Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

यातायात मजदुर सङ्गठन र डोरड्यासबीच कामदारहरूको अधिकार सम्बन्धी 'ऐतिहासिक सम्झौता'

A food delivery driver wearing a face mask rides their bicycle through the empty streets of Bondi, Sydney on 14 July 2021.

A food delivery driver wearing a face mask rides their bicycle through the empty streets of Bondi, Sydney on 14 July 2021. Source: AAP

यातायात मजदुर सङ्गठन र फुड डेलिभरी सेवा प्रदायक डोरड्यासबीचमा चालकहरूको सुरक्षा र सर्तहरूको रक्षाका लागि ऐतिहासिक सम्झौता भएको छ।


Published

Updated

Presented by Tina Quinn, John Baldock

Source: SBS



Share this with family and friends


यातायात मजदुर सङ्गठन र फुड डेलिभरी सेवा प्रदायक डोरड्यासबीचमा चालकहरूको सुरक्षा र सर्तहरूको रक्षाका लागि ऐतिहासिक सम्झौता भएको छ।


अस्ट्रेलियामा कुनै पनि व्यवसायीक क्षेत्रमा काम गर्ने मानिसका लागि निश्चित अधिकारहरू सुनिश्चित गरिन्छ।

तर खाना डेलिभरी उद्योगमा काम गर्ने स्वतन्त्र ठेकेदारहरूका लागि भने अधिकार सुनिश्चित गर्ने कानूनको कमी छ।

यही असुरक्षालाई चिर्ने उद्देश्य सहित डोरड्यास नामक खाना डेलिभरी गर्ने कम्पनी र यातायात मजदुर सङ्गठनबिचको नयाँ सम्झौताले नयाँ आशा जगाएको छ।

अस्ट्रेलियाली युनियन र डेलिभरी गर्ने कम्पनीबिचमा भएको नयाँ सम्झौताले अस्ट्रेलियाको गिग अर्थतन्त्रलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

यातायात मजदुर सङ्गठनका माइकन केन भन्छन् कि डोरड्यासले गरेको यो प्रयास प्रशंसायोग्य छ।

“संसारका ठुला गिग कम्पनीहरू मध्येको एक डोरड्यासले यो उद्योगलाई राम्रो बनाउन र मापदण्डहरू तैयार गर्न यातायात सङ्गठनसँग सम्झौता गरेको छ,” केनले भने।

नयाँ सम्झौता काम सुरक्षित गर्न, निगरानी र नियमन गर्ने दिशामा पहिलो कदम हुने सुनेपछि चालक एवम् डेलिभरी पार्टनरहरू खुसी भएका छन्।

डेलिभरी पार्टनरका रूपमा काम गर्ने नवीन अधिकारीले सम्झौताले नयाँ पहलको सुरुवात गरेको बताए।

“यो सुन्नु साँच्चीकै ठुलो कुरा हो, हामीले अब बाटो पाएका छौ, यो पहलले हामीलाई त्यो बाटोमा हिँड्न अनुमति दिनेछ, हामी त्यसका लागि लडिरहेका छौ,” अधिकारीले भने।

६ बुँदे सहमतिले कामदारहरूलाई आफूले प्राप्त गर्ने अधिकारहरूमा पहुँच, पारदर्शिता, सामूहिक आवाजमा योगदान, विवाद समाधान प्रक्रिया, शिक्षा र तालिम लगायतका विषयलाई सम्बोधन गर्नेछ।

चालकको सुरक्षा सर्वोपरि रहने भए तापनि काम गर्ने घण्टाको नियमन गर्न भने मुस्किल पर्ने माइकल केन बताउँछन्।

The DoorDash app is shown on a smartphone on Feb. 27, 2020, in New York.
智能手機上的 DoorDash 應用程式。 Source: AAP

कामदारले भिन्ना भिन्नै डेलिभरी प्रदायकसँग काम गर्न सक्ने भएकाले यो मुस्किल रहेको उनको भनाई छ।

“तलब र सुरक्षाको विषय एक अर्कासँग जोडिएका छन्, यदि तपाईँलाई पर्याप्त भुक्तानी गरिएको छैन भने तपाईँले छिटो काम गर्नु पर्दछ, जुन सुरक्षाका परिणामसँग सिधा जोडिन्छन्,” केनले भने।

“दुर्भाग्यवश हालैको १८ महिनाको अवधिमा हामीले मेलर्वन र सिड्नीमा सात जना राईडरहरुले ज्यान गुमाएको देखेका छौ।”

यता नवीन अधिकारी पनि चालकहरूले भिन्ना भिन्नै कम्पनिहरुसँग काम गर्ने भएकाले काम गर्ने घण्टाको नियमन गर्न गार्‍हो पर्ने बताउँछन्।

“धेरै वटा प्लेटफर्महरूसँग काम गरिरहेका ड्राइभरहरूलाई ट्र्याक गर्न साँच्चीकै गार्‍हो छ, सबै प्लेटफर्मकाबिचमा सम्बन्ध र उचित सम्पर्क हुनु आवश्यक छ,” उनले भने।

हालको योजनाले कामदारहरूको सुपरएनुएसनको विषयलाई भने सम्बोधन गरेको छैन।

यद्यपि यातायात सङ्गठनले भने सुपरएनुएसन र गिग अर्थतन्त्र भित्रका अन्य मुद्दाका बारेमा आगामी बैठकहरूमा छलफल गरिने बताएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now