कोरोना सङ्कट पछि सर्वाधिक कामदार माग भएका क्षेत्रहरू

कोरोना सङ्कट पछि तङ्ग्रिँदै गरेको अस्ट्रेलियाली अर्थतन्त्रमा रोजगारीका अवसरहरू बिस्तारै फिर्न लागेको देखिएको छ।

A ship is docket at the Port Botany Freight terminal

A ship is docket at the Port Botany Freight terminal Source: AAP

कोभिड-१९ महामारी पश्चात् सङ्क्रमणलाई अङ्कुश लगाउन चालिएको सामाजिक एवं भौतिक दुरी सम्बन्धी नियमका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्‍यो।

सरकारले चालेका रोकथाम र नियन्त्रणका कदमहरू बिस्तारै सहजीकरण तर्फ ढल्कँदै गर्दा भने सुस्त गतिमा नै भए पनि रोजगारीका अवसरहरू सृजना हुँदै गरेको देखिन आएको हो।

यसै क्रममा मालसामान ढुवानीको क्षेत्र लगायत बाल स्याहार तथा खुद्रा व्यापारमा देखा परेको रोजगारीका अवसरहरूमा पदपूर्ति गर्न सरोकारवालाहरूलाई हम्मे-हम्मे नै परेको बताइएको छ।

Retail Clothes Shop
Source: Pexels/Artem Beliaikin

नेशनल स्किल्स कमिसनद्वारा सार्वजनिक गरिएको एक पछिल्लो सर्वेक्षणको नतिजालाई आधार मान्ने हो भने अहिले अस्ट्रेलियामा सबैभन्दा ज्यादा माग भएको पदमा ट्रक ड्राइभर र बाल स्याहारकर्ता परेका छन्।

त्यसै गरी मोटर मेकानिक, कार्यालय प्रबन्धकहरू र खुद्रा पसलमा बिक्री सहायकका रूपमा काम गर्ने मानिसहरूको खाँचो सबैभन्दा बढी रहेको पाइएको छ।

करिब २,४०० को हाराहारीमा रहेका रोजगारदाताहरूले ११ मेदेखि ५ जुनसम्मको अवधिमा गरिएको उक्त सर्वेक्षणमामा भाग लिएका थिए जस मध्ये २६ प्रतिशतले रिक्त रहेका पदपूर्ति गर्न समस्या रहेको उल्लेख गरेका थिए।

Early education
조기 무상 교육 확대의 학습적 효과는...? Source: AAP

रोजागारदाताहरुका लागि ती रिक्त रहेका पद पूर्ति गर्न सबैभन्दा बढी चुनौतीमा आवेदन सङ्ख्या कम हुनु र भएका आवेदकसँग पनि अनुभवको कमी रहनु बताइएको छ।

अर्थतन्त्र सही दिशा तर्फ उन्मुख हुँदै गर्दा स्वास्थ्य, सामाजिक सहायता, यातायात, उत्पादन तथा खुद्रा व्यापार व्यवसायहरूमा लगभग २,००० जति पदहरू रिक्त रहेको उक्त सर्वेक्षणले देखाएको थियो जसका लागि सर्वाधिक खोजी गरिएको सिपमा गाडी तथा अन्य यान्त्रिक वस्तु चलाउन जान्ने र राम्ररी ग्राहकहरूलाई सेवा दिन सक्ने थिए।

त्यसै गरी, रोजगारदाताहरूले पदपूर्तिका क्रममा आवेदकहरूमा खोजी गरेको विशेषताहरूमा विश्वसनीयता, नैतिकता र राम्ररी कुराकानी गर्न सक्ने हुनुपर्ने बताएका थिए।

सङ्घीय रोजगार मन्त्री मिकेला क्याश भन्छिन् कि प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा थप अवसरहरू देखा पर्दै जानेछन्।

Australian Jobs Minister Michaelia Cash Source: AAP
Minister for Employment Michaelia Cash says Australia is on the right path to economic recovery. Source: AAP

थप जानकारीका लागि यहाँ जानुहोस्

Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now