फिफा विश्वकप सन् २०२६ चलिरहँदा नेपालीहरू बीच चर्चा भएका अर्जेन्टिनाका सुपरफ्यान हिमग्याप लामा फुटबलमा मात्र सीमित छैनन्। नेपालका फुटबल र क्रिकेटदेखि अस्ट्रेलियन खेलकुदसम्म उनि खेल पछ्याउँदै ठाउँ ठाउँ पुग्छन्। परिवारबाट पनि खेल हेर्न उनले यात्रा गर्ने कुरामा कुनै रोकटोक नभएको लामाले बताएका छन्। टी२० विश्वकपका बेला नेपालको क्रिकेट खेल हेर्दाको अनुभवसहित नेपाली खेलकुदप्रतिको उनको लगावबारे लामासँग गरिएको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





