Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के आप्रवासी र शरणार्थीहरूले अस्ट्रेलियामा कामदार अभाव सम्बोधन गर्न मद्दत गर्लान त?

bakery worker

अस्ट्रेलियाली तथ्याङ्क विभागको एक पछिल्लो सर्वेक्षणले उक्त सर्वेक्षणमा सहभागी झन्डै एक तिहाइ व्यवसायहरू कामदार पाउन सङ्घर्षरत रहेको देखाएको छ।


Published

Updated

By Sean Wales

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाली तथ्याङ्क विभागको एक पछिल्लो सर्वेक्षणले उक्त सर्वेक्षणमा सहभागी झन्डै एक तिहाइ व्यवसायहरू कामदार पाउन सङ्घर्षरत रहेको देखाएको छ।


महामारी पछि अस्ट्रेलियाको सीमा खुले पनि कामदार पाउन गाह्रो भइरहेको छ, सम्बन्धित क्षेत्रको ज्ञान र अनुभव बोकेका कामदार पाउने कुरा त निकै परको भई हाल्यो।

तर यो समस्याको समाधानका रूपमा आप्रवासी र शरणार्थी कामदारहरूको नियुक्ति हुन सक्ने देखिएको छ।

मेलबर्नमा रहेको ड्यानियल डिक्सको क्याफेमा ग्राहकहरू आउने क्रम बढिरहेको छ।

तर यस बिचमा उनको सफल व्यवसायमा एउटा मात्र अभाव देखिएको छ र त्यो हो उपयुक्त कामदारको।

"बर्सौँ पहिले फेसबुकमा कामको अवसरबारे एउटा विज्ञापन हाल्दा मलाई ७० देखि ८० सम्म प्रतिक्रियाहरू आउँथ्यो, अहिले ५ वटा मात्र आयो भने पनि मेरो अहोभाग्य हो।"

Daniel Dick working in his Melbourne cafe
Daniel Dick working in his Melbourne cafe Source: SBS

यो समस्यामा उनको व्यवसाय एक्लो छैन, यो त महामारी पछि उठ्दै गरेका व्यवसायहरूमा अहिले जताततै व्याप्त छ।

तथ्याङ्क विभागको नयाँ आँकडाले सर्वेक्षण गरिएका मध्ये ३१ प्रतिशत व्यवसायहरूलाई काम सुहाउँदो कामदार भेट्टाउन गाह्रो भएको देखाएको छ।

दुई तिहाइ ठुला व्यवसाय र ६२ प्रतिशत साना व्यवसायहरूमा यो समस्या रहेको छ।

त्यस्तै २९ प्रतिशत साना व्यवसायहरूले उनीहरूले कामदार नपाए उनीहरूको सञ्चालनमा नै असर पर्ने बताएका छन्।

एन्ड्रु म्याक्केलर अस्ट्रेलियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुख कार्यकारी हुन्।

र उनी भन्छन् लगभग पछिल्लो ५० वर्षमा पहिलो पटक यति गाह्रो परिस्थिति देखिएको हो।

"यस्तै किसिमको अवस्थालाई हेर्न हामीले सन् १९७० को मध्ये तिरको तेल जन्य पदार्थमा देखिएको समस्याको समयमा जानु पर्छ, र हाम्रो सर्वेक्षणको परिणामले के देखाएको छ भने पछिल्लो तिन महिनाहरूमा समस्या झन् जटिल बनेको छ।"

तर कार्यक्षेत्रमा अहिलेसम्म प्रयोगमा नल्याइएको एक सम्भावना रहेको छ जसले अहिले देखिएको अभाव पूर्ति गर्न सक्ने कतिपयको भनाइ रहेको छ।

फ्लिनडर्स युनिभर्सिटीले गरेको एक नयाँ अध्ययनले विशेष गरी शरणार्थी महिलाहरूलाई काममा कम प्रयोग गरिएको देखाएको छ।

युनिभर्सिटीकी असोसिएट प्रोफेसर एना जीर्ष भन्छिन्, "शरणार्थी पृष्ठभूमिका महिलाहरूको रोजगारीको दर शरणार्थी पुरुषहरूको तुलनामा निकै तल रहेको छ। साथै अन्य सामान्य जनसङ्ख्याको तुलनामा उनीहरू कम सिपयुक्त, कम पारिश्रमिक भएको र बढी अनिश्चित प्रकृतिका कामहरू गर्ने सम्भावनामा छन्।"

उनी भन्छिन् योग्यता र सिपलाई प्राथमिकता दिइदा महिलाहरूको कार्यक्षेत्रमा उपस्थिति जनाउने अवसरहरूलाई खुम्च्याएको छ।

पुरा रिपोर्ट सुन्नुहोस्: के आप्रवासी र शरणार्थीहरूले अस्ट्रेलियामा कामदार अभाव सम्बोधन गर्न मद्दत गर्लान त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एम्स अस्ट्रेलियाले नव आगन्तुकहरूलाई अर्थपूर्ण रोजगारी भेट्टाउन मदत गर्दछ।

एम्स अस्ट्रेलियाका लरी नवेल आप्रवासी र शरणार्थीहरू यो समस्याको वास्तविक समाधान बन्न सक्ने बताउँछन्।

"उनीहरू विभिन्न सिप अनुभव लिएर अस्ट्रेलिया आएका हुन्छन्। आप्रवासी र शरणार्थीहरूलाई एक पटक अगाडी बढाऔँ किनभने तपाइले उनीहरू अत्यन्त इमानदार र मेहनती भएको पाउनुहुनेछ।"

 रिक्त रहेका स्थान भर्न व्यवसायहरूका लागि समाधान सम्भवतः आँखा अगाडी नै रहेको छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now