SKIP TO MAIN CONTENT

आप्रवासीहरूको अङ्ग्रेजी भाषा सुधार गर्ने सङ्घीय सरकारको घोषणा

Australia Migration English Program
Australia Migration English Program Source: SBS

सङ्घीय सरकारले कोरोना महामारीबाट मुक्त हुनासाथ आप्रवासीहरूको अङ्ग्रेजी भाषा सुधारका लागि विनियोजित एक अर्व डलर बराबरको कार्यक्रममा केही महत्त्वपूर्ण परिवर्तन, बिस्तार र सुधार गरिने घोषणा गरेको छ।


Published

Updated

By कृष्ण पोख्रेल

Source: SBS



Skip to podcast episode content

सङ्घीय सरकारले कोरोना महामारीबाट मुक्त हुनासाथ आप्रवासीहरूको अङ्ग्रेजी भाषा सुधारका लागि विनियोजित एक अर्व डलर बराबरको कार्यक्रममा केही महत्त्वपूर्ण परिवर्तन, बिस्तार र सुधार गरिने घोषणा गरेको छ।


सरकारी योजनाको प्रवासीहरूले स्वागत गरेता पनि सांस्कृतिक समझदारीको विकास गर्न अङ्ग्रेजी भाषाको ज्ञानमा मात्र केन्द्रित नभई बहुसाँस्कृतिक समुदायको मूल्य र मान्यताको प्रचार गर्न सबैको भूमिका रहनुपर्नेमा उनीहरूको जोड छ।

करिब तीन वर्ष अघि सङ्घीय सरकारले नागरिकताको परीक्षामा परिवर्तनका प्रस्ताव अघि सारेको थियो जसमा आप्रवासीहरूले अग्रेंजी भाषामा विश्वविद्यालय स्तरको दक्षता देखाउन सक्नुपर्ने प्रस्ताव राखिएको थियो।

राष्ट्रिय सुरक्षामा चिन्ता गदै तत्कालीन सरकारले आप्रवासीहरूले अस्ट्रेलियन नागरिकताको प्रमाणपत्र पाउनु अघि अस्ट्रेलियाली मूल्य र मान्यतामा आधारित एक दस्ताबेजमा हस्ताक्षर गर्नु पर्ने नयाँ कानुन पारित गर्ने तयारीमा मोरिसन सरकार थियो।

तर विपक्षी लगायत आप्रवासी समुदायले यसको विरोध गरिएपछि भने सो प्रस्ताव पारित भएन।

कार्यवाहक अध्यागमन मन्त्री एलन टज भन्छन् कि महामारीका कारण सरकारले सामाजिक एकतामा सुधार ल्याउनुपर्ने आवश्यकता महसुस गरेको छ।

टज भन्छन्, "हाल देशभर करिब १० लाख मानिसहरूमा अङ्ग्रेजी भाषा दक्षताको अभाव छ र त्यस कारण मानिसहरूलाई रोजगारीका अवसर प्राप्त गर्न र अस्ट्रेलियाली समाजसँग घुलमिल हुन सकिरहेका छैनन्।"

Alan Tudge
Acting Immigration Minister Alan Tudge announces English language program overhaul and changes to citizenship tests. Source: AAP, Getty

राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई हेर्ने हो भने अङ्ग्रेजी भाषा बोल्न नसक्ने मानिसहरूको सङ्ख्या सन् २००६ मा भन्दा २०१६ मा झनै बढेको देखिन्छ।

सन् २००६ को जनगणनामा करिब ५ लाख ६० हजार मानिसहरूले आफूले अङ्ग्रेजी भाषा बोल्न नसक्ने प्रतिक्रिया दिएका थिए भने यसको १० वर्ष पछि अर्थात् २०१६ को जनगणनामा ८ लाख २० हजार मानिसले आफू अङ्ग्रेजी भाषामा दक्ष नभएको बताएका थिए।

मन्त्री टजको भनाइ अनुसार एडल्ट माईग्रेन्ट इङ्लिस प्रोग्राम नाम दिइएको उक्त योजना अन्तर्गत अङ्ग्रेजी भाषाको कक्षा कोठामा आधारित अनिवार्य घण्टे समय-सीमालाई हटाइनेछ र कतिपय अवस्थामा नयाँ आप्रवासीका लागि ५ सय १० घण्टाको सिकाई अपर्याप्त हुने भएकाले नयाँ योजना अन्तर्गत आफू दक्ष नहुन्जेलसम्म नव-आप्रवासीले आफ्नो सिकाई जारी राख्न सक्नेछन्।

काम गर्ने वा परिवारको रेखदेखमा समय खर्चने मानिसहरूका लागि पनि नयाँ परिवर्तन उपयोगी हुने कार्यवाहक मन्त्री टजको भनाई छ।

यता बहुसाँस्कृतिक अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने प्रमुख समूह - फेडेरेसन अफ इथ्निक काउन्सिल अफ अस्ट्रेलिया (एफइसीसीए)का प्रमुख मोहम्मद अल खफाजीले सरकारको यो कदमको स्वागत गरेका छन्।

उनी भन्छन्, "आप्रवासीहरू बसोबासको क्रममा विभिन्न कुराहरूलाई प्राथमिकता दिँदैमा व्यस्त हुन्छन् र अङ्ग्रेजी भाषाको सुधारका लागि समय दिन भ्याइरहेका हुँदैनन्।"

महामारीको समयमा बहुसाँस्कृतिक समुदायमा उनीहरूकै भाषामा सूचना सहज रूपमा सम्प्रेषण नभएको र यस्ता विषयमा पहिले नै तैयारी हुनु पर्नेमा खफाजीको जोड थियो।

यद्यपि एक असल नागरिक हुन वा एक आप्रवासीको सफलता नाप्न अङ्ग्रेजी भाषालाई मात्र केन्द्रमा राख्न नहुनेमा उनको जोड थियो ।

त्यसो त आगामी नोभेम्बर महिनादेखि नागरिकतामा केही प्रशासनिक परिवर्तन हुदैछन - कानुनको शासन ,अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत जिम्मेवारी जस्ता अस्ट्रेलियन मूल्य र मान्यताहरू नयाँ नागरिकता लिँदै गरेका व्यक्तहरूले अङ्गीकार गर्नु पर्नेछ ।

यता लेबरका बहुसाँस्कृतिक मामिलाका प्रवक्ता एन्ड्रयु जायल्स भन्छन् अङ्ग्रेजी भाषा सम्बन्धी कार्यक्रममा बदलाव स्वागत योग्य छ तर यसको कार्यान्वयन महत्त्वपूर्ण हुनेछ ।

उनी भन्छन्, "जातिवाद विरोधी रणनीति र सामाजिक एकता सरकारी नीतिको एक हिस्सा बनेको म हेर्न चाहन्छु।"

टजले अस्ट्रेलियामा विदेशी सरकारको बढ्दो पहुँचले प्रस्तुत गरेको खतरा प्रति पनि कार्यक्रमका क्रममा चेतावनी दिएका छन् ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now