SKIP TO MAIN CONTENT

आर्थिक कुराकानीः 'इक्विटी' निकालेर व्यापारमा लगानी गर्न मिल्छ?

Australian Housing Market
Australian Housing Market Source: ABC Australia

रिर्जभ बैंकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेपछि, यसको प्रभाव घर जग्गाको बजारमा पुन: पर्ने सम्भावना रहेको बताइन्छ। गर्मी महीना सुरु भएपछि केही सुखद बनेको घरजग्गा बजारमा ब्याजदर वृद्धिले कस्तो प्रभाव पर्ला त? घरजग्गा बजारमा अब देखिने परिवर्तन, लगानीका हिसाबले बढि प्रतिफल दिने स्थान र 'पर्सनल लोन' लिँदा विचार पुर्‍याउनु पर्ने कुराका बारेमा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेका छौ। इक्विटी निकालेर व्यापार व्यवसायमा लगाउने कुरामा बैंकहरूले आनाकानी गर्ने भट्टराईले हामीसँगको कुराकानीमा बताएका छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

रिर्जभ बैंकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेपछि, यसको प्रभाव घर जग्गाको बजारमा पुन: पर्ने सम्भावना रहेको बताइन्छ। गर्मी महीना सुरु भएपछि केही सुखद बनेको घरजग्गा बजारमा ब्याजदर वृद्धिले कस्तो प्रभाव पर्ला त? घरजग्गा बजारमा अब देखिने परिवर्तन, लगानीका हिसाबले बढि प्रतिफल दिने स्थान र 'पर्सनल लोन' लिँदा विचार पुर्‍याउनु पर्ने कुराका बारेमा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेका छौ। इक्विटी निकालेर व्यापार व्यवसायमा लगाउने कुरामा बैंकहरूले आनाकानी गर्ने भट्टराईले हामीसँगको कुराकानीमा बताएका छन्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • सिड्नीभन्दा अलि पर रिजनल, तर कामका लागि सिड्नी १-२ घण्टा ट्रेनमा आउन जान मिल्ने ठाउँहरू छन् अलि सस्तोमा घर किन्न कि रिजनल मात्रै हो उपाय?
  • इन्भेष्टमेन्ट प्रप्रटीका लागि पर्थ, गोल्डकोस्ट वा जीलंग कहाँ राम्रो होला? 'रेन्टल यिल्ड' र 'यर अन यर रिटर्न'का हिसाबले? अनि यी सहरहरूमा अपार्टमेन्ट र सिंगल होम के मा लगानी राम्रो होला?
  • बैंकबाट लोन निकालिसकेपछि, एकल कमाईमा गएका जोडीहरूले रिफाइनान्सिङ गर्दा केही समस्या हुन्छ?
  • बैंक वा अन्य कुनै वित्त संस्थाबाट 'पर्सनल लोन' निकाल्दा के मा ध्यान पुर्‍याउनु पर्छ?
  • घर भएका कतिपय मानिसले इक्विटी निकालेर कार किन्ने, व्यापारमा हाल्ने गरेको पनि देखिन्छ, इक्विटीको प्रयोग घर पुर्न निर्माण गर्न बाहेक अन्य चिजमा लगानी गर्न मिल्छ कि मिल्दैन्?
  • नयाँ भर्खरै पीआर आएकालाई घर किन्नै सोच छ भने, केही योजनाहरू पनि छन् कि कतै?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक

गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now