नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीको मङ्गलवार अन्त्येष्टि गरिएको छ। यस अघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सोमवार, २१ अक्टोबरमा जोशी प्रति श्रद्धाञ्जली दिएकी थिइन्। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका २५१ जना बन्धक मध्येका एक थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। गत हप्ता इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। नेपाल संवाददाता प्रयास दुलालसँगको सहकार्यमा तयार पारिएको एक रिपोर्ट।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





