SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको उच्च संवेदनशील राष्ट्रिय गोप्य जानकारीहरू जोखिममा हुन सक्ने

RICHARD MARLES PRESSER
Deputy Prime Minister Richard Marles at a press conference at Parliament House in Canberra, Wednesday, November 9, 2022. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP / MICK TSIKAS/AAPIMAGE

रक्षा मन्त्रि रिचर्ड मार्ल्सले पूर्व अस्ट्रेलियाली रक्षा बल (ए-डी-एफ)का विमान चालकहरूलाई चिनियाँ सैनिकहरूलाई तालिम दिन बोलाइएका दाबीहरूका बारेमा तत्काल समीक्षा गर्न सुरु गरेका छन्।


Published

Updated

By Tina Quinn

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

रक्षा मन्त्रि रिचर्ड मार्ल्सले पूर्व अस्ट्रेलियाली रक्षा बल (ए-डी-एफ)का विमान चालकहरूलाई चिनियाँ सैनिकहरूलाई तालिम दिन बोलाइएका दाबीहरूका बारेमा तत्काल समीक्षा गर्न सुरु गरेका छन्।


चीनमा तनाव बढ्ने क्रममा रहँदा राष्ट्रपति सी जिन्पिङ्गले यो चेतावनी जारी गरेका छन्।

अब हामी व्यापक रूपमा सैन्य सबलीकरण गरेर युद्धका लागि तयार हुन्छौँ।
सी जिन्पिङ्ग

उक्त बयान बाजीले अवस्थालाई थप बढावा दिने सङ्केत गरेको छ।

बुधवार अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सले देशका गोप्य जानकारीहरू माथि सम्झौता भएको हुन सक्ने पुष्टि गरेका छन्।

साथै उनले रक्षा बल लगायत कमनवेल्थसँग आबद्ध रहेका सबैले राष्ट्रिय सुरक्षाका गोप्य विषयहरूलाई गोप्य नै राख्नु पर्ने दायित्व निर्वाह गर्नु पर्ने बताएका छन्।

बेइजिङले सेवा निवृत्त पश्चिमा राष्ट्रका विमान चालकहरूलाई आफ्नो सैन्य तालिममा सहयोग गर्न भर्ती गर्ने प्रयास गरिरहेको रिपोर्टहरू सार्वजनिक भए पछि मन्त्री मार्ल्सको सो भनाइ आएको हो।

पूर्व रक्षा बलका अधिकारी तथा गुप्तचर अधिकारीहरूमा लागु हुने कानुनलाई लिएर अनुसन्धान सुरु गरिएको छ।

पछिल्लो महिना पहिलो पटक यसबारे दाबी आएपछि यो समीक्षा गरिएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

विभागका सचिव ग्रेग मोरीआटीले केही मामिलाहरू माथि अनुसन्धान भइरहेको बताए पनि ठ्याक्क कति सङ्ख्या हो भन्नेबारे खुलाउन चाहेनन्।

"हामी विभिन्न सुरक्षा निकायहरूसँग नजिक रहेर सहकार्य गरिरहेका छौँ र म चाहन्छु कि त्यो सहकार्य र साझा गरिएका जानकारीहरू गोप्य नै रहुन्।"

डेनिस रिचर्डसन विभागका पूर्व सचिव हुन् र उनी पछिल्लो घटनाक्रमलाई लिएर आश्चर्य व्यक्त गर्छन्।

"यस प्रकारको मामिलामा चीनलाई सक्रिय रूपमा सहयोग गर्नु उपयुक्त हुन्छ भनेर पूर्व सैनिकले सोच्लान् भनेर कसैले पनि सोचेको थिएन जस्तो मलाइ लाग्छ।"

साथै मन्त्री मार्ल्सले यदि आवश्यक परेको खण्डमा पूर्व रक्षा सैनिकहरूको सम्बन्धमा हाल रहेको नीति तथा प्रक्रियामा कुनै कमजोरी देखिए एल्बनिजी सरकार अस्ट्रेलियालाई सुरक्षित राख्नका लागि कमजोरी सच्याउन प्रतिबद्ध रहेको बताएका छन्।

विपक्षीले पनि आवश्यकता परे सरकारले ल्याउने कानुनमा समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

छाया रक्षा मन्त्री र पूर्व एस-ए-एस सैनिक एन्ड्रु हेस्टीले एबीसीसँग कुरा गर्दै चीनद्वारा प्रस्ताव गरिएका मध्ये केहीको बारेमा जानकार रहेको बताएका छन्।

"मलाई पूर्व लडाकु विमानका चालकहरूले सम्पर्क गरेका छन् जसमा उनीहरूले पूर्व सहकर्मीहरूलाई पीएलएको तालिमका लागि सहयोग गर्न चीनले सम्पर्क गरेको बताएका छन्।"

प्रधानमन्त्री एन्थनि एल्बनिजी आजिएन, जी-20 र एपेक सम्मेलनहरूमा सहभागी हुन विदेश भ्रमणमा जान केही दिन मात्र बाँकी रहेको छ।

यसै समयमा यी सम्मेलनहरूमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ्गले पनि सहभागिता जनाउने आसा गरिएको छ, र यो अस्ट्रेलियाली प्रधानमन्त्रीसँग छ वर्ष पछिको पहिलो भेट हुनेछ।

"मैले पहिले नै स्पष्ट पारिसकेको छु कि संवाद राम्रो कुरा हो, र यदि सीसँग मेरो भेट तय गरिएको छ भने त्यो सकारात्मक कुरा हो।"

यसै समयमा क्यापिटल हिलमा पनि केही छलफल भएका छन्, जहाँ विपक्षी नेता पिटर डटनले अस्ट्रेलियाका लागि चिनियाँ राजदूतसँग भेट गरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now