोलीको सन् १९८६ पछिको पहिलो विश्वकप जितलाई लिएर खुसीले गदगद भए।
विश्वकपले धेरै अर्थमा वर्ष सन् २०२२ लाई प्रतिबिम्बित गरेको छ।
विवादले भरिपूर्ण तर निस्सन्देह एउटा उत्सव जहाँ धेरैले लकडाउन र सामाजिक प्रतिबन्धहरू पछिको वर्षको रूपमा सहर्ष उत्सव मनाए।








