Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली विश्वविद्यालय, टेफ र निजी कलेजहरूका लागि मरिसन सरकारद्वारा आर्थिक सहायताको घोषणा

Federal Education Minister Dan Tehan unveiled a coronavirus relief package for the higher education sector last month.

Federal Education Minister Dan Tehan Source: AAP

अस्ट्रेलियाली विश्वविद्यालय, टेफ र निजी कलेजहरूका लागि मरिसन सरकारद्वारा आर्थिक सहायताको घोषणा गरिएको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाली विश्वविद्यालय, टेफ र निजी कलेजहरूका लागि मरिसन सरकारद्वारा आर्थिक सहायताको घोषणा गरिएको छ।


देशका आन्तरिक विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर तयार पारिएको उक्त नीतिका साथ आफ्नो जागिर गुमाएकाहरूलाई कम शुल्कमा प्रशिक्षण उपलब्ध गराउन सहयोग गर्ने सङ्घीय शिक्षा मन्त्री ड्यान टीहानले बताए।

कोरोनाभाइरसका कारण व्यापक मात्रामा अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या घट्ने चिन्तामा रहेका उच्च शिक्षा उद्योगका लागि १८ अर्व डलर सुनिश्चित गर्नुका साथै सेवा प्रदायकहरूले पूरा गर्नुपर्ने नियमहरूमा सुधार गर्दै थप १० करोड डलर मूल्य बारबारको सहयोग प्रदान गर्ने पनि सरकारको भनाइ छ।

शिक्षा मन्त्री टीहानले भने कि सरकारको यस कदमले अस्ट्रेलियालीहरूको सीप विकाश गर्न वा कोरोनाभाइरसका कारण आफ्नो जागिर गुमाएकाहरूका लागि आफ्नो पेसा परिवर्तन गर्न सहयोग गर्ने छ।

यस अन्तर्गत विश्वविद्यालय लगायतका शिक्षण संस्थाहरूले छ महिना सम्मका अनलाइन कोर्सहरू सहुलियत दरमा उपलब्ध गराउने टीहानले बताए।

२० हजारको सङ्ख्यामा उपलब्ध गराइने उक्त कोर्सहरूमा नर्सिङ, शिक्षण, आइटी, विज्ञान र काउन्सेलिङ्ग लगायतका राष्ट्रिय प्राथमिकतामा रहेका विषयहरूमा शुल्क सहुलियत प्रदान गरिने उनको भनाइ थियो।

अहिले घरमै बस्न बाध्य भएका मानिसहरूले टिभी हेरेर बस्नुको सट्टा पढाइमा समय बिताउनु पर्ने सङ्घीय शिक्षा मन्त्रीले बताए।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now