सिड्नीको पश्चिममा रहेको ब्ल्याक टाउनमा ठुलो जमघटका साथ दिवाली मनाइएको छ। आउँदो दीपावलीको उपलक्ष्यमा गरिएको उक्त मेलामा, आइतबारको मौसम सफा रहेको कारण पनि ठुलो सङ्ख्यामा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।
सयौँको उपस्थितिको बिचमा रहेको उक्त उत्सवमा सामेल भएकाहरूले, कोभिडका कारण पछिल्ला दुई वर्षमा योजना गरिएका मेलाहरू रद्द भएपछि, बल्ल भएको यस मेलामा रमाइलो गर्न पाएकोमा खुसी व्यक्त गरे।
यस मेलामा उत्तरी भारतको संस्कृति झल्काउने नृत्य र गानाहरू प्रस्तुत गरिएको थियो।
खास गरी साना नानीहरूले नृत्य र पन्जाबी भाङ्ग्रा, कथक लगायतका कला शैलीहरू प्रस्तुत गरेका थिए।
मेलामा थुप्रै स्ट्लहरु रहेको थियो- जसमा खानाका परिकार, भारतीय कुर्ता -सुरुवाल लगायतका सामाग्रीहरू बिक्रीमा राखिएको थियो।
साथै, केटाकेटीहरूको लागि जम्पिङ्ग कासल लगायतको मनोरञ्जनका सेवाहरू पनि उपलब्ध रहेको थियो।
कार्यक्रमका केही झलक:














