Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

दक्षिण एसियाली आप्रवासीले अस्ट्रेलियाली क्रिकेटमा कस्तो परिवर्तन ल्याउँदैछन्?

Launceston Nepali Cricket Club

Launceston Nepali Cricket Club members with Bridgett Archer, Federal Member for Bass in Tasmania. Credit: Provided

अस्ट्रेलियाको पछिल्लो जनगणनाले भारत लगायत अन्य दक्षिण एसियाली मुलुकबाट अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। यस्ता कतिपय आप्रवासीहरूले क्रिकेटका माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउने आशा राखेका छन्। कलर्स अफ क्रिकेटको दोस्रो अङ्कमा अस्ट्रेलियाली क्रिकेटको क्यालेन्डर परिवर्तन गर्न बढ्दो समुदायले कस्तो भूमिका खेल्नेछ भन्ने विषयमा चर्चा गरिएको छ।


Published

Updated

By Abhas Parajuli, Deeju Sivadas, Sahil Makkar, Vatsal Patel

Presented by Preeti Jabbal, Kulasegaram Sanchayan

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको पछिल्लो जनगणनाले भारत लगायत अन्य दक्षिण एसियाली मुलुकबाट अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। यस्ता कतिपय आप्रवासीहरूले क्रिकेटका माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाउने आशा राखेका छन्। कलर्स अफ क्रिकेटको दोस्रो अङ्कमा अस्ट्रेलियाली क्रिकेटको क्यालेन्डर परिवर्तन गर्न बढ्दो समुदायले कस्तो भूमिका खेल्नेछ भन्ने विषयमा चर्चा गरिएको छ।


अस्ट्रेलियाको क्रिकेटको अनुहार परिवर्तन हुँदैछ।

शताब्दीको अन्त्यसम्म युरोपमा जन्मिएका मानिसहरूले अस्ट्रेलियाली क्रिकेटमा प्रतिनिधित्व मात्र नभएर वर्चस्व राख्दथे।

विश्वकप जित्न सफल भारतीय क्रिकेटर कपिल देव ४० वर्ष अघिको आफ्नो अनुभव सुनाउँदै, त्यति बेला अस्ट्रेलियामा जन्मिएका गोरा मानिसहरूको अस्ट्रेलियाली क्रिकेटमा वर्चस्व रहेको सम्झना गर्छन्।

“मलाई याद छ त्यति बेला, अस्ट्रेलियाली क्रिकेटमा आप्रवासी भनेका पास्को मात्र थिए,” उनले टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय खेलाडी लेन पास्कोलाई सम्झँदै कलर्स अफ क्रिकेटलाई भने।

मैले पछिल्ला १०/१५ वर्षमा थुप्रै भारतीय, पाकिस्तानी, श्रीलङ्काली खेलाडीहरू अस्ट्रेलियाका लागि खेलेको देखेको छु, उनीहरू यसमा गर्व गरेको मैलै देखेको छु, यदि तपाईँसँग त्यस देशको पासपोर्ट छ भने तपाईँ त्यस मुलुकका लागि खेल्न सक्नुहुन्छ
कपिल देव, भारतीय क्रिकेटर

गिडियन हे अस्ट्रेलियाका सबैभन्दा सम्मानित र आधिकारिक क्रिकेट पत्रकार र लेखक मध्य एकमा पर्दछन्।

विगत चार दशक देखि क्रिकेटका बारेमा लेखिरहेका हेले कपिल देवको कुरामा समर्थन जनाए।

आफू स्वयं पनि क्लब क्रिकेटरका रूपमा रहेका हाइले वर्तमान समयमा महानगरीय क्रिकेटमा आप्रवासीहरू देखिनु सामान्य जस्तै भइसकेको कलर्स अफ क्रिकेटलाई बताए।

“जब शनिवार र आइतबार खेललाई जीवित राख्ने कुरा आउँछ, प्राय भरपर्दा खेलाडी भनेका तिनै हुन् जो कुनै न कुनै रूपमा क्रिकेट प्रति आफ्नो अति रुचि प्रस्तुत गर्दछन्,” दक्षिण एसियाली क्लब क्रिकेटरहरूलाई उल्लेख गदै उनले भने।

“यो (क्रिकेट) अस्ट्रेलियाली समाजमा घुलमिल हुनका लागि एउटा उपाय पनि हो, त्यो भएर पनि सम्भवतः उनीहरूलाई कम आङ्कलन गरिन्छ,” उनले भने।

दक्षिण एसियाली धेरै मानिसहरूका लागि अस्ट्रेलियासँग जोडिने एक उत्तम माध्यम मध्य क्रिकेट पर्दछ।

नयाँ आप्रवासीहरूले क्रिकेट मैदानमा नयाँ साथीभाइ र आफन्तहरू भेट्दछन्।

वैभव देशपाण्डे भिक्टोरियामा रहेको एक क्रिकेट क्लबका क्याप्टेन हुन्।

उनी आफू पहीलोपटक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया आउँदा, परिवार साथमा नभएको स्मरण गर्छन्।

सेन्ट लुइस क्रिकेटमा आबद्ध भएपछि त्यहाँका अर्का सदस्यले आफूलाई क्रिसमस लन्चका लागि बोलाएको कुरा उनले कलर्स अफ क्रिकेटलाई बताए।

त्यो एक शानदार अभिव्यक्ति थियो।
वैभव देशपाण्डे

कलर्स अफ क्रिकेटको दोस्रो एपिसोड सुन्नुहोस्।

यदि तपाईँले पहिलो भाग सुन्न छुटाउनु भएको छ भने, अस्ट्रेलियाली राष्ट्रिय क्रिकेटमा दक्षिण एसियाली खेलाडीहरूको कम प्रतिनिधित्व भएका विषयमा चर्चा गरिएको छ, पहिलो एपिसोड सुन्न शृङ्खलाको सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now