Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सामाजिक समावेशिताले अस्ट्रेलियाली अर्थतन्त्रमा प्रति वर्ष अरबौँ डलरको वृद्धि हुने

Greater social inclusion can lift GDP by billions: Deloitte

Different generations working together. Source: Getty Images

सामाजिक समावेशितालाई प्राथमिकतामा राखिए अस्ट्रेलियाको कुल ग्राहस्थ उत्पादन वा जिडिपी बार्षिक साढे बाह्र अर्व डलरले वृद्धि हुनसक्ने एक रिपोर्टले देखाएको छ।


एसबीएसको लगानीमा लेखा संस्था डीलोइट द्वारा तयार पारिएको एक रिपोर्टका अनुसार सामाजिक समावेशिताले अस्ट्रेलियामा कुल ग्राहस्थ उत्पादनमा बार्षिक साढे बाह्र अर्व डलर वृद्धि गराउन सक्ने देखाएको हो। 

गए केही वर्ष यता अस्ट्रेलियाली उत्पादकत्व दर १.५ प्रतिशतमा रहेको दीर्घकालीन औसत भन्दा कम वा औसत १.१ प्रतिशतको दरले मात्र बढी रहेको छ।

हाल पश्चिमी सिड्नी बाट अनलाइन मार्फत फुल बेच्न संलग्न रहेकी सोफिया चीयाले आफ्नो उक्त व्यवसाय मार्फत आप्रवासी र शरणार्थी महिलाहरूलाई फुल बेच्ने सम्बन्धी प्रशिक्षण प्रदान गर्दछिन्।

Sophea Chea
Florist, Sophia Chea offers migrant women the chance to learn English and business skills as part of her social enterprise. Source: SBS News

सन् २०१४ मा सुरु गरिएको उक्त व्यवसाय मार्फत उनले ती महिलाहरूको उन्ग्रेजी क्षमता र आत्मबल बढाउन पनि सहयोग गर्दछिन्।

यस्ता प्रशिक्षणले अस्ट्रेलियामा नयाँ आएकाहरूलाई काम खोज्न पनि थप सहयोग पुराउने चीयाको भनाइ छ।

"अस्ट्रेलिया आउने आप्रवासी र शरणार्थीहरू, जसको सीमित अङ्ग्रेजी क्षमता रहेको छ, उनीहरूलाई फुल सजाउने बारे पनि प्रशिक्षण प्रदान गरियो भने उनीहरूले केही त गर्न सक्ने हुन्छन्," भनी उनी बताउँछिन्।

सोफिया चीया भन्छिन् कि उनको व्यक्तिगत अनुभवका कारण पनि समावेशितामा आधारित सानो व्यवसाय सुरु गर्न आफू प्रेरित भएकी हुन्।

आफू अस्ट्रेलिया आउँदा आफ्नो आत्मबल कम रहेकोले आफूले खाना किन्न समेत गारो महसुस गरेको उनी बताउँछिन्।

केही पुराना अध्यनहरुले अस्ट्रेलियाली कार्यस्थलहरूमा समावेशिताका मामिलामा सुधार भएको देखाएता पनि, त्यसमा सुधार ल्याउन सकिने उपायहरू अझै बाँकी रहेको पनि बताइएको छ।

कार्यस्थलहरूमा शारीरिक अशक्तता भएका मानिसहरू सङ्ख्या अझै पनि अरूको भन्दा ३० प्रतिशत कम रहेको र लैङ्गिक तलब असमानताको मात्र करिब १५ प्रतिशत रहेको बताइएको छ।

Advocates want the NDIS to cover sexual services.
File photo Source: Getty

तर सन् २००७ देखि २०१७ को समय भित्र जातीयता वा धार्मिक विवेधको उजुरीको सङ्ख्या दोब्बर भन्दा बढी रहेको पछिल्लो रिपोर्टको भनाइ छ।

डीलोइट एक्सेस इकोनोमिक्स द्वारा तयार पारिएको उक्त रिपोर्टका लेखक जोन ओ'महोनी का अनुसार सामाजिक समावेशिता भनेको जाति भेद विरुद्ध काम गर्नुमै मात्र सीमित रहेको छैन।

मानिसहरूलाई समृद्ध जीवनयापन गर्न उपलब्ध रहेका सम्पूर्ण मौका प्रदान गर्नु पनि धेरै महत्त्वपूर्ण रहेको छ।

एसबीएसका प्रबन्ध निर्देशक जेम्स टेलर भन्छन् कि समावेशितामा सुधार हुनुले समुदायलाई मात्र नभई देशको आर्थिक अवस्थालाई पनि फाइदा हुने यो पछिल्लो रिपोर्टले प्रस्ट पारेको छ।

बहुसाँस्कृतिक र समावेशी अस्ट्रेलियाले, समावेश भएका मानिसहरूलाई मात्र नभई सबै अस्ट्रेलियालीहरुलाईनै फाइदा हुने उनको भनाइ छ।

Australia is one of the world's most multicultural countries.
Australia is one of the world's most multicultural countries. Source: FECCA

त्यसैगरि साना व्यावसायहरुको राष्ट्रिय परिषद्का कार्यकारी प्रमुख पिटर स्ट्रोंगका अनुसार उद्योग व्यवसायहरूका लागि अनुसन्धान र विकासमा लगानी गर्नु महत्त्वपूर्ण रहेता पनि विविध पृष्ठभूमिका कर्मचारीहरूको प्रयोग पनि साना व्यावसायहरुका लागि जरुरी रहेको छ।

१९८० को दशकमा नयाँ आप्रवासीहरूको प्रशिक्षणको लागि जतिको नीतिहरू रहेका थिए ती नीतिहरू अहिले हराउँदै गएको उनी बताउँछन्।

ठुलो आप्रवासी सङ्ख्या रहेका समुदायहरूमा गएर त्यहाँ रहेका टेफ लगायतका प्रशिक्षण केन्द्रहरूसँग मिलेर समुदायको सशक्तीकरण गर्न पहल गर्न जरुरी भएको स्ट्रोंगको भनाइ छ।

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now