SKIP TO MAIN CONTENT

“मागी खानेहरूको सहर” मा मन हुनेहरूको नि:शुल्क भोजन कार्यक्रम

social activist distributing food for the needy
social activist distributing food for the needy Source: Indira Rana Magar's facebook:supplied

काठमाडौँ महानगरपालिकाले “मागि खानेहरूको सहर” देखियो भन्दै बन्द गरेको खुलामञ्चको निःशुल्क भोजन कार्यक्रम व्यक्तिगत र संस्थागत सहयोगमा जारी रहेको छ ।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

काठमाडौँ महानगरपालिकाले “मागि खानेहरूको सहर” देखियो भन्दै बन्द गरेको खुलामञ्चको निःशुल्क भोजन कार्यक्रम व्यक्तिगत र संस्थागत सहयोगमा जारी रहेको छ ।


 


मुख्य बिषय

  • चाडबाडमा बढ्यो स्वयंसेवकको काम
  • महानगरपालिकाले बन्द गराए पनि खाना खुवाउने काम जारी
  • महानगरपालिका भन्छ काठमाडौँ मागी खानेहरूको सहर जस्तो देखियो

काठमाडौँ महानगरपालिकाले तिहारपछि खुला मञ्चमा निःशुल्क खाना खुवाउने कार्यक्रम बन्द गर्ने आदेश दिएता पनि स्वयंसेवीहरूले निःशुल्क खाना खुवाउने काम जारी राखेका छन्।

महानगरपालिकाले खाना खुवाउने ठाउँ व्यवस्थित गर्ने बताए पनि त्यसो नगरेपछि आफूहरू आफ्नो कामलाई निरन्तरता दिन बाध्य भएको उनीहरू बताउँछन्।

नेपालमा कोरोनाका कारण लकडाउन सुरु भएदेखि अर्थात् मार्च महिनाको अन्त्यदेखि विभिन्न समूहले काठमाडौँको खुला मञ्चमा निःशुल्क खाना खुवाउँदै आएका छन्।

एक जना स्वयंसेवी इन्दिरा राना मगरले मात्रै दिनको सात सय जनालाई खाना खुवाइरहेको बताएकी छिन्, र त्यसका लागि उनले दैनिक २० हजार रुपैयाँ भन्दा बढी खर्च छुट्टाउने गरेकी छिन्। यस्ता अभियानबाट लाभान्वित हुनेमा बेरोजगार र बस्ने ठाउँ समेत नभएका मानिस धेरै रहेका छन्।

दसैँ अगाडि काठमाडौँका मेयर विद्या सुन्दर शाक्यले यसरी खाना खुवाउँदा काठमाडौँ मागी खानेहरूको सहर जस्तो देखियो भन्दै त्यो काम बन्द गर्ने आदेश दिएका थिए।

केही समय प्रहरीले स्वयंसेवकहरूलाई अवरोध गरेता पनि अरू कुनै विकल्प नभएपछि स्वयंसेवकहरूले आफ्नो काम जारी राखेका थिए।

Free food distribution in nepal
Free food distribution in nepal Source: Indira Rana Magar's facebook:supplied

उनीहरूले महानगरपालिकासँग यस बारेमा वार्ता समेत गरेपछि महानगरपालिका केही लचिलो बनेको थियो, र तिहारपछि पार्टी प्यालेसहरूमा ठाउँ उपलब्ध गराउने वाचा गरेको थियो। तर त्यो वाचा अहिलेसम्म पुरा नभएको अभियानकर्ताहरू बताउँछन्।

मन्दिरमा खाना दिनु हुँदैन भनेर कुनै कानुनले लेखेको छैन। गर्ने मान्छेलाई काम गर्न दिनुपर्यो

महानगरपालिकाले आफूहरूलाई काम गर्न दिनु पर्ने एक जना अभियन्ता इन्दिरा राना मगरको भनाइ छ।

Free food distribution in nepal
Source: Indira Rana Magar's facebook:supplied

"हामी पनि सरकारले राम्रो गर भन्यो भने राम्रो गर्ने हो। सिस्टमेटिकली दिऊँ, डिग्निटिको कुरा आउँछ, मान्छेहरू बिचरा जस्तो गरेर भुइँमा बसेर नखाउन् भनेर चाहिँ म पनि भन्छु।"

"बरु हामीलाई लैनचौरको खुला ठाउँ देऊ वा अरू कुनै ठाउँ दियो भने हामी त्यसलाई मजाले व्यवस्थित गर्छौँ। मेरो चाहिँ मोबाइल ड्रप हुन्छ धेरै। मन्दिरमा खाना दिनु हुँदैन भनेर कुनै कानुनले लेखेको छैन। गर्ने मान्छेलाई काम गर्न दिनुपर्यो ।"

काठमाडौँमा रेष्टुरेण्टबाट खाना लिएर जाने टेक अवे सर्भिसहरू चलिरहेका छन्, र यस्तो अवस्थामा निःशुल्क खाना खुवाउने काममा अवरोध गर्दा त्यसरी खाना खाने मानिसको मानव अधिकारको हनन हुने राना मगर बताउँछिन्।

हामी पनि सरकारले राम्रो गर भन्यो भने राम्रो गर्ने हो। सिस्टमेटिकली दिऊँ, डिग्निटिको कुरा आउँछ, मान्छेहरू बिचरा जस्तो गरेर भुइँमा बसेर नखाउन् भनेर चाहिँ म पनि भन्छु

दसैँ तिहारका चाडबाडको समयमा निःशुल्क खाना खाने मानिसको सङ्ख्या झनै बढेको छ, र खाना खुवाउँदै आइरहेका स्वयंसेवकमाथि अझ जिम्मेवारी थपिएको छ।

काठमान्डु महानगरपालिकाका तर्फबाट यस काममा सहयोग गर्नुको सट्टा अवरोधहरू थप्दै जाँदा चुनौती अझ बढेको स्वयंसेवकहरू बताउँछन्। महानगरपालिकाले भने स्वास्थ्यका बारेमा चिन्ता व्यक्त गर्दै धेरै मानिस एकै ठाउँमा त्यसरी भेला गर्न नहुने बताइरहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now