Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

तलबी सुत्केरी बिदाको समय बढाउने सङ्घीय सरकारको घोषणा

parental leave

Two-parent households will be able to decide how to split the paid parental leave, while single parents will be entitled to the full six months. Source: AAP

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले तलब सहितको सुत्केरी बिदा १८ हप्ताबाट बढाएर २६ हप्ता पुर्‍याउने घोषणा गरेका छन्। उनका अनुसार बालबालिकाको विकासका लागि महत्त्वपूर्ण हुने सुरुवाती दिनहरूमा परिवारलाई यो व्यवस्थाले सहजता प्रदान गर्नेछ।


Published

Updated

By Lin Evlin, Catriona Stirrat

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


प्रधानमन्त्री एन्थोनी एल्बनिजीले तलब सहितको सुत्केरी बिदा १८ हप्ताबाट बढाएर २६ हप्ता पुर्‍याउने घोषणा गरेका छन्। उनका अनुसार बालबालिकाको विकासका लागि महत्त्वपूर्ण हुने सुरुवाती दिनहरूमा परिवारलाई यो व्यवस्थाले सहजता प्रदान गर्नेछ।


सिड्नीमा राज्यको लेबर पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री एन्थोनी एल्बनिजीले महिलाका लागि बजेटको बाचा गरेका छन्।

"दुई हप्ता पछि आउने हाम्रो पहिलो बजेटमा महिलालाई समानता प्रमुख केन्द्रमा हुनेछ…. "

यसको पनि केन्द्रमा पेरेन्टल लिभ वा सुत्केरी बिदालाई १८ हप्ताबाट बढाएर २६ हप्ता बनाउँदै कुल छ महिनाको तलबी बिदा दिने रहेको छ।

एल्बनिजीले २५ अक्टोबरमा आउने सङ्घीय बजेटमा लैङ्गिक समानता र महँगीको समस्याबाट पीडित परिवारहरूलाई सहायता प्रदान गर्ने विषयले प्राथमिकता पाउने बताएका छन्।

"यो आधुनिक परिवारहरूका लागि आधुनिक नीति हो। यसले थप सुरक्षा र सबैभन्दा महत्त्वपूर्ण भनेको यसले आकाङ्क्षाहरूलाई पुरस्कृत गर्दछ।"

"हामीले प्रदान गरेको सस्तो चाइल्ड केयर जस्तै यो आर्थिक सुधार हो।"

NSW LABOR CONFERENCE
Prime Minister Anthony Albanese arrives to a standing ovation where he addressed delegates during the NSW State Labor Conference in Sydney, Saturday, October 15, 2022. Source: AAP / DEAN LEWINS/AAPIMAGE

उनले यो विषयमा सबैको सहमति रहेको र रोजगारी तथा सिप सम्मेलनमा पनि प्राथमिकतामा परेको बताएका छन्।

जुलाई २०२४ देखि अगाडी बढाइने यो नीति सन् २०२६ को जुलाई देखि पूर्ण कार्यान्वयनमा आउने छ।

दुई अभिभावकहरू रहेका परिवारले सो बिदालाई कसरी बाँडफाँड गर्ने भन्ने निधो गर्न सक्छन्।

त्यस्तै एकल अभिभावकले भने पुरा छ महिनाको बिदा प्राप्त गर्नेछन्।

नव आमाहरूले सो नीतिको स्वागत गरेका छन्, र भन्छन् यसले बृहत् समाजलाई नै फाइदा पुर्‍याउँछ।

नव आमाहरू काममा फर्कन तयार भए पछि काम सुचारु गर्दा उनीहरू प्रोत्साहित हुने र गुणस्तरीय काम गर्न सक्ने एक आमाको भनाइ छ।

"कसैलाई कुनै पनि कुराबाट जबरजस्ती निकाल्न खोजियो भने र उनीहरू त्यसको लागि तयार छैनन् भने यसले सम्बन्धित सबैलाई नै हानी पुर्‍याउँछ। र मलाई लाग्छ यो (नीति) आवश्यक थियो र यसले धेरै फाइदा पुर्‍याउँछ।"

भर्खर बुबा भएकाहरूका लागि पनि यसले बच्चासँगको सामीप्यता बढाउन मदत गर्ने केहीको भनाइ छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तर केहीले भने भुक्तानी रकम बढ्नु पर्ने माग गरेका छन्।

अस्ट्रेलियन युनियन अफ ट्रेड काउन्सिलकी अध्यक्ष मिसेल ओ'निल सो नीतिलाई स्वागत गर्ने भए पनि कार्य बलमा महिलाहरूको अनुपस्थितिलाई परिपूर्ति गर्न भुक्तानी रकममा वृद्धि गरिनु पर्ने बताउँछिन्।

विपक्षीले पनि नीतिको सिद्धान्तहरूको समर्थन गर्ने बताएको छ।

तर नेसनल्सकी सेनेटर ब्रिजेट मकेञ्जिका अनुसार उनी थप विवरणको प्रतीक्षामा रहेकी छिन्।

प्रधानमन्त्रीका अनुसार यो नीति सरकारको बृहत् समानताको प्रतिबद्धताको एक भाग हो र आगामी बजेटले निष्पक्ष आर्थिक नीतिलाई प्रतिबिम्बित गर्नेछ।

उनले उक्त थपिएको तलबी बिदा न्यूनतम मापदण्ड भए पनि निजी क्षेत्रले यसलाई अझ बृहत् बनाउन सक्ने भनाइ राखेका छन्।

"सरकारले यसलाई आधारभूत, र राष्ट्रिय न्यूनतम मापदण्डका रूपमा हेरेको छ। र हामीलाई अस्ट्रेलिया भरि धेरै ज्ञानी रोजगारदाताहरू रहेको जसले अभिभावकहरूलाई सम्भव भए सम्मको डिलहरू दिने गरेको कुराले प्रोत्साहित गरेको छ, र हामी यस्तो अभ्यास अझ बढी हेर्न चाहन्छौँ।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now