Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

मेचीदेखि महाकालीसम्म: साइकलमा श्वेता श्रेष्ठको अविस्मरणिय नेपाल यात्रा

Sweta Shrestha

झापाकी श्वेता श्रेष्ठले भर्खरै मेची देखि महाकालीसम्मको साइकल यात्रा पुरा गरेर महिला सशक्तिकरणको सन्देश दिएकी छिन्। श्रेष्ठ सानैदेखि यात्रामा रुची राख्थिन्। निकै अगाडि देखि नै उनी आवतजावतका लागि साइकल चलाउँथिन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


झापाकी श्वेता श्रेष्ठले भर्खरै मेची देखि महाकालीसम्मको साइकल यात्रा पुरा गरेर महिला सशक्तिकरणको सन्देश दिएकी छिन्। श्रेष्ठ सानैदेखि यात्रामा रुची राख्थिन्। निकै अगाडि देखि नै उनी आवतजावतका लागि साइकल चलाउँथिन्।


मेची महाकालीको यात्रा उनले केही महिना अगाडि नै सोचेकी हुन्, तर कोभिडका कारणले पछि सारिरहेकी थिइन्।

डिसेम्बर महिनामा विश्वभर गरिने महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उनले गत महिना त्यो यात्रा पुरा गरेकी हुन्।

महिलाहरुले पनि एक्लै यात्रा गर्न सक्छन् भन्ने सशक्तिकरणको सन्देशका साथ त्यो यात्रा गरेको उनी बताउँछिन्।

कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यात्राको अवधिभर उनले आफ्नो साईकलको अधिल्तिर एउटा सानो खेलौना गुडिया पनि झुण्डाएकी थिईन्।

“कान्छी” नाम दिईएकी त्यो गुडिया महिलाहरुको प्रतिक हो भनेर उनले बताईन्।

आफ्नो यात्राको क्रममा उनले “कान्छी अन ह्विल्स” नामक सामाजिक सञ्जाल खातामा आफ्नो दैनिक विवरणहरु राख्ने गर्थिन्।

Sweta Shrestha
श्वेता श्रेष्ठको साईकलमा रहेकी कान्छि Source: Supplied

श्रेष्ठले आफ्नै गृह जिल्ला झापाबाट यात्रा शुरु गरिन्।

राम्रो सडक भएको लोकप्रिय महेन्द्र राजमार्ग साइक्लिष्टहरुबीच पुरानो भइसकेकाले उनले त्यसको सट्टामा हुलाकी राजमार्ग रोजिन्।

कतै बन्दै गरेको त कतै भत्किएको सडकमा उनले साइकल घिसार्दै हिँड्नु पर्ने अवस्था पनि आयो, र पुल नहुँदा साइकलमा खोला तर्नु पर्ने अवस्था पनि आयो।

Sweta Shrestha
महाकाली पुल नजिकै श्वेता श्रेष्ठ। Source: Supplied

एक ठाउँमा त उनी लडेर खुट्टामा चोट समेत लाग्यो। तर जस्तो सुकै अवस्थामा पनि आफु हिम्मत नहार्ने उनी बताउँछिन्।

"एक्लै, जंगलको बाटोमा, पहाडको बाटोमा। त्यतिबेला चाहिँ थोरै थोरै असुरक्षित अनुभव हुन्थ्यो। तै पनि, म सेफ साइड मै थिएँ, त्यसले गर्दा खेरी त्यो असुरक्षित भएको अनुभवलाई जितेर म अघि नै बढी रहन्थेँ।"

श्रेष्ठलाई बाटोमा सबै ठाउँ उत्तिकै सुन्दर, र सबै क्षेत्रका मानिस उत्तिकै मिजासिलो लागे।

पुर्व देखि पश्चिमको यात्रा गर्दा उनले नेपालको विविधता देख्ने मौका पाइन्, कतै सडक र बिजुली नभएको ग्रामीण क्षेत्र त कतै सुविधायुक्त शहरी क्षेत्र।

तर त्यो भन्दा बढी उनले सँगालेको अनुभव चाहिँ उनलाई ठाउँठाउँमा साइक्लिस्ट समूहहरुले गरेको आत्मीय स्वागत थियो। तरहरा देखि धरानसम्म उनलाई स्थानीय साइक्लिष्ट समूहले सँगै लगेका थिए, र धरानमा भव्य स्वागत गरेका थिए।

Sweta Shrestha
Source: Supplied

श्रेष्ठले दिनदिनै बिहान साइकल सफा गर्थिन्, तेल हाल्थिन्, र टायरको हावा हेर्थिन्। यति गरेपछि उनको साइकल २१ दिनसम्म केही भएन।

साथै उनले ४० किलो जति सामान पनि बोकेकी थिइन्। कसैले एक्लै यात्रा गर्न चाहेमा यस्तै राम्रो तयारी गरेर मात्र यात्रामा निस्कने उनी सल्लाह दिन्छिन्।

"एक्लै हिँड्नु सजिलो चाहिँ छैन। तर हामी सुरक्षित रहनु पर्छ। मानसिक शारीरिक रुपमा तयार हुने, त्यही अनुसारको अनुसन्धान गर्ने, ठाउँहरु कत्तिको सुरक्षित छन् पहिल्यै पत्ता लगाउने। त्यसपछि तपाईंले आफ्नो परिवारलाई विश्वास दिलाउन सक्नुहुन्छ। तर समाजले के भन्छ भनेर चाहिँ नसोच्नुस्, अनि यात्रा गर्न सक्नुहुन्छ।"

मेचीदेखि महाकाली आउनेबेलासम्म, श्रेष्ठले २२ दिन लगाएर १,२४५ किलोमिटर लामो बाटोमा यात्रा गरिसकेकी थिईन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now