Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चार दिन काम तीन दिन छुट्टी: के अस्ट्रेलियाली कम्पनीहरूले यस्तो नीति अपनाउदैछन्?

High workers' productivity for a 4-day-open Melbourne company.

High workers' productivity for a 4-day-open Melbourne company. Source: Pixabay

अस्ट्रेलियाका केही कम्पनीहरूले कर्मचारीहरूको काम र जीवनमा सन्तुलन ल्याउनका लागि हप्तामा तीन दिन छुट्टीको व्यवस्था गर्दैछन्।


Published

Updated

By Emma Kellaway, Aymen Baghdadi

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाका केही कम्पनीहरूले कर्मचारीहरूको काम र जीवनमा सन्तुलन ल्याउनका लागि हप्तामा तीन दिन छुट्टीको व्यवस्था गर्दैछन्।


मेलबर्नमा रहेको एउटा वेबसाइट कम्पनीले आज भन्दा ६ महिना अघि देखि नै कर्मचारीहरूसँगको सहमति पछि, फुलटाईम कामको समय पाँच दिनबाट घटाएर चार दिन बनायो।

उक्त कम्पनीका सञ्चालक वेवेन वीन्जर कार्यस्थललाई आकर्षक र महत्त्वपूर्ण बनाउनका लागि यसो गरेको बताउँछन्।

“हामी स्टाफहरूलाई ब्रेक फास्ट वा किचनको सुविधा दिने भन्दा पनि केही केही अर्थपूर्ण कुरा गर्न चाहन्थ्यौ, हप्तामा चार दिन काम हाम्रा लागि स्पष्ट दृष्टिकोण थियो, यसले मानिसहरूलाई कामसँगै आफ्नो जीवन जिउन समय दिन्छ,” वीन्जर भन्छन्।

वीन्जरका अनुसार चार दिन काम राख्दा यसले कर्मचारीहरूको जीवन निकै सहज बनाइदिएको छ।

“त्यसलाई म आराम त भन्न चाहन्न तर अफिस र काममा हुँदा मानिसहरू राम्रो महसुस गर्छन्।”

कर्मचारीहरूले आफ्नो काम गर्ने समयको ८०% समय काममा उपभोग गर्ने कम्पनीले आशा गरेको छ भने उनीहरूले पाउने तलबमा कुनै पनि परिवर्तन भएको छैन।

“म हप्तामा चार दिन काम गर्छु, फुलटाईम, यो राम्रो छ, मलाई आफ्नो घरको काम गर्न पनि समय मिल्छ, अफिसको काम पनि पहिले जत्तिकै सकिन्छ, म सबैलाई यही सुझाव दिन्छु।”

Working from home
Source: Getty / Getty Images

केही ठुला कम्पनीहरू जस्तै टेलेस्ट्रा, मेडीबैंक, युनिलिभर पनि छोटो काम गर्ने हप्ताका बारे विचार गरिरहेका छन्।

युनिलिभरका व्यवस्थापकीय निर्देशक क्यामरुन हिथ यसका लागि कोभिड–१९ जिम्मेवार रहेको बताउँछन्।

“मानिसहरूको काम र रोजगार प्रतिको दृष्टिकोण परिवर्तन हुदैछ, मानिसहरूले कामका बारेमा पुर्न विचार गरेका छन्, र उनीहरूको आफ्नो पेसाबाट के पाउँछन् भनेर विचार गरेका छन्, उनीहरूको जीवनको उद्देश्य के हो भनेर विचार गर्न थालेका छन्,” उनले भने।

“हामीले फरक तरीकाले उत्पादकत्व बढाउने, कम्पनी र कामदार दुबैलाई फाइदा हुने परीक्षण थालेका छौ।”

युनिलिभरले गत नोभेम्बरदेखि यसको परीक्षण गरिरहेको छ, जहाँ ५०० कर्मचारीहरू सहभागी भएका छन्।

न्युजील्याण्डमा गरिएको परीक्षणमा कर्मचारीहरूको बिरामी बिदा हाल्ने (सिक कल) गर्ने क्रममा ३४% ले कमी आएको देखिएको छ।

यसले व्यक्तिगत कल्याण सुधार भएको छ भने तनावमा पनि ३३%ले कमी आएको छ।

यसै गरी काम र जीवनको द्वन्द्व ६७% ले कम भएको पाइएको छ।

यो सफलताले कर्मचारीहरूको व्यक्तिगत आवश्यकताहरूमा लचकता आएको छ।

“यो कामको प्रकृति र व्यक्तिगत आवश्यकताहरूमा भर पर्छ, त्यसैले यसका बारेमा निकै गहिरिएर काम गर्नु पर्दछ, हामीले कार्यालयमा काम गर्ने र फिल्डमा काम गर्ने मानिसहरूको आवश्यकता फरक भएको पायौ।” क्यामरुन हिथ भन्छन्।

यता वेवेन वीन्जर र उनको टिमका लागि भने यो निकै लाभप्रद भएको छ।

“तपाई परिवर्तनका बारेमा अति विश्लेषण गर्नुहुन्छ र के होला भनेर सोच्नुहुन्छ, चिन्ता गर्नुहुन्छ, र गर्नबाट रोक्नुहुन्छ, तर मलाई लाग्छ कि यो चीज कार्यान्वयन गर्नलाई सार्थक छ।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now