SKIP TO MAIN CONTENT

घर-घडेरीको मोल: कहाँ बढ्यो, कहाँ घट्यो र अब के होला?

A real estate advertising board is seen next to a house in Canberra, Friday, March 1, 2019. (AAP Image/Lukas Coch) NO ARCHIVING
The halt to migration to Australia is contributing to the downturn in the property market. Source: AAP

नयाँ आर्थिक वर्ष र जुलाई महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी


Published

Updated

Source: SBS



Skip to podcast episode content

नयाँ आर्थिक वर्ष र जुलाई महिनाको पहिलो आइतबार अन्तर्गत आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी


अस्ट्रेलियामा गत महिना राष्ट्रिय स्तरमै घर भाउ ०.७ प्रतिशतले घट्यो अनि अप्रिल महिनामा जसरी भाउ घटेको थियो - त्यस्तो अवस्था मुलुकका सबै ठाउँहरूमा नरहेको बताइएको छ।

आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

विशेष गरी सरकारद्वारा संरचना सुधार र निर्माण लगानी घोषणा गरिए पछि, केही स्थानमा चाहिँ भाउ बढेको पनि सङ्केत आएका छन् र पनि राष्ट्रिय स्तरमा हेर्ने हो भने चाहिँ मे र जुन महिनामा पनि भाउमा केही गिरावट आएको देखिएको छ। 

साथै, आगामी महिनाहरूमा सरकारद्वारा सुरु गरिएका आर्थिक सहायता प्याकेजका साथै बैङ्कहरूले सङ्कटमा परेका ग्राहकहरूलाई आफ्नो ऋण तिर्न केही महिनाको छुट दिने निर्णय पनि अन्त्य भए पछि थप सङ्ख्यामा घरहरू बजारमा आउन सक्ने चिन्ता पनि रहेको भनाइ छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now