गत आइतबार, १५ अक्टोबर २०२३ देखि मेलबर्नको डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा सामुदायिक भवन लगायत नेपाली शैलीका मन्दिर एवं गुम्बाको निर्माणार्थ सहयोग जुटाउन भन्दै नौ दिने धार्मिक एवं आध्यात्मिक महोत्सव सुरु भएको छ। सो महोत्सव आयोजनाको लागि कार्यरत रहेको समूहको नेतृत्व गरिरहेका एएनएमसीका अध्यक्ष गान्धी भट्टराईले केन्द्रको उद्देश्य लगायतका विषय बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





