Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटबल

IMG_3118.jpg

Binod Ranabhat and his team mates posing at their regular weekend football tournaments. Credit: Binod Ranabhat/supplied

शारीरिक र मानसिक विकासका लागि पनि नियमित रूपमा व्यायामको आवश्यकता पर्दछ। तर सबैसँग व्यायामका लागि समय नहुन सक्छ, तर सामुदायिक गतिविधिमा संलग्न हुँदै गर्दा वा साथीभाइसँगको भेटघाटमा पनि शरीर र मस्तिष्कलाई फाइदा हुने गतिविधि गर्न सकिन्छ भन्ने उदाहरण भिक्टोरियाको “फुटबल फर फन”ले दिएको छ।


Published

Updated

By Krishna Pokhrel, Shikha Basnet Khadka

Source: SBS



Share this with family and friends


शारीरिक र मानसिक विकासका लागि पनि नियमित रूपमा व्यायामको आवश्यकता पर्दछ। तर सबैसँग व्यायामका लागि समय नहुन सक्छ, तर सामुदायिक गतिविधिमा संलग्न हुँदै गर्दा वा साथीभाइसँगको भेटघाटमा पनि शरीर र मस्तिष्कलाई फाइदा हुने गतिविधि गर्न सकिन्छ भन्ने उदाहरण भिक्टोरियाको “फुटबल फर फन”ले दिएको छ।


अस्ट्रेलियामा नेपाली भकुन्डोको पाँचौँ शृङ्खलामा कसरी नेपाली समुदायका सदस्यहरू शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटबल खेली रहेका छन् भनेर चर्चा गरिएको छ।

भिक्टोरियाको फुटबल फर फन र न्यु साउथ वेल्समा समुदायका सदस्यहरू भेला भएर प्रत्येक हप्ता खेलिने फुटबल यस्तै एउटा उदाहरण हो।

यी दुवै खेल समूहहरूले उमेरको बन्देज राखेका छैनन्।

अस्ट्रेलियामा भर्खरै आएकादेखि उमेरले पाका बनेकासम्म भेला भएर फुटबल खेल्न सक्छन्।

फुटबल फर फनका पेन्पा न्यामगेल र सफै जोशीसँगै प्रदीप रानाभाटसँग गरिएको कुराकानी सुन्नुहोस्।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोडकास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्टको पहिलो भाग सुन्न यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now