Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"वर्कप्लेस वेल्बीइङ्ग असेसमेन्ट टुल"ले तपाईँलाई कसरी मद्दत गर्छ त?

WWAT

The government has announced it will legislate changes to make it easier for nearly a million casual employees to become permanent. Source: Moment RF / Nitat Termmee/Getty Images

रोजगारदाताहरूलाई स्वस्थ मानसिक कार्यस्थल बनाउन गर्न सेफवर्क्स न्यु साउथ वेल्सले मद्दत गर्ने गरेको छ।


Published

Updated

By Dinita Rishal

Source: SBS




Share this with family and friends


रोजगारदाताहरूलाई स्वस्थ मानसिक कार्यस्थल बनाउन गर्न सेफवर्क्स न्यु साउथ वेल्सले मद्दत गर्ने गरेको छ।


वर्कप्लेस वेल्बीइङ्ग असेसमेन्ट टुल (Workplace Wellbeing Assessment tool - WWAT) यही उद्देश्यका साथ निर्माण गरिएको एक डिजिटल उपकरण हो।

निर्मला पिमेन्टा, यस अन्तर्गत न्यु साउथ वेल्स सरकारको मेन्टली हेल्दी वर्कप्लेसेस कार्यक्रमकी वरिष्ठ परियोजना अधिकारी हुन्।

"यो एक निःशुल्क अनलाइन सर्वेक्षण हो, जसमा कर्मचारीहरूले दिएका जवाफ अनुसार रोजगारदाताले कार्यस्थलको अवस्था सुधार्न आवश्यक कदम चाल्न सक्छन्," उनले एसबीएस नेपालीलाई बताइन्।

Nirmala Pimenta.jpeg
Nirmala Pimenta is the Senior Project Officer for SafeWork NSW’s Mentally Healthy Workplaces strategy. Credit: Supplied

यस डिजिटल उपकरणलाई ६ जना या त्यसभन्दा बढी कर्मचारी भएका न्यु साउथ वेल्सका कार्यस्थलहरूमा प्रयोग गर्न सकिन्छ।

यस सर्वेक्षणमा चार प्रमुख विषयहरू समावेश हुन्छन् - परिवर्तन कसरी गर्ने, सकारात्मक वातावरणको विकास, मानसिक रूपमा स्वस्थ कार्यस्थल बारे चेतना, र आवश्यक परेमा मद्दत लिने तरिका।

आजको डिजिटल युगमा, कामको व्यस्तता र आफ्ना व्यक्तिगत जिम्मेवारीहरू माझ, हामीले आफ्नो र आफ्ना कर्मचारीका मानसिक स्वास्थ्यको बारेमा बिर्सिरहेका हुन सक्छौँ।

पिमेन्टा भन्छिन् कि, मानसिक रूपमा स्वस्थ कार्यस्थलको अर्थ, रोजगारदाताले आफ्ना कर्मचारीका समस्याहरू समाधान गरिदिनु होइन, तर आफ्ना कर्मचारीहरूका लागि एक सकारात्मक वातावरण विकास गर्नु हो।

अस्ट्रेलियाली कार्यस्थलहरूमा कर्मचारीका लागि मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध हुन्छन्। तर थुप्रै आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई ती सेवाका बारेमा थाहा नहुन सक्छ।

त्यस्तै, अङ्ग्रेजी आफ्नो पहिलो भाषा नहुनु पनि कतिलाई एक बाधा हुन सक्छ।

"यस्तो खण्डमा यी सेवाहरूको बारेमा ती कर्मचारीहरूलाई जानकारी प्रदान गर्नु रोजगारदाताको दायित्व हुन्छ," पिमेन्टाले बताइन्।

समस्याको समाधान खोज्नु भन्दा पनि, कुनै पनि विषयको बारेमा खुलेर कुरा गर्नु सबैभन्दा महत्त्वपूर्ण पहिलो कदम हो।

वर्कप्लेस वेल्बीइङ्ग असेसमेन्ट टुलको बारेमा थप जानकारीका लागि न्यु साउथ वेल्स सरकारको वेबसाइटमा जानुहोस्।

यदि तपाईँ वा तपाईँले चिन्ने कोही व्यक्ति मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - लाइफलाइन (Lifeline) १३ ११ १४, सुसाइड कल ब्याक सर्भिस (Suicide Call Back Service) १३०० ६५९ ४६७ र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि किड्स हेल्पलाइन (Kids Helpline) १८०० ५५ १८०० उपलब्ध छ।

थप जानकारीका लागि बियन्ड ब्लु (BeyondBlue.org.au) लाई पनि सम्पर्क गर्न सक्नुहुनेछ भने इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ Embrace Multicultural Mental Health ले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now