Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

श्रावण महिनाको व्रतले धैर्य र सकारात्मक सोच बढाउने व्रतालुको अनुभव

Women devotees dance outside the premesis of  Pashupatinath Temple early morning on the first monday of the holy month "Shrawn". Devotees especially on the holy month of shrawn worship lord shiva and does fasting for good health, prosperous life and wealt

Women devotees dance outside the premesis of Pashupatinath Temple early morning on the first monday of the holy month "Shrawn". Source: Abhishek Maharjan/Sipa USA

नेपालमा धेरै हिन्दु महिलाले श्रावण महिनाका सोमबारमा व्रत बस्ने गर्दछन्। यो दिन शुद्ध हुने, र आफूलाई मन पर्ने रङ्गहरू लगाउने गर्नाले मनलाई आनन्द आउने एक व्रतालुले बताएकी छिन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपालमा धेरै हिन्दु महिलाले श्रावण महिनाका सोमबारमा व्रत बस्ने गर्दछन्। यो दिन शुद्ध हुने, र आफूलाई मन पर्ने रङ्गहरू लगाउने गर्नाले मनलाई आनन्द आउने एक व्रतालुले बताएकी छिन्।


हिन्दु देवता शिवको नाममा लिइने यो व्रतमा आजकाल पहेँलो वा हरियो रङ्गको लुगा, गहनाहरू लगाउने, र मेहन्दी लगाउने पनि गरिन्छ। 

 

शिक्षण पेसामा संलग्न काठमान्डुकी बासिन्दा श्रद्धा रिमालले यसो गर्दा मनलाई आनन्द मिल्ने गरेको बताएकी छिन्। 

 

रिमालका दुई साना साना छोराछोरी छन्, र यी सब पक्षलाई समेटेर उनले धर्म र संस्कृतिलाई पनि अघि बढाइरहेकी छिन्। 

 

रिमालले आफ्नो मनको शुद्धताको लागि, र लोभ रिस राग आदिबाट टाढा हुँदै आत्म नियन्त्रणलाई बढाउनका लागि व्रत लिएको बताइन्।  

 Women devotees poses for the photos infront of the UNESCO World Heritage Site pashupatinath Temple gate early morning on the first monday of the holy month "Shrawn".
Women devotees poses for the photos infront of the UNESCO World Heritage Site pashupatinath Temple gate on the first monday of the holy month "Shrawn". Source: Abhishek Maharjan/Sipa USA

साथै, उनी भन्छिन् यो दिन शुद्ध हुने, र आफूलाई मन पर्ने रङहरू लगाउने गर्नाले मनलाई आनन्द आउँछ। 

 

"यो व्रत लिनाले र श्रावणको सोमबार मनाउनाले मैले भित्रैबाट शान्ति पाएको अनुभव गर्छु," रिमाल बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now