SKIP TO MAIN CONTENT

रिसाएको फ्रान्स र अस्ट्रेलियामाथि परेको दूरगामी प्रभाव

with The Associated-Press in Paris, Friday, Oct. 8, 2021. Australian Prime Minister Scott Morrison welcomed France's decision to return its ambassador to Australia and said Thursday the bilateral relationship was bigger than the canceled submarine contrac
French ambassador to Australia Jean-Pierre Thebault gestures as he speaks during an interview. Source: AP

अकस गठबन्धनका कारण ९० करोड डलर बराबरको फ्रान्सेली पनडुब्बी नकिन्ने निर्णयसँगै अस्ट्रेलिया र फ्रान्स बिचको सम्बन्धमा पछिल्लो समयमा तिक्तता छाएको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अकस गठबन्धनका कारण ९० करोड डलर बराबरको फ्रान्सेली पनडुब्बी नकिन्ने निर्णयसँगै अस्ट्रेलिया र फ्रान्स बिचको सम्बन्धमा पछिल्लो समयमा तिक्तता छाएको छ।


अस्ट्रेलियाका लागी फ्रान्सेली राजदूत जँ पिएँ टेबोँले सङ्घीय सरकारमाथि 'बच्चाले गर्ने जस्तो व्यवहार' गरेको आरोप लगाएका छन्।

नब्बे अर्ब डलरको पनडुब्बी सम्झौता तोड्नु पूर्व फ्रान्ससँग परामर्श नगरेको भन्दै उनले उक्त टिप्पणी गरेका हुन्।

टेबोँले आफूलाई क्यानबेरा फर्काउने फ्रान्सेली सरकारको निर्णय, भविष्यमा दुई देश बिच कायम हुने सम्बन्धलाई पुनर्मुल्याङ्कन को स्पष्ट आदेश सहित भएको बताएका छन्।

दुई हप्ता लामो रस्साकस्सी पश्चात् फ्रान्सले आफ्ना राजदूतलाई क्यानबेरा फिर्ता पठाउने निश्चित गरेको छ तर दुई देश बिचको तिक्तता भने अझै केही समय कायमै रहने देखिएको छ।

फ्रान्सेली राजदूतले एबीसी रेडियोसँग कुरा गर्दै, अस्ट्रेलियाले फ्रान्ससँगको पनडुब्बी सम्झौतालाई रद्द गरेपछि दुई देश बिच गहिरो सङ्कट निम्तिएको बताए।

रिपोर्ट सुन्नुहोस: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

साथै, उक्त सम्झौताबारे आफ्नो निर्णय सार्वजनिक गर्नु पूर्व, मोरिसन सरकारले फ्रान्ससँग परामर्श गर्न असमर्थ रहेको भन्ने भनाइको आलोचना समेत उनले गरेका छन्।  

यता, प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको राजदूत फिर्ता पठाउने कदमको स्वागत गरेका छन्।

उनी भन्छन् कि फ्रान्सले आफ्नो राजदूत फिर्ता पठाउनु अपरिहार्य थियो।  

तर पनि क्यानबेरा प्रति पेरिसले अझै पनि चिसो व्यवहार कायमै राखेको छ।

फ्रान्सेली राजदूत जँ पिएँ टेबोँले अस्ट्रेलियासँग पहिलेकै जस्तै सम्बन्ध पुनर्स्थापित गरिहाल्ने पक्षमा आफू नरहेको बताएका छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now