SKIP TO MAIN CONTENT

भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि पूर्वी नेपालमा दर्जनौँको मृत्यु

File Photo - Niranjan Shrestha via AAP
File Photo - Niranjan Shrestha via AAP

नेपालमा वर्षा ऋतु सुरु हुने बित्तिकै देशभर बाढी पहिरोले दुःख दिनुका साथै धेरै मानिसको ज्यान पनि जाने गर्दछ। यसै सन्दर्भमा वर्षा र बाढी पहिरोको पछिल्लो अवस्थाका बारेमा नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालमा वर्षा ऋतु सुरु हुने बित्तिकै देशभर बाढी पहिरोले दुःख दिनुका साथै धेरै मानिसको ज्यान पनि जाने गर्दछ। यसै सन्दर्भमा वर्षा र बाढी पहिरोको पछिल्लो अवस्थाका बारेमा नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि जुन र जुलाई महिनामा नेपालका विभिन्न भागमा भारी वर्षा भएर धेरैै जनधनको क्षति हुनुका साथै घरहरू बगाउने, पुरिने र राजमार्ग पनि प्रभावित भएका छन्।

देशमा यस वर्ष बाढी पहिरोमा परेर ३५ जनाको ज्यान गएको र विशेष गरी प्रदेश १ मा यसले धेरै असर गरेको डा भट्टराईले बताएका छन्।

जलवायु परिवर्तन लगायतका कारणले एकै पटक धेरै वर्षा हुन थालेको र वर्षामा पानीको मात्रा पनि बढेको भट्टराईको भनाइ छ।

गत वर्ष पनि मनसुन र मनसुन पछिका वर्षाका कारण १०० जना भन्दा बढी मानिसको मृत्यु भएको थियो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now