SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: ‘एलएमआइ’ बिनाको ५% डिपोजिट स्किमबाट धेरै नेपालीले फाइदा लिन सक्लान् त?

Westpac, Commonwealth, ANZ and NAB signage
Four major banks in Australia say interest rates may still rise. Source: AAP

नयाँ आर्थिक वर्षमा घरजग्गाको क्षेत्रमा सुधार हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन् । रिजर्भ ब्याङ्कको लगातारको ब्याजदर वृद्धिले केही नकारात्मक बनेको बजार अबको केही महिनामा सुधारतर्फ जाने आफ्नो अनुमान रहेको उनले एसबीएस नेपालीसँगको मासिक आर्थिक कुराकानीका क्रममा बताएका हुन्। पाँच प्रतिशत डिपोजिट र 'नो एलएमआइ स्किम' अर्थात् मोर्गेजमा बिमा बापतको अतिरिक्त शुल्क बुझाउन नपर्ने व्यवस्थाबाट धेरै नेपालीलाई फाइदा पुग्न सक्ने पनि उनको भनाई छ।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नयाँ आर्थिक वर्षमा घरजग्गाको क्षेत्रमा सुधार हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन् । रिजर्भ ब्याङ्कको लगातारको ब्याजदर वृद्धिले केही नकारात्मक बनेको बजार अबको केही महिनामा सुधारतर्फ जाने आफ्नो अनुमान रहेको उनले एसबीएस नेपालीसँगको मासिक आर्थिक कुराकानीका क्रममा बताएका हुन्। पाँच प्रतिशत डिपोजिट र 'नो एलएमआइ स्किम' अर्थात् मोर्गेजमा बिमा बापतको अतिरिक्त शुल्क बुझाउन नपर्ने व्यवस्थाबाट धेरै नेपालीलाई फाइदा पुग्न सक्ने पनि उनको भनाई छ।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • आर्थिक हिसाबले बितेको वर्ष कस्तो रह्यो?
  • विशेष गरी घर जग्गा क्षेत्र समग्रमा कस्तो देखियो?
  • लगानीकर्ताहरूले अब कुन स्थान वा क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाउलान्?
  • नयाँ आर्थिक वर्षका सरकारी योजना के हुन् र यसले कसरी फाइदा पुर्‍याउन सक्छ?
  • नेगेटिभ गियरिङ्ग भनेको के हो र यसले लगानीकर्तालाई कसरी फाइदा दिन्छ?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

  • नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now