SKIP TO MAIN CONTENT

एकै दशकमा अस्ट्रेलियाका सामुद्रिक तटहरू सफा?

Sahil sakinleri Sydney Bondi Plajı'nda suda serinliyor
Source: AAP/Joel Carrett

अस्ट्रेलियाको विज्ञान सम्बन्धी राष्ट्रिय अनुसन्धान संस्थाले गरेको पछिल्लो सर्वेक्षणले समुन्द्रीतटहरुमा प्लास्टिक जन्य फोहर पहिलेको अनुपातमा करिब ३० प्रतिशतले कम रहेको देखाएको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाको विज्ञान सम्बन्धी राष्ट्रिय अनुसन्धान संस्थाले गरेको पछिल्लो सर्वेक्षणले समुन्द्रीतटहरुमा प्लास्टिक जन्य फोहर पहिलेको अनुपातमा करिब ३० प्रतिशतले कम रहेको देखाएको छ।


घुमिफिर र पौडीका लागि विश्वभरि नै चर्चामा रहेका अस्ट्रेलियाली समुन्द्री तटहरुमा समय बताउन मन पराउने धेरैले त्यहाँ रहेको प्रदूषणका बारेमा पनि ख्याल गरेको हुनुपर्छ।

सफा र सेता देखिने यी तटहरू बिशेषगरी स-साना प्लास्टिकका टुक्राहरूले भरिएका देखिन्छन्।

तर प्लास्टिकजन्य फोहरहरू १० वर्ष अघिको तुलनामा भने निकै कम भएको एक नयाँ अनुसन्धानले देखाएको छ।

राष्ट्रिय अनुसन्धान केन्द्रकी (सिएसआईआरओ) अनुसन्धानकर्ता डेनिस हार्डीस्टीले आफ्नो टोलीसँग अस्ट्रेलियाका करिब ५ सय वटा यस्ता तटहरूमा सर्वेक्षण गरेकी थिइन्।

रिपोर्ट सुन्नुहोस्।null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनको अनुसन्धानले पछिल्लो समय अस्ट्रेलियालीहरू फोहर व्यवस्थापनमा चनाखो भएको देखाएको छ।

प्लास्टिक फोहरका कारण आर्थिक नोक्सानीसँगै अन्य धेरै परिणामहरू पनि भोग्नु पर्ने हार्डीस्टी बताउँछिन्।

“तपाई चरा, कछुवा वा अन्य सामुन्द्रिक जीवहरूले गल्तीले प्लास्टिक खाईरहेको हेर्न पक्कै चाहनुहुन्न,” उनले भनिन्।

सन् २०१३ मा उनको टोलीले गरेको अनुसन्धान भन्दा अहिलेको पछिल्लो सर्वेक्षणमा फोहरको मात्रा २९ प्रतिशतले कमी आएको पाइएको छ।

“यो निकै रोमाञ्चक पार्ने नतिजा हो, मानिसहरू फोहरले निम्त्याउने वातावरणीय प्रभावका बारेमा सचेत बनेका छन्,” उनले भनिन्।

Why Australian beaches are cleaner than a decade ago
Why Australian beaches are cleaner than a decade ago Source: SBS News

प्लास्टिक जन्य फोहरहरूलाई उचित रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउन आएका विभिन्न योजनाले यसमा सकारात्मक प्रभाव पारेका अनुसन्धानले पत्ता लगाएको छ।

प्रयोग भएका प्लास्टिकका बोतलहरू सम्बन्धित ठाउँमा फिर्ता गर्दा पाउने आर्थिक लाभ र फोहरलाई सही व्यवस्थापन गर्नका लगाइने विभिन्न प्रकारका शुल्कहरूका कारण समुन्द्रीतटहरु पहिले भन्दा सफा भएको अनुसन्धानले देखाएको छ।

तर यति भनिरहँदा केहीले भने कोभिड–१९ महामारीको समयमा अस्ट्रेलियाली फोहर प्रति त्यति सजक नभएको बताएका छन्

क्लिन अप अस्ट्रेलिया नामक वातावरण सम्बन्धी संस्थाका पिप केरनन, महामारीको समयमा टेक अबे खाना, पुन: प्रयोग गर्न नमिल्ने कप, मास्क र अन्य विभिन्न खाले फोहरको मात्रा बढेको बताउँछन्।

“हाम्रा स्वंयसेवकहरुले फोहर व्यवस्थापन गर्ने बेलामा अस्ट्रेलियालीहरुको बदलिएको व्यवहारको अनुभव गरेका छन्,” केरनन भन्छन्।

अस्ट्रेलियाका सबैजसो राज्यहरूले पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिक जन्य उत्पादन जस्तै कि स्ट्र, कप, प्लेट र अन्य खाले सामाग्रीमा प्रतिबन्ध लगाउने तैयारी गरिरहेका छन्।

साउथ अस्ट्रेलिया, एसिटि र क्वीन्सल्याण्डमा यो कानुन लागु भइसकेको छ भने वेस्टर्न अस्ट्रेलिया र न्यु साउथ वेल्सले यसै वर्ष लागु गर्ने लक्ष्य राखेका छन्।

A crowded Bondi Beach, in NSW, on a Summer day.
Praia de Bondi, em Sydney. Source: Getty Images/Matteo Colombo

भिक्टोरियाले सन् २०२३ मा यसलाई लागु गर्ने बताएको छ भने नदर्न टेरीटरीले सन् २०२५ सम्म यसलाई लागु गर्ने बताएको छ।

यता टास्मेनियाको होर्वटमा प्लास्टिक माथिको प्रतिबन्ध लागु भएको भए पनि राज्यव्यापि निर्देशन भने तैयार भएको छैन।

सबै राज्यमा प्रतिबन्धहरू लागु हुँदा अस्ट्रेलियाली तटहरू सफा हुने अपेक्षा गरिएको छ।

यद्यपि यी कानुनहरूले कस्तो परिणाम ल्याउँछन् भनेर जान्नका लागि भने राष्ट्रिय अनुसन्धान संस्थाले गर्ने अर्को सर्वेक्षणसम्म कुर्नु पर्ने हुन सक्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now