नेपालभर झन्डै सय ठाउँमा डढेलो, वायु प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर प्रभाव

Nepal Wildfires

In this file photo, residents battle a fire in a forest in Baglung, about 275 km west of Kathmandu.


Published 28 April 2022 at 11:44am
By Sewa Bhattarai
Presented by SBS Nepali
Source: SBS

यस वर्ष पनि डढेलो लाग्ने 'पीक सिजन'मा शनिवार १९ जिल्लाका ९८ ठाउँमा आगो लागेका छन् भने यो वर्ष सुरु भएपछि मात्रै एक हजार भन्दा बढी डढेलो लागिसकेका छन्।


Published 28 April 2022 at 11:44am
By Sewa Bhattarai
Presented by SBS Nepali
Source: SBS


नेपालमा फागुन देखि जेठ महिनासम्मको सुख्खा याममा बर्सेनि देशभर डढेलोले समस्या पार्ने गरिरहेको छ।

यस वर्ष पनि डढेलो लाग्ने 'पीक सिजन'मा शनिवार १९ जिल्लाका ९८ ठाउँमा आगो लागेका छन्।

यो वर्ष सुरु भएपछि मात्रै एक हजार भन्दा बढी डढेलो लागिसकेका छन्।

Advertisement
यसले नेपालमा वन, वन्यजन्तु, गाउँ बस्ती र मानिसहरूको ज्यान जोखिममा पार्नुका साथै वातावरणलाई पनि निकै हानी पुर्‍याइरहेको छ।

"तालिमप्राप्त दस्ता छैन भने अहिले सुख्खा मौसममा आगलागी नियन्त्रण गर्न जानु आत्महत्या गर्न जानु जस्तै हुन्छ।"
नेपालमा औसतमा बर्सेनि २,५०० वन डढेलोका घटना हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा बताउँछन्।

"तर गत वर्ष ६,००० भन्दा बढी वन डढेलोका घटना भएका थिए, जुन हालसम्मको इतिहासमै सबभन्दा धेरै घटना भएको वर्ष हो। यो वर्ष पनि अहिले नै एक हजार भन्दा बढी वन डढेलोका घटना भइसकेका छन्।"

डढेलोका कारण औसतमा प्रत्येक वर्ष ८ जना मानिसको मृत्यु हुने, ८० जति घर जल्ने, वन्यजन्तु जङ्गल बाहिर निस्किन थालेपछि मानव वन्यजन्तु द्वन्द्व बढ्ने र अकल्पनीय क्षति हुने गरेको शर्मा बताउँछन्।

"हामीले नासाको स्याटलाइट सिस्टममा आधारित अनुगमन प्रणाली प्रयोग गर्छौँ, जसमा हामी कहाँ कति आगो लागिरहेको छ भनेर वास्तविक समयमा हेर्न सक्छौँ। 

उपसचिव सुन्दर शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्। नेपालभर झन्डै सय ठाउँमा डढेलो, वायु प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर प्रभाव हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
वन डढेलोले हरेक वर्ष २ लाख हेक्टर वनलाई प्रभाव पार्ने गरेको छ। तर यसले कति क्षति गर्‍यो, कति क्युबिक काठ नोक्सान भयो वा कति जनावर मरे भनेर चाहिँ थाहा हुँदैन, र कति वन र वन्यजन्तु नाश भए भन्ने लेखाजोखा राख्ने गरिएको छैन," शर्मा बताउँछन्।

नेपालमा वन डढेलो नियन्त्रण गर्नका लागि दमकलले पानी छ्याप्ने गरिन्छ भने यस हप्ता मात्रै काठमान्डुको शिवपुरीमा आगो लाग्दा हेलिकप्टरबाट पानी छ्यापिएको थियो। तर त्यो प्रक्रिया अत्यन्त खर्चिलो भएको शर्मा बताउँछन्।

"बागमती प्रदेशको हरेक डिभिजन वन कार्यालयमा यस्ता दस्ता तयार गरेर राखिएका छन्, जुन एउटा नयाँ र राम्रो कदम हो। तर यो प्रत्येक पालिका र वडामा हुनुपर्छ।"
"तालिमप्राप्त दस्ता छैन भने अहिले सुख्खा मौसममा आगलागी नियन्त्रण गर्न जानु आत्महत्या गर्न जानु जस्तै हुन्छ," शर्मा भन्छन्।

"त्यसैले आगो नै नलागोस् भन्नका लागि जङ्गल र बस्तीको बिचमा सुरक्षा घेरा बनाउने, जङ्गल र घरका बिचमा भएका पात पतिङ्गर झाडीहरू सफा गरेर राख्ने गर्नुपर्छ ताकि वनको आगो घरमा नसल्कियोस्। हरेक पालिकाले अग्नि नियन्त्रकको दस्तालाई तालिम दिएर, उपयुक्त उपकरणहरू दिएर तयारी अवस्थामा राख्नु पर्छ।"

हाल भने नेपालमा चाहिँ त्यस्तो तयारीको अवस्था अत्यन्त न्यून रहेको शर्मा बताउँछन्। अर्थात्, तालिमप्राप्त अग्नि नियन्त्रक दस्ता र उनीहरूलाई आवश्यक उपकरण धेरै नै कम छन्, जसका कारण वन डढेलोले वर्षनी क्षति पुर्‍याइ नै रहेको छ।

"बागमती प्रदेशको हरेक डिभिजन वन कार्यालयमा यस्ता दस्ता तयार गरेर राखिएका छन्, जुन एउटा नयाँ र राम्रो कदम हो। तर यो प्रत्येक पालिका र वडामा हुनुपर्छ," शर्मा बताउँछन्।

केन्द्रीय तहबाट हालसालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पुनर्निर्माण कार्यविधि पनि तयार गरेको छ, जसले वन डढेलोमा परेर घर जलेका मानिसलाई तुरुन्तै आवासका लागि र दीर्घकालीन रूपमा घर बनाउनका लागि अनुदान दिने प्रावधान राखेको छ।



Share