अस्ट्रेलियाका कान नसुन्ने मानिसहरू भन्छन्, बृहत समुदाय हाम्रो समस्या बुझ्दैनन्

Auslan interpreter Emma Roeschlein decided to learn the language four years ago to better communicate with the deaf community.

Auslan interpreter Emma Roeschlein decided to learn the language four years ago to better communicate with the deaf community. Source: SBS News

विभिन्न पत्रकार सम्मेलन र राष्ट्रिय जनगणनामा साङ्केतिक भाषाका दोभासे अनुवादक सेवा - अजल्यानले अस्ट्रेलियामा बसोबास गरिरहेका कान नसुन्ने समुदायका मानिसहरूलाई निकै धेरै सहयोग पुर्‍याउँदै आएको छ।


बहिरा समुदायको सदस्यका रूपमा ओलिभिया बीइजली कहिले काहीँ अनलाइनमा भेदभावको अनुभव गर्छिन् ।

साङ्केतिक भाषा र अजल्यान सेवाको प्रयोग बारे वकालत गर्दा गदै, एक जना ट्विटर प्रयोगकर्ताले उनलाई “हेयरीङ्ग एड” अर्थात् कान सुन्न सजिलो हुने यन्त्र को प्रयोग गर्न सुझाव दिए ।

दोभासे सेवा दिइरहेकी साराको सहयोगमा एसबीएससँग ओलिभिया दुखेसो पोख्दै भनिन्, “मेरो बिचारमा श्रवण यन्त्रको सहायता लगाउन भनिएपछि मलाई साँच्चीकै चोट पुग्यो।”

“समुदायका थुप्रै मानिसहरूले हाम्रो समस्या बुझ्दैनन् कि भन्ने भान भयो।”

आवाज सुन्न सहायक कक्लीयर भनिने नयाँ प्रविधिहरू बहिरा समुदायका लागि श्रवण शक्ति बढाउन व्यापक रूपमा प्रयोग भइरहेका छन् ।

Scott Morrison posted a video of himself doing sign language.
Scott Morrison posted a video of himself doing sign language. Source: @ScottMorrisonMP

तर पनि ओलिभिया भन्छिन्, "समुदायले हामीलाई सहज रूपमा स्विकार्नु सट्टा कसरी बहिरा समुदायले उनीहरू सँग घुलमिल गर्न परिवर्तन गर्नु पर्छ भन्ने यो अर्को एउटा उदाहरण मात्र हो।"

रिपोर्ट सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

निक्की लङ्ग अस्ट्रेलियाका कान नसुन्ने मानिसहरूको समुदायलाई लाभ पुर्‍याउन खडा भएको एक गैर नाफा मूलक संस्था - एक्सप्रेसन अस्ट्रेलियाकी मुख्य कार्यकारी हुन् ।

उनी भन्छिन् कि अजल्यानले गर्न सक्ने जस्तो भाषाको भावनालाई प्रविधिले बदल्न सक्दैन ।

अस्ट्रेलियामा करिब ३६ लाख मानिसहरूको सुन्ने शक्ति कम भएको सरकारी अनुमान छ।

अनि उनीहरू मध्ये धेरैले अजल्यान मार्फत कुराकानी गर्न मन पराउँछन् ।

साङ्केतिक भाषाहरू, सांस्कृतिक र सामुदायिक  रूपमा, यसै गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भिन्न हुन्छन् ।

अजल्यानको इतिहास अस्ट्रेलियाका सुरुवाती बासिन्दाहरूसँग जोडिएको छ ।

कान नसुन्ने आमाबाबुकी सन्तानका रूपमा ओलिभिया अन्य बहिरा केटाकेटी जस्तो नभई अजल्यानको प्रयोगसँगै हुर्कन पाएकी भाग्यमानी व्यक्ति हुन् ।

श्रवणमा समस्या भएका समुदायले यस वर्षको अस्ट्रेलियाली जनगणनामा थप समावेशी परिवर्तनहरूको प्रशंसा गरेका छन्।

जसमा अजलान अनुवादकहरू भएको ६० वटा भिडियोहरू पनि समावेश छन् ।

अनि ब्ल्याक समर डढेलो र हालै कोभिड-१९ लगायतका महत्त्वपूर्ण पत्रकार सम्मेलनहरूमा अजलान अनुवादकहरूको उपस्थितिले बहिरा समुदायले गर्न नाटकीय ढङ्गले मद्दत गरेको छ ।

बहिरा समुदायको उत्सव मनाउन सेप्टेम्बर २० देखि २६ तारिखसम्म एक विशेष राष्ट्रिय सप्ताह नै चलेको थियो ।

एक्सप्रेसन अस्ट्रेलिया लागि सामुदायिक सहभागिता सम्बन्धि प्रवक्ताका रूपमा कार्यरत ओलिभिया भन्छिन् कि उत्सव मनाउनै पर्ने गरी धेरै उपलब्धिहरू त छन् तर थुप्रै अवरोधहरूका लागि लड्नु पनि छ ।

थुप्रै कार्यस्थलमा दोभासेहरूको अभावका बारेमा कान नसुन्ने समुदायका मानिसहरुले चासो राख्ने उनी बताउँछिन्।

निकी लङ्ग भने कक्षा कोठाबाटै सहयोग सेवा सुरु हुनु पर्ने धारणा राख्छिन् ।

उनी भन्छिन्, "अपाङ्गता अर्को प्रकारको विविधता हो।"

"यसले समावेशी समाजबाट कति उपलब्धि हासिल गर्न सकिन्छ भनेर देखाउँछ।"

“मेरो र तपाईँको दृष्टिकोण अनि संसारका बहिरा मानिसहरूको दृष्टिकोणले एक विल्कुलै भिन्न परिप्रेक्ष्यको निर्माण गर्छ, हामी सबैको आफ्नो अनुभव हुन्छ र सबैले फरक दृष्टिकोणबाट बस्तुहरूलाई हेर्ने गर्छौं।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now