Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

जलवायु सम्बन्धी घोषणाहरूले भ्रम छर्ने मात्रै काम गरिरहेका हुन् त?

Former US president Barack Obama delivers a speech to delegates during the COP26 summit

Former US president Barack Obama delivers a speech to delegates during the COP26 summit Source: AP

एक नयाँ रिपोर्ट अनुसार सन् २०२१ मा कार्बन उत्सर्जन विश्वव्यापी रूपमा बढेर कोभिड-१९ महामारी सुरु हुनु अघिको स्तरमा पुग्ने अनुमान गरिएको छ। ग्लास्गोमा भइरहेको संयुक्त राष्ट्रको जलवायु सम्मेलनमा यो सार्वजनिक भएको हो।


Published

Updated

By Amy Hall

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


एक नयाँ रिपोर्ट अनुसार सन् २०२१ मा कार्बन उत्सर्जन विश्वव्यापी रूपमा बढेर कोभिड-१९ महामारी सुरु हुनु अघिको स्तरमा पुग्ने अनुमान गरिएको छ। ग्लास्गोमा भइरहेको संयुक्त राष्ट्रको जलवायु सम्मेलनमा यो सार्वजनिक भएको हो।


ग्लोबल कार्बोन प्रोजेक्टको १६औँ ग्लोबल कार्बोन बजेट रिपोर्ट अनुसार कार्बोन उत्सर्जन विश्वव्यापी रूपमा बढेर कोभिड महामारी सुरु हुनु अघिको झैँ हुने बताइएको छ।

सन २०२० मा लकडाउन र ह्वात्तै घटेको सडक र हवाई यात्राका कारण कार्बोन उत्सर्जन ५.४ % ले घटेको थियो र अहिले जीवन सामान्य तिर फर्की रहँदा, यस उत्सर्जन पनि ४ दश्मलभ ९ प्रतिशतले बढेर ३६ अरब ४० करोड टनसम्म पुग्ने अनुमान गरिएको छ।

अनुसन्धान संस्था सीएसआइआरओका प्रमुख अनुसन्धान वैज्ञानिक डाक्टर पेप क्यानाडेल, उक्त ग्लोबल कार्बोन प्रोजेक्टका कार्यकारी निर्देशक हुन्।

थुप्रै देशहरूमा जीवाश्म इन्धन अझै पनि ऊर्जाको प्राथमिक श्रोत भएका कारण यस वर्ष र आउँदो वर्ष उत्सर्जनको दर अझै बढ्ने देखिएको उनले बताउँछन्।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Attendees in the Blue Zone during the COP26 climate talks in Glasgow, Britain, 2 November 2021.
Attendees in the Blue Zone during the COP26 climate talks in Glasgow, Britain, 2 November 2021. Source: AAP

भारत र चीनमा कार्बोन उत्सर्जनको दर सन २०१९ को तुलनामा क्रमशः ४.४ % र ५.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

त्यस्तै, प्रदूषणमा ठूलो हात रहेका अमेरिका र युरोपेली सङ्घको भने प्रदूषण सन् २०१९ को तुलनामा घटना सक्ने बताइएको छ।

त्यस्तै, उत्सर्जन समग्रमा बढ्ने भए तापनि सन् २०१९ को तथ्याङ्क भन्दा कम नै रहने, ग्लास्गोमा भइरहेको सी ओपी२६ जलवायु सम्मेलनको रिपोर्टले दर्साएको छ।

UN Secretary-General Antonio Guterres
UN Secretary-General Antonio Guterres Source: UN Photo

यस शताब्दीको अन्त्य सम्म, विश्वको बढ्दो तापक्रमलाई १८औँ शताब्दीको औद्योगिक क्रान्तिको समय भन्दा १ दश्मलभ ५ प्रतिशत वृद्धिमा सीमित राख्ने, सन् २०१५ मा विश्व नेताहरूले प्रतिज्ञा गरेका थिए।

तर वर्तमान अवस्थामा विभिन्न देशका उत्सर्जन नीतिको फल स्वरूप, यो तापक्रम २.७ प्रतिशतले बढिसकेको छ।

बोलेर मात्र केही नहुने भन्दै, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शक्तिशाली देशहरूलाई यस विषयमा छिटो कदम चाल्न जोड दिएका छन्।

"हाम्रो ग्रह हाम्रै आँखा अगाडी बदलिरहेको छ, अमेजन जङ्गलका केही भागहरूले कार्बनको अवशोष गर्ने मात्रा भन्दा धेरै उत्सर्जन गर्छन्," उनले भने।

"जलवायु सम्बन्धी भएका हालका घोषणाहरूले हामी सही मार्गमा छौँ भन्ने सन्देश दिन्छ होला, तर त्यो भ्रम मात्र हो।"
Activists participate in a climate change protest in Glasgow
Protesters are expected to take to the streets in Glasgow to demand urgent climate action. (AAP) Source: AAP

ग्लोबल वार्मिंग अर्थात् विश्व व्यापी तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्दै निकाल्न सकिने ग्रीनहाउस ग्यासको मात्रालाई कार्बन बजेट भनिन्छ।

तापक्रम वृद्धिलाई १.५ या २ डिग्रीसम्म सीमित राख्ने ५० प्रतिशत पनि सम्भावना हुनका लागि कतिको कार्बन बजेट आवश्यक रहन्छ भनी ग्लोबल कार्बोन प्रोजेक्टका अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।

प्राध्यापक फ्रान्क योत्जो अस्ट्रेलियाली नेशनल विश्व विद्यालयमा जलवायु अर्थशास्त्र र नीति केन्द्रका निर्देशक हुन्।

अस्ट्रेलियासँग जीवाश्म इन्धनको प्रयोगलाई कम गरेर सन् २०३० मा अझै फलदायी जलवायु लक्ष्य हासिल गर्ने क्षमता रहेको तर राजनीतिज्ञहरूको इच्छा नदेखिएको, उनले बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now