अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।
अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्ट एसबीएस अडियो एप
वा तपाइको रोजाइको पोड्कास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ
एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।
अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको तेस्रो भाग सुन्न यहाँ जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





