अहिले नै बजारमा 'अक्सन क्लियरेन्स रेट' ७०% माथि रहेको बताइँदा, के 'मार्केट कन्फिडेन्स' बढेको हो त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:
- मुद्रा स्फीति कम भएको रिपोर्टहरूकाबीच रिजर्भ ब्याङ्कको आगामी ब्याजदर सम्बन्धी निर्णयमा कस्तो प्रभाव पार्ला? यसले ब्याजदर वृद्धि केही समय रोकिने सम्भावना देखाएको हो?
- घर जग्गा बजारमा अहिले कस्तो माहौल छ ? अब ब्याजदर वृद्धि रोकियो भने यसले ठुलै परिवर्तन केही ल्याउने देखिन्छ ?
- कोर लोजीकको होम भ्यालु सम्बन्धी रिपोर्टमा मार्च महिनामा अस्ट्रेलियाका मुख्य सहरहरूमा एडिलेड चाहिँ अघिल्लो महिना को तुलनामा ०.०२% कम रहेको देखिन्छ,यस्तो अवस्था किन देखिएको ?
- इन्भेस्टमेन्टका लागि कुन ठाउँमा लगानी गर्दा बढी मुनाफा कमाउन सकिन्छ?
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक वा ट्विटर मार्फत पठाउन सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतबार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)