मुख्य बुँदा
- 'हार्ड वेस्ट' पनि भनिने घरायसी सामाग्रीहरूको व्यवस्थापनका लागि अस्ट्रेलियामा विभिन्न सेवा उपलब्ध छन्।
- आफू बसेको क्षेत्रको काउन्सिलले यस्ता समाग्रीहरु फयाक्नका लागि जानकारी उपलब्ध गराउँछ।
- फ्यालिएका ठुला सामानहरू डम्पिङ्ग साइटमा जाने भएकाले, सम्भव भएसम्म मर्मत गर्ने, बेच्ने वा आवश्यक परेकालाई दिने कोसिस गर्नु पर्दछ।
घर सर्दा होस् या नयाँ समान खरिद गरेर पुरानालाई फ्याल्दा होस्, ठुला र गहुंङ्गा समानहरूलाई अस्ट्रेलियामा 'हार्ड वेस्ट' भनिन्छ।
तर यस्ता समान जहिले र जहाँ पनि फ्याँक्न वा छाड्न नमिल्ने भएकाले सुरक्षित र जिम्मेवारी ढङ्गले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ।
अस्ट्रेलियाका अधिकांस काउन्सिलहरूले यस्ता 'हार्ड वेस्ट'हरूको व्यवस्थापनका लागि निःशुल्क सेवा दिने गर्दछन्।
पछिल्लो एक तथ्याङ्कले अस्ट्रेलिया फोहर उत्पन्न गर्ने मामिलामा निकै अगाडी भएको देखाउँदै गर्दा, यस्ता फोहोरले वातावरणमा पार्ने प्रभावका बारेमा सोच्नु निकै महत्वपूर्ण छ।
अलेहान्द्रा ल्याकलेट, प्लानेट आर्क नामक फोहर व्यवस्थापन र रिसाइक्लिङ्ग गर्ने अस्ट्रेलियाली गैर नाफामूलक संस्थामा क्याम्पिनिङ्ग म्यानेजरका रूपमा कार्यरत छिन्।
उनका अनुसार फर्निचरहरु रिसाइकल गर्न नमिल्ने वस्तु भित्र पर्दछन् किनकि यसको निर्माण विभिन्न सामाग्रीहरूबाट भएको हुन्छ।
कुनै फर्निचरहरू उचित तवरबाट रिसाईकल नै गर्न नमिल्ने हुन्छन्, या यसका लागि खर्च लाग्ने हुन्छअलेहान्द्रा ल्याकलेट क्याम्पिनिङ्ग म्यानेजर
यस्ता किसिमका फोहरको सङ्कलनका लागि अस्ट्रेलियामा दुई तरिकाका सेवा छन्– क्षेत्र अनुसारको सेवा र बुकिङ सेवा।
सिड्नीको ब्ल्याकटाउन सिटी काउन्सिल लगायतका केही काउन्सिलहरूले भने 'हार्ड वेस्ट' का लागि बुकिङ सेवा दिने गर्दछ।
काउन्सिलमा फोहर व्यवस्थापनका लागि प्रोजेक्ट अफिसर मारिया होन्ड्रोजियानीस ग्राहकहरूले बुकीङ्गका लागि फोन वा अनलाइनमा जान सक्ने बताउँछन्।
बुकिङ्ग पछि हामीले सङ्कलनका लागि समय दिन्छौ,” उनले भनिन्।
तर बुकीङ्ग मार्फत होस् या नियमित सङ्कलनका क्रममा बासिन्दाहरूले फोहरको मात्रा, प्रकार र फ्याँक्ने तरिकाका नियमहरू भने पालना गर्नु पर्दछ।

'हार्ड वेस्ट'का नियम
सबैभन्दा महत्त्वपूर्ण नियम भनेको चाहिँ फोहर सङ्कलन हुने एक दिन अघि मात्र सामान बाहिर निकाल्ने हो।
यो चाहिँ, अनावश्यक वा अनाधीकृत रूपमा मानिसहरूले फोहर ल्याएर नथपिदिउन भन्नका लागि हो,” होन्ड्रोजियानीस भन्छिन्।
नियमहरू पालना नभएको खण्डमा काउन्सिलले ठुलो जरिवाना गर्न सक्छ।
काउन्सिल पिच्छे के फ्याल्न पाउने वा नपाउने भन्ने बारेमा पनि फरक नियमहरू हुन्छन्।
मेलर्वन स्थित मेरी-बेक सिटी काउन्सिलर मार्क रिले 'हार्ड वेस्ट' भनेर चिनिने वस्तुहरू के-के हुन भनेर जान्न सजिलो रहेको बताउँछन्।।
जस्तै कि
- घरायसी फर्निचर, म्याट्रेस वा म्याट्रेसको बेस
- वासिङ्ग मेसिन, डिस वासर, फ्रिज वा फ्रिजर
- कार्पेटहरू
- धातुबाट बनेका सामग्री, काठ वा सिसा
तर हार्ड वेस्टका रूपमा तेल, टायर, पोलिस्ट्रीन र निर्माण समाग्रीहरु चाहिँ फ्याँक्न पाइदैन्।

घर पुनर्निर्माण गर्दै हुनुहुन्छ र निर्माण समाग्रीहरु फ्याल्नु पर्ने भए चाहिँ व्यवसायीक फोहर सङ्कलन गर्ने सेवा मार्फत गर्नुपर्छकाउन्सिलर मार्क रिले
यता सस्टेनेबिलिटी भिक्टोरियाका प्रमुख म्याट गेनेभर इ-वेस्ट भनिने ब्याट्री, टिभी, हेयर ड्रायर जस्ता समान पनि ल्यान्डफिल्डमा नजाने र यसका लागि छुट्टै व्यवस्था गर्नु पर्ने बताउँछन्।
पुन: प्रयोग गर्न मिल्ने इ-वेस्टका लागि काउन्सिलमा रहेका सङ्कलन केन्द्रहरू गतिलो गन्तव्य हुने उनको भनाई छ।
"ब्याट्री, मोबाइल फोन जस्ता सामाग्रीका लागि अस्ट्रेलियाभर हजारौँ सङ्कलन केन्द्रहरू छन्,” उनले भने।
रङ्गहरूको व्यवस्थापनका लागि भने पेन्टव्याक सेवा मार्फत व्यवस्थापन गर्न सकिन्छ।
यसै गरी हानिकारक रसायनहरूलाई पनि हार्ड वेस्टका रूपमा राखिनु हुँदैन, यस्ता बस्तु वा पदार्थको सङ्कलनका लागि राज्य र प्रदेशहरूले निःशुल्क कार्यक्रमहरू सञ्चालन गर्दछन्।

कसैको फोहर कसैका लागि उपहार
केही काउन्सिलहरूले भने फोहर कम गर्नका लागि पुन: प्रयोग गर्न मिल्ने सामाग्री, प्रयोगका लागि सुरक्षित भएको खण्डमा आवश्यकता भएका मानिसहरूलाई दिन प्रोत्साहन गर्ने गर्दछन्।
मेरी-बेक काउन्सिलले पनि बासिन्दाहरूलाई अनावश्यक समाग्रीहरुलाई दोस्रो जीवन दिनका लागि प्रोत्साहन गरेको छ।
तर विशेष गरी इलेक्ट्रिकल समाग्रीहरु प्रयोगका सुरक्षित छन् की छैनन् भनेर जाँच्नु भने निकै आवश्यक हुन्छकाउन्सिलर रिले
यसै गरी कतिपय अनलाइन समूहहरूले पनि यस्ता सामाग्रीहरूको फोटो राखेको खण्डमा आएर लिएर जाने गरेका छन्।
प्लानेट आर्ककी अलेहान्द्रा ल्याकलेट पनि प्रयोग विहीन बनेका यस्ता सामाग्रीहरू फोहरका रूपमा नजाउन भन्नका लागि बेच्न, निःशुल्क लैजान वा विभिन्न च्यारीटीहरुलाई दानमा दिन सकिने बताउँछिन्।
“तर एउटा कुरा भने विचार गर्नु पर्छ, आफूले दानमा दिइएका यस्ता सामाग्री पुन: प्रयोग गर्न मिल्ने भने हुनुपर्छ, नत्र यसले च्यारिटि संस्थाहरुको समय र पैसाको खर्च मात्र गर्छ,” उनले भनिन्।

काउन्सिलसँगै प्लानेट आर्कले पनि आफ्नो वेबसाइटमा हार्ड वेस्टलाई व्यवस्थापन गर्न विभिन्न जानकारीहरू राखेको छ।
थप जानकारीका लागि
- आफ्नो काउन्सिलको वेबसाइटमा गई, फोहरको व्यवस्थापन र केमिकल जन्य फोहरका बारेमा जानकारी लिन सकिन्छ।
- केही राज्य र प्रदेशले जोखिमयुक्त फोहरहहरुको व्यवस्थापनका लागि राखिएका डिपोटहरुका बारेमा जानकारी राखेका हुन्छन्। न्यु साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र एसीटीले आफ्नो वेबसाइटमा जानकारी राखेका छन्।
- विभिन्न खाले रङ्ग र तीनका बट्टाहरूका सही स्थानमा छोड्नका लागि पेन्टव्याकद्धारा सञ्चालित सङ्कलन केन्द्रहरूका बारेमा जान्न यहाँ जानुहोस्।
आफ्ना फोहरहरूको सही र जिम्मेवारी ढङ्गले व्यवस्थापन गर्न यहाँ जानुहोस्।




