SKIP TO MAIN CONTENT

जबरजस्ती विवाह विरुद्ध सिड्नी विमानस्थलमा प्रचार अभियान सुरु

Forced marriage
Source: SBS

विवाह जस्तो जटिल विषयमा दखल दिने उद्देश्यले अस्ट्रेलियाको व्यस्त विमानस्थलमा एक अभियान सञ्चालन गरिएको छ।


Published

Updated

By Hannah Sinclair

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

विवाह जस्तो जटिल विषयमा दखल दिने उद्देश्यले अस्ट्रेलियाको व्यस्त विमानस्थलमा एक अभियान सञ्चालन गरिएको छ।


जबरजस्ती विवाह गर्ने अपराध विरुद्ध जन चेतना जगाउने उद्देश्यले सङ्घीय प्रहरीले अस्ट्रेलियाको सबैभन्दा व्यस्त विमानस्थलमा एक अभियान सञ्चालन गरेको छ जस अन्तर्गत त्यहाँ रहेका शौचालयका ढोका पछाडि विज्ञापन पर्चा राखिने छ।

'प्रोजेक्ट स्काईवार्प' नामक उक्त छ महिने अभियान अस्ट्रेलियाको सङ्घीय प्रहरी, अस्ट्रेलियाली दासत्व विरोधी संस्था र सिड्नी विमानस्थलको सहकार्यमा सञ्चालन गरिएको हो।

उक्त कार्यक्रम अन्तर्गत विमानस्थलका शौचालयहरूको ढोका पछाडि र अन्य त्यस्तै अन्य ठाउँमा पनि पोस्टरहरू टाँसिने बताइएको छ।

आफ्नो स्वीकृति बिना जबर्जस्ति विवाह गराइएका यात्रीहरूलाई लक्षित गरी त्यस्ता पर्चाहरू बनाइएको हो।

Forcing someone to marry is illegal
"जबरजस्ती विवाह गराउनु अपराध हो" Source: AFP

अस्ट्रेलियाबाट बाहिर जान लागेका वा भर्खरै अस्ट्रेलिया प्रवेश गरेका यात्रीहरूले विमानस्थलका विभिन्न स्थानमा 'जबर्जस्ति विवाह गराउनु अपराध हो' र 'सहयोग उपलब्ध छ ' लेखिएका पोस्टर देखिनेछन्।

अस्ट्रेलियाली सङ्घीय प्रहरीकी सहायक महानिरीक्षक डेब्बी प्लाट्ज भन्छिन्, उक्त अभियानले जबर्जस्ति विवाहको विषयमा अस्ट्रेलियामा जन चेतना जगाउँछ।

“कसैसँग बिहे गर्नु भनेको आफ्नो इच्छाको कुरा हो भन्ने जानकारी हाम्रो समुदायहरूमा बस्ने मानिसहरूलाई होस्। यदि इच्छा विपरीत कसैको बिहे हुन लागेको छ भने मद्दत उपलब्ध छन्,” उनले भनिन्।

AFP Assistant Commissioner Debbie Platz, National Manager Crime Operations, hopes the initiative brings an often unspoken practice into the spotlight.
अस्ट्रेलियाली सङ्घीय प्रहरीकी सहायक महानिरीक्षक डेब्बी प्लाट्ज Source: AFP

कमनवेल्थ आपराधिक संहिता २०१३ मा जबर्जस्ति विवाहलाई अपराधका रूपमा व्याख्या गरिएको छ।

जबरजस्ती विवाह भन्नाले कसैले स्वतन्त्र रूपमा र पूर्ण स्वीकृति प्रदान नगर्दै विवाह गराइनु भन्ने बुझिन्छ।

दबाब दिएर, धम्की दिएर वा झुक्काएर वा विवाह गर्ने व्यक्तिले विवाहको अर्थ, यसको प्रकृति र प्रभाव नबुझेको अवस्थामा विवाह गर्न बाध्य पारिने परिस्थितिलाई जबर्जस्ति विबाह भनिन्छ।

दासत्व विरुद्ध काम गर्दै आएको एन्टी स्लेभरी अस्ट्रेलियाकी निर्देशक जिल म्याककिओ भन्छिन्, “यो यस्तो समस्या हो, जसले धेरै समुदायहरूलाई असर पारिरहेको छ।”

पोस्टरहरू शौचालयहरूमा टाँसिनेछ किनभने त्यो मात्र एउटा यस्तो स्थान हो जहाँ पीडित भएको हुन सक्ने व्यक्ति एक्लै हुन्छ।

Forced marriage posters being rolled out across Sydney airport
‘जबरजस्ती विवाह गराउनु अपराध हो' लेखिएको एक पोस्टर Source: Australian Federal Police

अस्ट्रेलिया कै सबैभन्दा व्यस्त विमानस्थल भएका कारण यो अभियानको सुरुवात गर्न सिड्नी विमानस्थललाई छानिएको सहायक महा निरीक्षक प्लाट्जले बताइन।

“बर्सेनि ४४ मिलियन भन्दा बढी यात्रुहरू त्यहाँबाट आवत जावत गर्छन्,” उनले भनिन्।

आर्थिक वर्ष २०१८/१९ मा अस्ट्रेलियाली सङ्घीय प्रहरी समक्ष ९१ जबर्जस्ति विवाहका उजुरी आएको थियो।

धेरै पिडितहरूले यसबारेमा उजुरी नगर्ने भएकाले त्यो सङ्ख्या अझ बढी हुन सक्ने बताइन्छ।

बहुसांस्कृतिक समुदायका जोखिममा रहेका महिलाहरूका लागी काम गर्ने अभियन्ताहरूले भने यो अभियान प्रभावकारी हुनेमा प्रश्न उठाइरहेका छन्।

अस्ट्रेलियाली इसाई महिलाहरूको सङ्गठनमा स्वयम् सेवक रहेकी सिल्मा इह्रामले एसबीएससंग कुरा गर्दै यस्ता सङ्गठनहरूलाई लगानी गर्ने तर्फ ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

६ महिने परिक्षणकाल पश्चात् उक्त परियोजनाको प्रभावलाई हेरेर अन्य स्थानहरू र अरू भाषाहरूमा पनि चलाइने योजना रहेको बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now