Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सीपहरूको माग बढ्दा कार्यक्षेत्रमा आएको बदलाव

Teamwork and team spirit -

अस्ट्रेलियामा देखिएको स्वास्थ्य स्याहार र सामाजिक सहयोग कामदारहरूको अभावका कारण सीपयुक्त कामदारहरूको माग बढ्ने क्रममा रहेको छ।


Published

Updated

By Tim Wharton

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा देखिएको स्वास्थ्य स्याहार र सामाजिक सहयोग कामदारहरूको अभावका कारण सीपयुक्त कामदारहरूको माग बढ्ने क्रममा रहेको छ।


स्वास्थ्य स्याहार र सामाजिक सहयोग क्षेत्रमा १८ लाख कामदारहरू रहिरहेको भए पनि अस्ट्रेलियामा वृद्ध जनसङ्ख्या बढ्दा आगामी वर्षहरूमा यसको माग झन् बढ्ने देखिएको छ।

अहिले ६५ वर्ष माथिको जनसङ्ख्या ३८ लाख रहेको छ र प्रक्षेपणले यो सङ्ख्या सन् २०४२ सम्ममा दोब्बर हुने देखाएको छ।

भिक्टोरियाकी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत समान्था ड्याली आफ्नो मन कुनै कुरामा लगायो भने के हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन्।

सत्कार क्षेत्रमा पहिले काम गरेकी उनले आठ वर्ष अघि दिमागी चोटबाट मुक्ति पाएकी थिइन्। त्यसपछि उनले बिलकुलै नयाँ क्षेत्रमा प्रवेश गरिन्, स्वास्थ्य क्षेत्रमा देखिएको सीपयुक्त कामदारहरूको अभावलाई कम गर्ने उद्देश्यका साथ।

"त्यो समयमा काम पाउन निकै गाह्रो थियो विशेष गरी तब जब आफ्नो देब्रे पाटोको प्रयोग गरेर दाँत माझ्न र खान सम्झिनु पर्ने थियो।"

कोभिड महामारीका कारण काम गर्न नसकेपछि ड्यालीले मेलबर्नको स्विन्बर्न युनिभर्सिटीमा मानसिक स्वास्थ्य विषयमा अध्ययन गर्न थालिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

दिमागी चोटले उनलाई रोक्नुको सट्टा त्यही अवस्था सहयोगी भयो सन् २०२१ की भिक्टोरियाको व्यावसायिक वर्ष विद्यार्थी ड्यालीका लागि।

"तपाईँ आफैँ त्यही अनुभवबाट गुज्रिएको हुन सक्नु हुन्छ। र तपाईँसँग अरूका लागि दिन धेरै कुराहरू हुन्छन्।"

अस्ट्रेलियाली स्वास्थ्य क्षेत्रले सन् २०२५ सम्ममा थप २ लाख ५० हजार कामदारहरूको आवश्यकता पर्ने अनुमान गरेको छ।

यास्मिन किङ्ग राष्ट्रिय भोकेस्नल वा व्यावसायिक मापदण्डहरूको विकास गर्ने स्किल्स आइ क्युकी प्रमुख कार्यकारी अधिकृत हुन्।

र उनी कामदार अभाव समस्याको समाधान सहज नभएको भन्दै सचेत गराउँछिन्।

"हामीले यो प्रणालीलाई नै हेर्न अत्यन्त जरुरी छ। मलाई लाग्छ कोषहरूको मोडल र कसरी मानिसहरूलाई तालिम दिइँदै छ भन्ने कुरा हेर्नु पर्छ। यो जटिल छ।"

आगामी वर्षमा इलेक्ट्रीसियनहरूको माग पनि अत्याधिक बढ्ने देखिएको छ। सन् २०२१ कि अस्ट्रेलियाली वर्ष प्रशिक्षार्थी बनेकी सभान कनोबी यस क्षेत्रका लागि एक उदाहरण हुन्।

२३ वर्षीय नर्दर्न टेरिटरी बासिन्दा कनोबी अहिले उत्खनन कम्पनी रिओ टिन्टोका लागि काम गर्छिन्। र उनले पुरुषहरूको बोलवाला रहेको हाइ भोल्टेज विभागमा काम गर्दै आएकी छिन्।

Apprenctice electrician Savanne Canobie (SBS).jpg

कुनै एक लैङ्गिकताका मानिसहरूले मात्र गर्ने कामका रूपमा हेरिने दृष्टिकोणलाई परिवर्तन गर्ने अवसरका रूपमा यसलाई लिएको उनी बताउँछिन्।

"सही व्यवहार र सिक्ने इच्छा हुनु पर्‍यो त्यस पछि कति मानिसहरू तपाइलाई सिकाउन आउँछन् र तपाइको करिअरलाई अगाडी बढाउन सहयोग गर्न आउँछन् भन्ने देखेर तपाईँ आफैँ छक्क पर्नु हुन्छ।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now