SKIP TO MAIN CONTENT

के तपाइको अङ्ग दाता बन्ने सोच छ?

Minak, twins Vivian and Sunny and 5-year old Jasmine
Minak, twins Vivian and Sunny and 5-year old Jasmine. Source: SBS-Emma Kellaway

जीवन र मृत्यु तय गर्ने अङ्ग प्रत्यारोपणका लागि अहिले अस्ट्रेलियामा झन्डै २ हजार जना प्रतीक्षा सूचीमा छन्। तर कोभिड-१९ उनीहरूको जीवन प्राप्त गर्ने सम्भावनामा तगारो बनेको छ।


Published

Updated

By Emma Kellaway

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

जीवन र मृत्यु तय गर्ने अङ्ग प्रत्यारोपणका लागि अहिले अस्ट्रेलियामा झन्डै २ हजार जना प्रतीक्षा सूचीमा छन्। तर कोभिड-१९ उनीहरूको जीवन प्राप्त गर्ने सम्भावनामा तगारो बनेको छ।


महामारी सुरु भए पश्चात् अङ्ग दान गर्ने दरमा २५ प्रतिशतले कमी आए पछि अङ्ग प्रत्यारोपणको प्रतीक्षामा बसेकाहरूको जीवन प्राप्तिको सम्भावना घटेको छ।

डोनेट लाइफले यो अवस्थालाई परिवर्तन गर्न थप अस्ट्रेलियालीहरूलाई अङ्ग दाताका रूपमा आफूलाई दर्ता गराउन प्रोत्साहित गरिरहेको छ।

ट्रेन्ट जोन्स कामबाट घर पुग्दा, उनका नौ वर्षीय जुम्ल्याहा छोरीहरू भिभिएन र सन्नी त्यस्तै पाँच वर्षीय जेस्मिन उनी घरमा आएकोमा निकै खुसी हुन्छन्।

मेलबर्नको पाँच जनाको सो परिवारका लागि जीवन निकै व्यस्त छ। जापानी भाषा, जिम्न्यास्टिक र लक्रासको साप्ताहिक ट्रेनिङहरूमा सँगै जाने सन्नी र भिभिएनलाई एक अर्काबाट छुट्टाउन गाह्रो छ।

तर जन्मिएदेखि नै दुवैले आफ्नो जीवन भने फरक ढङ्गबाट सुरु गरेका थिए।

छ महिनाको हुँदा सन्नीमा निकै विरलै किसिमको कलेजोको रोग भएको निदान गरियो।

पुरा रिपोर्ट सुन्नुहोस्: के तपाइको अङ्ग दाता बन्ने सोच छ?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

ट्रेन्ट र उनकी श्रीमती मिनाकलाई उसलाई पचाउन कलेजो प्रत्यारोपण गर्नु पर्ने बताइयो।

"हामीले कहिले पनि यसको बारेमा सुनेका थिएनौँ, तपाईँ सिक्न थाल्नु हुँदो रहेछ डा गुगल र मानिसहरूसँग कुरा गरेर। बिलिअरि अट्रीजा। के हो त्यो?"

बालबालिकाहरूमा देखिने बिलिअरी अट्रीजा यस्तो रोग हो जुन एउटा वा सो भन्दा बढी पित्त नलीहरू असामान्य रूपमा साँघुरो, बन्द भए वा हुँदै नभए पछि पित्त जम्मा भएर अङ्गलाई नै क्षति पुर्‍याउँछ।

अस्ट्रेलियाका बालबालिकाहरूमा कलेजो प्रत्यारोपण गर्नु पर्ने प्रमुख कारण नै यही रोग हो। यही अवस्थाका कारण सन्नीले मात्र दुई वर्षको हुँदा पहिलो पटक कलेजोको प्रत्यारोपण गरेकी थिइन्।

तर लामो समय नबित्दै उनको पहिलो प्रत्यारोपण असफल भयो र सन्नीलाई फेरी प्रतीक्षाको सूचिमा राखियो।

पहिलो पटकमा कलेजो दाताहरू छान्न र सही समयमा प्रत्यारोपण गर्न सकिएको थियो तर जोन्स भन्छन् "अचानक हामीसँग त्यो विकल्प थिएन।"

सन्नीको तेस्रो जन्मदिन भन्दा तिन हप्ता अगाडी उक्त अवसर प्राप्त भयो।

"धन्न, हाम्रो लागि तिन हप्ताको बिचमा अर्को विकल्प आयो, त्यसले साँच्चिकै, मलाइ लाग्छ सन्नीलाई बचायो, धेरै भाग्यमानी।"

सन्नीको लागि यो सफलताको कथा भए पनि उक्त सूचिमा रहेकाहरूका लागि पर्खने खेल बनेको छ।

Organ donation.
Reminder of the importance of being an organ donor Source: Getty Images/CatLane

र प्रत्यारोपणको त्यो अवसर अहिले महामारीका कारण झन् सीमित भएको छ।

कामदार अभाव र कोभिड-१९ का बिरामीहरूको सङ्ख्या उच्च रहँदा स्वास्थ्य स्याहारका सम्पूर्ण क्षेत्रहरू प्रभावित भएका छन्।

लिभरपुल अस्पतालको सघन उपचारका विशेषज्ञ डाक्टर रामनाथान लक्ष्मण भन्छन् अङ्ग दान गर्नलाई प्रमुख तय अन्तर राज्य यात्रा प्रतिबन्धले असर पारेको हो।

"अङ्ग दानका लागी हामीलाई टोली चाहिन्छ जसले विभिन्न राज्यहरूबाट आएर उक्त प्रक्रियामा सहयोग पुर्‍याउँछन्। र घरेलु यात्रामा कडाइ गरिँदा यस्तो गर्न निकै गाह्रो भयो।"

पछिल्ला दुई वर्षको अवधिमा अस्ट्रेलियामा अङ्ग दान गर्ने सङ्ख्यामा २५ प्रतिशतले गिरावट आयो। यससँगै अङ्ग प्रत्यारोपण गर्न पाउने मानिसहरूको सङ्ख्या १९ प्रतिशतले घटेको छ।

प्रोफेसर हेलेन ओप्डाम अङ्ग प्रत्यारोपण सम्बन्धी निकाय अर्ग्यानिक ट्रान्सप्लान्ट अथोरिटीकी राष्ट्रिय स्वास्थ्य निर्देशक हुन्। र उनी भन्छिन् राष्ट्रिय रजिस्टरमा आफ्नो नाम दर्ता गराउन अहिले धेरै महत्त्वपूर्ण भएको छ।

"दर्ता गराउनु निकै महत्त्वपूर्ण हुन्छ किनभने तपाइको अङ्ग दाङ गर्ने निर्णयबारे तपाइको परिवारलाई पनि स्पष्ट हुन्छ।"

अङ्ग दाता बन्नको लागि सो व्यक्ति अस्पतालमा हुनु पर्छ, प्राय भेन्टिलेटरमा।

अस्पतालमा मृत्यु भएका मध्ये झन्डै दुई प्रतिशतमा मात्र यो मापदण्ड पुरा भएको पाइन्छ। र यसले गर्दा तपाइलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने सम्भावना तपाइ दाता बन्ने भन्दा बढी हुन्छ।

त्यसैले यो धेरै महत्त्वपूर्ण छ कि हामी वा हाम्रो प्यारो मान्छेहरूले प्रत्यारोपण गर्न पाउन भन्ने सोचिन्छ भने हामी पनि दाता बन्न तयार हुनु पर्छ।

आफूले माया गरेको व्यक्ति अङ्ग प्रत्यारोपणका लागि प्रतीक्षा सूचिमा रहेको अनुभव २१ वर्षीय इक्रम अहमदको लागि नौलो होइन।

मिर्गौलाले काम गर्न छोडेपछि उनका भाइ हुसेनले चार बर्ससम्मको प्रतीक्षा पश्चात् जीवन रक्षक प्रत्यारोपण प्राप्त गरे।

१० सदस्य रहेको मेलबर्न निवासी यो परिवारको प्रतीक्षाको समाप्ति स्वरूप बिहान सबेरै फोन आएको थियो।

"म सम्झिन्छु बिहान उठ्ने बित्तिकै मेरो आमा बेस्सरी चिच्याउनु भएको थियो।"

अस्पताल जाने र आउने गर्दै हुर्किएको आफ्नो भाइलाई हेर्दै गर्दा इक्रम अहिले त्यो गुणको तिर्न रजिस्टर भन्दा पनि टाढा गएकी छिन्।

नर्सिङको अन्तिम सेमेस्टरमा पढिरहेकी इक्रम भन्छिन् नर्सहरूकै कारण उनको भाइले जीवन पाएको हो र उनीहरूले नै आफूलाई यो क्षेत्रमा आउन  प्रेरित गरे।

"म अस्ट्रेलियालीहरूको लागि लागि केही गर्न चाहन्छु जुन उनीहरूले मेरो भाइको लागि गरे।"

अहिले करिब २ हजार अस्ट्रेलियालीहरू अङ्ग प्रत्यारोपणका लागि फोन आउने प्रतीक्षामा रहेका छन्।

डोनेटलाइफले एक मिनेट खर्चिएर अङ्ग दान गर्ने रजिस्टरमा आफ्नो नाम दर्ता गराउने १ लाख अस्ट्रेलियालीहरू पाउन प्रयास गरिरहेका छन्।

ट्रेन्ट र इक्रमको लागि त्यही एक मिनेटले जीवन नै परिवर्तन गरिदियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now