SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको कृषि क्षेत्रमा नेपाली कामदार भित्र्याउने पहल जारी

Prime Minister Scott Morrison and Bass MP Bridget Archer are seen during a tour of Hillwood Berry Farm in northern Tasmania, Friday, May 21, 2021. (AAP Image/Ethan James) NO ARCHIVING
Prime Minister Scott Morrison and Bass MP Bridget Archer are seen during a tour of Hillwood Berry Farm in northern Tasmania. Source: AAP

हाल आसियान राष्ट्रबाट कामदारहरूलाई ल्याउने मोरिसन सरकारको योजना बारे समाचार आउँदा नेपाली कामदार सम्बन्धी चाहिँ अवस्था कतिको अगाडी बढेको छ त?


Published

Updated

Source: SBS



Skip to podcast episode content

हाल आसियान राष्ट्रबाट कामदारहरूलाई ल्याउने मोरिसन सरकारको योजना बारे समाचार आउँदा नेपाली कामदार सम्बन्धी चाहिँ अवस्था कतिको अगाडी बढेको छ त?


फलफूल टिप्ने लगायत अस्ट्रेलियाली कृषि उद्योगमा काम गर्नेहरूको कमीलाई पूरा गर्न अब दक्षिण पूर्वी एसियाका मानिसहरूलाई भिसा दिने निर्णय मोरिसन सरकारद्वारा गरिएको छ।

योसँगै अस्ट्रेलिया र युके बिचको पछिल्लो खुला व्यापार सहमतिका कारण अब घुम्ने र काम गर्ने भिसाका ब्रिटेनबाट आउने पर्यटकहरूले आफ्नो भिसा म्याद थप गर्न, कृषि उद्योगमा काम अनिवार्य रुपमा गर्नुपर्ने सम्बन्धि नियम हट्ने पनि सङ्घीय सरकारको भनाइ छ।

यसो हुँदा पनि अस्ट्रेलियामा झन्डै १०,००० कामदारहरूको कमी हुने सरकारी अनुमान छ।

उक्त समस्या समाधन हेतु सरकारले आगामी सेप्टेम्बर महिन सम्ममा एक नयाँ "कृषि भिसा" लागु गर्दै थाइल्यान्ड, मलेसिया, म्यानमार, लाओस्, भियतनाम र फिलिपिन्स लगायत आसियान नामक समूहका १० राष्ट्रका कामदारहरूलाई अस्ट्रेलिया भित्र्याइने बताएको हो।

सङ्घीय गठबन्धन सरकारमा रहेको नेश्नल पार्टीका नेता र उप-प्रधानमन्त्री माइकल मकोर्म्याकले कृषि क्षेत्रमा कामदारहरूको कमी हुन नदिने बताएका छन्।

तर विदेशी कामदारहरूको अधिकार र कार्यस्थल सुरक्षा सुनिश्चित गरिनुपर्ने भन्दै कामदारहरूको शोषण हुनसक्ने बारे अस्ट्रेलियन वर्कर्स युनियनद्वारा चिन्ता व्यक्त गरिएको छ।

Dr Raju Adhikari
Dr Raju Adhikari Source: Dr Raju Adhikari

हाल आसियान राष्ट्रबाट कामदारहरूलाई ल्याउने मोरिसन सरकारको योजना बारे समाचार आउँदा नेपाली कामदार सम्बन्धी चाहिँ अवस्था कतिको अगाडी बढेको छ त?

यसबारे हामीले अस्ट्रेलियामा रहेको नेपाली सामुदायिक संस्थाहरुको महासङ्घ फेन्काका अध्यक्ष डाक्टर राजु अधिकारीसँग गरेको कुराकानी सुन्नुहोस्। null

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now