एल्फी देखि जूससम्म; बदलिदैछन् अस्ट्रेलियाका घर पालुवा जनावरका नाम

Adopting Pets Australia

Adopting Pets Australia Source: Getty / Getty Images/eclipse_images

एनिमल मेडिसिन्स अस्ट्रेलिया नामक संस्थाले सन् २०२१ मा सार्वजनिक गरेको एक अध्ययनले अस्ट्रेलिया भर करिब ३ करोड घरपालुवा जनावरहरू भएको देखाएको छ।


के तपाईँलाई थाहा छ, अस्ट्रेलियामा मानिसहरूको सङ्ख्या भन्दा धेरै घर पालुवा जनावरहरू छन्।

एनिमल मेडिसिन्स अस्ट्रेलिया नामक संस्थाका अनुसार अस्ट्रेलिया भर करिब ३ करोड घरपालुवा जनावरहरू छन्।

अस्ट्रेलिया घरपालुवा जनावर पाल्ने मुलुकहरूमा सबैभन्दा अगाडी रहेको पनि अध्ययनले देखाउँछ।

अझ कोभिड–१९ महामारीका बेला त जनावर पाल्ने मानिसहरूको सङ्ख्या झनै बढेको देखिन्छ।

घरमा जनावर पाल्ने जनावरको सङ्ख्या सन् २०१९ मा ६१% बढेर सन् २०२१ म आईपुग्दा ६९% पुगेको देखिन्छ।

त्यसो भए अस्ट्रेलियाका घरमा पालिएका जनावरका चल्तीका नाम चाहिँ के होला त? सबैलाई चासोको विषय हुन सक्छ।

द लस्ट डग्स नामक च्यारिटी संस्थाले सन् २०२२ का घर पालुवा जनावरका तीन चलेका नाम सार्वजनिक गरेको छ।

उक्त गैर नाफा मुलुक संस्थाकी सुजना टालेभ्स्की बेघर जनावरहरूलाई अपनाएका मानिसहरूको रेकर्डबाट नाम लिइएको बताउँछिन्।

“यस वर्षको घरपालुवा जनावरका चलेका नामहरू होम एडपटेसन रेकर्डबाट लिइएको हो, कसैले कुनै जनावरलाई घरमा लाने बताएसँगै हामीले तिनीहरूका नाम रेकर्डमा राख्ने गर्छौ, र वर्षको अन्त्यमा हामीले चलेका तीन नामहरू निकाल्छौ,” उनले भनिन्।

उनका अनुसार चल्तीका नाम डेसी, हार्ली, लुना र चार्ली हुन्।

Dogs
Dogs Credit: Wallpaperscrap.com

टालेभ्स्कीका अनुसार कुकुर र बिरालाहरूका लागि दिइने नामहरू पनि फरक फरक हुन्छन्।

उनका अनुसार नामहरू फेसन जस्तै कहिले कुनै नाम निकै चलेका हुन्छन् त केही नाम बिस्तारै हराउँदै जान्छन्।

“फिडो, यो नाम बिस्तारै कम हुँदै जादैछ, अहिले केही मिठा नामहरू, खानासँग सम्बन्धित नामहरू अलि बढी सुनिन्छन्, यसबाहेक सांस्कृतिक रूपमा वा पाका मानिस र युवा मानिसले छान्ने नामहरू पनि फरक हुन्छन्,”

यस बाहेक अस्ट्रेलिया भित्र वा बाहिरी मुलुकमा पनि सांस्कृतिक पक्षले घर पालुवा जनावरहरुको नाम फरक हुन जान्छन्।

एसबीएसको ग्रिक भाषामा कार्यरत एप्थीमियस कालोस, अस्ट्रेलियामा रहेका ग्रिक समुदायका सदस्यहरूको घरमा पालिएका जनावरहरूको नाम पौराणिक भगवानहरुका नाममा रहने बताउँछन्।

“अस्ट्रेलियामा रहेका थुप्रै ग्रिक समुदायले आफ्नो जनावरको नाम पौराणिक भगवानहरुका नाममा राखेका हुन्छन्, यसमा पनि सबैभन्दा बढी सुनिने नाम चाहिँ जुस हो, यी ग्रिकका नम्बर एक भगवान् हुन, किन भनेर चाहिँ मलाई नसोध्नुहोला, ....धेरैका लागि यो अलि हास्यास्पद पनि हुन सक्छ,” उनले भने।

यता चीनमा पनि जनावर पाल्ने चलन बढ्दै गएको छ।

जनावरका केही नाम भने सदाबहार रहेको एसबीएस म्यान्डरीनका जेफ कुन बताउँछन्।

“धेरै घरपालुवा कुकुरको नाम लकी राखिएको हुन्छ, यसको मतलब भाग्य हाम्रोमा आउँछ भन्ने विश्वास हो, यदि घरमा कुकुर गयो भने यसले सुरक्षा गर्छ र भाग्य वृद्धि हुन्छ भन्ने मान्यता राखिन्छ।” कुन भन्छन्।

Adopting Pets Australia
حیوانات ساکن در پناهگاه‌ها دنبال روال و ثبات در زندگی شان هستند. Source: Getty / Getty Images/Capuski

यता एसबीएसका गुजरातीका डिजिटल कन्टेन्ट प्रड्युसर वत्सल पटेल भने भारतमा धनाढ्यहरू माझ मात्र जनावर पाल्ने चलन रहेको बताउँछन्।

“हामी घरमा जनावर त पाल्दैनौ तर हामी उनीहरूले वर्ष भरी नै खाना खुवाउछौ, मेरो बुवाले सडकमा गएर रोटी वा घरमा बनाएको खाना जनावरहरूलाई खुवाउनुहुन्छ।” वत्सल भन्छन्।

द लस्ट डग्सकी टालेभ्स्की भने आफूले पाल्ने जनावरलाई के नाम दिने भनेर सोच्नु अघि, आफूले जनावरको जिम्मेवारी लिन सक्छु कि सक्दिन भनेर सोच्न जरुरी रहेको बताउँछिन्।

साथै उनी जनावरहरू किनेर घरमा राख्नु भन्दा पनि घरबार विहीन जनावरहरूलाई अपनाउन सुझाव दिन्छिन्।

“जनावर पाल्ने कुरामा अलि विचार गरेर मात्र निर्णय लिनु पर्छ, उनीहरूको जिम्मेवारी लामो समयसम्म उठाउन सकिन्छ सकिँदैन, उनीहरूको उपचार वा खानाका लागि तिर्न सकिन्छ सकिँदैन इत्यादि, र अर्को कुरा जनावर भनेको १५/२० वर्षका लागि प्रतिबद्धता हो, यदि यसका लागि तयार हुनुहुन्छ भने घर खोजी रहेका थुप्रै जनावर हामीसँग छन्।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now