Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हिम्मत नहार्ने दोस्रो पुस्ता: कसरी नेपाली समुदायका अभिभावकहरू आफ्ना सन्तान मार्फत फुटबल सपना पुरा गर्दै छन्?

Anshu Ale is a under 16 Premier league player from Nepali heritage..jpg

Anshu Ale is a under 16 Premier league player from Nepali heritage. Credit: Joshua Springfield

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भागमा यहाँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिका र किशोर किशोरीहरूले कसरी फुटबलमा व्यावसायिक बन्नका लागि यात्रा तय गरिरहेका छन् भनेर चर्चा गरिएको छ।


Published

Updated

By Krishna Pokhrel, Sameer Ghimire, Shikha Basnet Khadka

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भागमा यहाँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिका र किशोर किशोरीहरूले कसरी फुटबलमा व्यावसायिक बन्नका लागि यात्रा तय गरिरहेका छन् भनेर चर्चा गरिएको छ।


विद्यालयस्तरदेखि नै आफूलाई अब्बल खेलाडीका रूपमा चिनाउँदै आएका क्वीन्सल्यान्डका अंशु आले भर्खरै १६ वर्ष पुगे।

सानै हुँदा नेपालबाट बाबु आमासँग आएका अंशुले फुटबलमा गरेको प्रगति सबैका लागि प्रेरणादायी छ।

अस्ट्रेलियाको जुनीयर प्रिमीयर लिगका विभिन्न खेलमा प्रतिनिधित्व जनाएपछि स्पेनी क्लब ला लिगामा समेत उनले तालिमको अवसर पाएका छन्।

पढाइमा पनि उत्तिकै अब्बल अंशुले पढाइसँगै फुटबललाई पनि अगाडी लिएर जाने योजना सुनाए।

“मेरो नम्बर एक गोल प्रोफेसनल फुटबल खेल्ने हो, तर एज लङ्ग एज आइ क्यान आई विल ट्राई टु अचिभ छ्याट,” अंशुले भने।

अंशुका बुवा जित आले क्वीन्सल्यान्डको स्थानीय क्लबमा राम्रो प्रदर्शन गर्न थालेपछि लिग खेल्ने क्लबमा समेत छोरा छानिएको स्मरण गर्छन्।

“उसले राम्रो खेल्दै गयो, अनि प्राइभेट ट्रेनिङ पनि दिन थाल्यौ, पढाइमा लगानी गरेको जस्तै त हो, आफ्नो छोराका लागि त्यति त गर्नै पर्‍यो नि,” जित आले भन्छन्।

तेह्र वर्ष पुगेपछि अंशुले लगातार जुनीयर प्रिमीयर लिगका खेलहरू खेल्दै आएका छन्।

यता मेलबर्नकी जमुना रिजाल पनि आफ्नो सन्तानको इच्छा पुरा गर्न हरेक साता फुटबलको तालिमका लागि लिएर जाने गरेकी छन्।

आफ्नो ११ महिनाको सानो सन्तान लिएर छोरा छोरीको तालिमका लागि जाने जमुना, हरेक समस्याको समाधान हुने बताउँछिन्।

“बच्चाका लागि प्यारेन्ट्स आफै एक्टीभ हुनु पर्छ, आफै त्यसै, यो गरेन, त्यो गरेन भनेर हुँदैन,” उनले भनिन्।

यता रोयल फुटबल क्लबसँग आबद्ध असीम खड्का पनि आफ्नी ६ बर्सिया छोरी र उनीहरूकै उमेरका अन्य बालबालिकालाई प्रशिक्षण दिन्छन्।

फुटबलमा आफ्नो पनि लगाव रहेकाले छोरीसँगै उनकै उमेरकाहरूलाई तालिम दिने गरेको उनी बताउँछन्।

“सबैको पढाई, काम अनि फ्यामिली कमिटमेन्ट्सहरु छ, तर २०/२५ जनाको टोली छ, हामी कम्तीमा हप्तामा एक दिन वा दुई दिन भेटेर फुटबल खेल्ने कोसिस गर्छौ।” खड्काले भने।

अभिभावकको प्रेरणा र सहयोगका कारण अस्ट्रेलियामा जुनियर प्रिमीयर खेलिरहेका अंशु आलेसँगै उनका प्रेरणादायी बुवा जित आले र आफ्ना दुई सन्तानलाई फुटबल प्रशिक्षणका लागि हरेक साता समय निकाल्ने मेलबर्नकी जमुना रिजालसँगको कुराकानी पनि यस भागमा प्रस्तुत गरिएको छ।

सँगै ६ वर्ष मुनीका बालबालिकालाई प्रशिक्षण दिँदै आएका असीम खड्कासँगको कुराकानी पनि पोडकास्टको दोस्रो भागमा सुन्नेछौ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोडकास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्टको पहिलो भाग सुन्न यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now