Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा माछा मार्ने र डुङ्गा चलाउने लाइसेन्स कसरी लिने ?

How to get boating and fishing licences in Australia

अस्ट्रेलियामा डुङ्गा चलाउने र माछा मार्ने हो भने यसका लागी अनुमति पत्र लिनु पर्ने हुन्छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा डुङ्गा चलाउने र माछा मार्ने हो भने यसका लागी अनुमति पत्र लिनु पर्ने हुन्छ।


समुन्द्रले घेरिएको देश, फोटो खिचौँ खिचौँ लाग्ने ताल तथा समुन्द्री तटीय क्षेत्रहरू र यी सबै कारणले अस्ट्रेलियाको सबैभन्दा लोकप्रिय खालि समयमा गर्ने काम भनेको डुङ्गा चलाउने र माछा मार्ने हो भन्दा अचम्म नलाग्ला।

तर पनि यस्तो रमाइलो गर्नेहरूले आफ्नो जिम्मेवारी र आधारभूत नियम र कानुनलाई पनि मान्नु पर्छ।

Fishing - Pixabay
Source: Pixabay

सबैको सुरक्षाका लागी पनि यसरी डुङ्गा चलाउने र माछा मार्ने क्रियाकलापलाई पनि नजिक बाट नियाल्नु जरुरी छ।

डुङ्गा चलाउने लाइसेन्स 

इन्जिन भएको डुङ्गा पाउन खासै गाह्रो हुँदैन र यसले धेरै रमाइला सिर्जनात्मक क्रियाकलाप गर्ने बाटो पनि खोल्छ। र डुङ्गा चलाउन धेरै गाह्रो पनि हुँदैन।

डुङ्गा चलाउने तालिम पुरा गरे पछि यसका लागी चाहिने आवश्यक जानकारी प्राप्त हुन्छ र साथै यसले गर्दा कानुनी रूपमा निर्धक्क भएर डुङ्गा हुइंक्याउन आत्मविश्वास पनि आउँछ।

त्यति मात्र होइन तालिम लिइसकेका व्यक्तिहरूले डुङ्गा चलाउँदा पानीमा हुने दुर्घटनाहरूमा पनि कमी आउँछ।

boat
Source: AAP

अस्ट्रेलियाको बोटिङ्ग कलेजका एडम स्मिथले धेरै पहिलो पटक डुङ्गा चलाउन लागेका चालकहरूलाई कसरी सुरक्षित तवरले पानीमा रमाइलो गर्ने भनेर सिकाइ सकेका छन्।

न्यु साउथ वेल्समा डुङ्गा चलाउने अनुमति पत्र लिन दुई वटा प्रक्रिया रहेका छन्।

यसको सुरुवात केही घण्टा व्यवहारिक रूपमा नै पानीमा डुङ्गा चलाएर तालिम लिनेबाट हुन्छ।

एडम स्मिथ भन्छन् डुङ्गाको अनुमति पत्र लिन चाहिने आवश्यक कुराहरू हरेक राज्य र टेरिटोरीमा छुट्टा छुट्टै हुन्छ।

त्यसैले न्यु साउथ वेल्समा आवश्यक भनिएको कुरा अन्य राज्यहरूमा आवश्यक नहुन सक्छ वा अन्य कुनै प्रक्रिया पुरा गर्नु पर्ने हुन सक्छ।

"न्यु साउथ वेल्समा व्यावहारिक अभ्यास र सैद्धान्तिक तालिम हुन्छ, क्विन्सल्याण्ड र पश्चिम अस्ट्रेलियामा पनि त्यस्तै छ।भिक्टोरिया, दक्षिण अस्ट्रेलिया र टास्मनियामा भने मलाई लाग्छ सैद्धान्तिक परीक्षा मात्र आवश्यक छ तर वास्तविक अभ्यासले सबै कुरा बुझ्न र गर्न सजिलो पार्ने मैले पाएको छु।"

water safety
Source: SBS

डुङ्गा चलाउन मन लाग्नेहरू मध्येका एक हुन् टारेक। उनको परिवार लेबनानबाट आएका हुन्। र उनलाई पानीमा जाँदा सबै कुरा सही तरिकाले गरेको सुनिश्चित गर्न चाहन्छन्।

गर्मीको समयमा कहिले काहीँ डुङ्गा चलाउने इच्छा हुँदा यस्तो गर्दाका सुरक्षाका बारेमा राम्रो सँग बुझ्नका लागी तालिम लिन लागेको उनको भनाइ छ।

त्यस्तै पानीमा आफ्नो पहिलो अभ्यास गरेर फर्किएका मसुदीलाई त्यो अनुभव अत्यन्त राम्रो लाग्यो।

मसुदीको परिवार सोमालिया बाट आएको हो। उनी भन्छन् उनका धेरै आफन्तहरू माछा मार्न जान्छन् तर उनलाई भने जेट स्की चलाउन मन लागेको छ।

"मलाई जेट स्की चलाउन पनि अनुमति पत्र चाहिन्छ भन्ने थाहा थिएन र आज नैमैले त्यो कुरा थाहा पाए। एक दिनको पाठ्यक्रम हो, सामान्य कुराहरू सोचेर गर्ने र केही नियमहरू त्यस्तो धेरै केही छैन। डराउनु पर्दैन।"

केही साना इन्जिनहरूले चल्ने डुङ्गाहरू पनि हुन्छन् जसको लागी अनुमति पत्र प्राप्त गरी राख्नु पर्दैन, तर त्यस्ता डुङ्गाहरू प्रतिघन्टा १८.५ किलोमिटर भन्दा तीव्र गतिमा चलाउन पाइँदैन।

माछा मार्ने लाइसेन्स

त्यस्ता साना डुङ्गाहरू चलाउन अनुमति पत्र नचाहिने भए पनि माछा मार्नलाई भने अनुमति लिएको हुनै पर्दछ।

माछा मार्ने कक्षा सञ्चालन गर्ने टड योङ्गले १८ वर्ष भन्दा माथिका सबैले माछा मार्ने अनुमति लिनै पर्ने बताउँछन्।

Man fishing
Source: Getty Images

"प्राइमरी इन्डस्ट्रीज विभागको वेबसाइटमा गएर अनुमति किन्न सकिन्छ। साप्ताहिक लाइसेन्सको लागी ७ डलर ५० सेन्ट र मलाई लाग्छ एक महिनाको १२ डलर त्यस्तै ३५ डलर एक वर्षको लागी र तिन वर्षको लागी ७५ वा ८० डलर पर्छ।"

कत्रो माछा समात्न पाइन्छ भनेर दैनिक रूपमा एक मापदण्ड निर्धारण गरिन्छ र केही स्थानहरूमा माछा मार्न पाइँदैन।

टड योङ्ग भन्छन् स्थानीय माछा मार्ने नियमहरूबारे जानकारी राख्न धेरै महत्त्वपूर्ण हुन्छ।

अस्ट्रेलियाका सामुन्द्रिक तटहरूमा धेरै माछा मार्न मिल्ने ठाउँहरू हुन्छन् तर त्यसमा जोखिम पनि उच्च हुने भएका कारण पानीको अवस्था हेरेर मात्र निर्णय गर्न सुझाउँछन्।

Rock fishing
Rock fishing Source: TheOtherKev/Pixabay

साथै माछा मार्न प्रयोग हुने सामाग्रीहरू जथाभाबी फ्याल्दा यसले धेरै वन्यजन्तुहरू घाइते हुने र ज्यान गुमाउने भएकाले टड योङ्ग आफूले रमाइलोको लागी गरेको कार्यले गर्दा अर्को पुस्तालाई असर नपुर्‍याउने बारे सचेत हुनु पर्ने पनि बताउँछन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now