Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोना भाइरसका कारण चीनिया समुदायमा अस्ट्रेलियाको भिसा सम्बन्धी चिन्ता

fear of Corona-virus

कोरोना भाइरसका कारण अहिले चीनमा नै बस्न बाध्य भएका धेरै चिनिया नागरिकहरूले अस्ट्रेलियाको भिसा सकिने वा अमान्य हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको अध्यागमन एजेन्टहरूले बताएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


कोरोना भाइरसका कारण अहिले चीनमा नै बस्न बाध्य भएका धेरै चिनिया नागरिकहरूले अस्ट्रेलियाको भिसा सकिने वा अमान्य हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको अध्यागमन एजेन्टहरूले बताएका छन्।


अस्ट्रेलियाली सरकारले चीनबाट अस्ट्रेलिया आउन नपाउने अस्थायी भ्रमण प्रतिबन्ध लगाएको एक हप्ता पुग्दा चीनिया नागरिकहरू बाट यस्तो चिन्ता व्यक्त गरिएका हुन्।

कोरोना भाइरस अस्ट्रेलियामा भित्रनबाट नियन्त्रण गर्न भन्दै सरकारद्वारा लगाइएको भ्रमण प्रतिबन्धको विश्वविद्यालयका विद्यार्थीहरूले विरोध गरेका छन्।

अस्ट्रेलिया बाहिर नै बस्न बाध्य भएका एक लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू मध्ये कति आफ्ना साथी र सहपाठी रहेको भन्दै विश्वविद्यालयका विद्यार्थीहरूले भ्रमण प्रतिबन्धलाई लिएर विरोध गरेका हुन् ।

University students protest about the travel ban
Source: SBS

केही विद्यार्थीहरूले कोरोना भाइरसले गर्दा समुदायप्रति विभेद प्रस्ट रूपमा देखिएको बताएका छन्।

"कोरोना भाइरसका कारणले सिर्जना भएको त्रासले गर्दा समुदायमा जातीय विभेद देखिएको छ।"

गएको एक साता देखि कर्क यान जस्ता अध्यागमन एजेन्टहरूलाई ठुलो सङ्ख्यामा सहयोगको लागी आग्रह गरिएको छ।

"दैनिक १०० भन्दा बढीले सोधपुछका लागी सम्पर्क गर्दछन्। बितेका केही दिनदेखि मैले लगभग बिहान देखि रातिको ११ वा १२ बजेसम्म काम गरिरहेको छु।"

Passengers at the NAIA,
Source: AAP Image/AP Photo/Aaron Favila

मेलबर्नमा बसोबास गर्ने ड्यान्नी शेनले परिवारलाई भेट्न दुई हप्ताको बिदा लिएकी थिइन र अहिले उनले स्थायी वासस्थान पीआर का लागी हालेको आवेदन अलपत्र परेको छ।

उनले भर्खरै प्रोफेसनल इयर भनिने व्यावसायिक पढाइ सकाउन लागिन, त्यसका लागी उनले अस्ट्रेलियामा काम गरेको अनुभव लिनु पर्दछ र उक्त कक्षामा हप्तामा एक पटक उपस्थित हुनु पर्दछ।

यदि उनी उक्त पढाइमा उत्तीर्ण भइन भने पीआर को लागी आवेदन हाल्न प्वाइन्ट प्राप्त गर्ने छिन।

तर यदि उनी अनुत्तीर्ण भइन भने उनको भिसा सकिने छ र उनको अस्ट्रेलिया बसाइको सपनाको पनि समाप्ति हुनेछ।

"मैले तिन वर्ष देखि पीआरको लागी काम गरिरहेको छु, अस्ट्रेलियाली हुने अधिकार प्राप्त गर्नको लागी, मैले धेरै मेहनत गरेको थिए र यदि मैले पुनः कक्षामा जान सकिन भने मेरो उपस्थिति हुँदैन र म ग्राजुएट पनि हुन्न।"

Rally calls for end to China travel ban
Source: AAP

लारा ह्वाङ्गले पनि स्थायी वासस्थानको लागी क्यानबेराबाट आवेदन हालेकी छन्। सरकारको एक ग्रामीण सिपयुक्त आप्रवासी भिसा योजना अन्तर्गत उनले आवेदन हालेकी हुन्। 

तर कुनै पनि ६ हप्ता बढीको बिदाले उनको आवेदनमा असर पार्नेछ।

"दिक्क लागेको छ... कसैलाई थाहा छैन यो भ्रमण प्रतिबन्ध कहिले सम्ममा खुल्छ र कहिले यो अवस्था सुध्रिन्छ।"

अध्यागमन एजेन्ट यानले पनि चीनबाट अस्ट्रेलिया भ्रमणमा आएका पर्यटकहरूबाट धेरै फोन आउँछ।

coronavirus, myths
Source: AAP

यो महामारीको समय अस्ट्रेलियामा नै बिताएर जानको लागी भिसा समय बढाउन भन्दै आफूलाई फोन आउने गरेको उनको भनाइ छ।

उनले गृह मामिला विभागमा सम्पर्क गरेर उनीहरूको आवेदनलाई फास्ट ट्राक मार्फत अगाडी बढाउन आग्रह गरेका छन्।

यदि त्यस्तो भएन भने उक्त भाइरसको केन्द्रबिन्दु रहेको स्थानबाट अस्ट्रेलिया आएकाहरू यसबाट जोगिन गैर कानुनी रूपमा यहीँ बस्ने जोखिम रहेको छ।

"धेरै यस्ता आवेदकहरू निकै कठिन परिस्थितिमा रहेका छन् र उनीहरूलाई यसको सामना कसरी गर्ने भन्ने पनि थाहा छैन।"

एसबीएसले यस सम्बन्धमा सम्पर्क गर्दा गृह मामिला विभागले अहिले सम्म केही प्रतिक्रिया दिएको छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now