Key Points
- मुसाहरू सामान्यतया जाडो महिनामा देखिने भए पनि धमिरा चाहिँ वर्षै भरि सक्रिय हुन सक्छ।
- घर सफा राख्ने, कीटहरूको लागि अनुकूल अवस्था र प्रवेश बिन्दुहरू हटाउने आदि यसको प्रकोप रोकथामका केही सरल उपायहरू हुन्।
- स्थानीय पसल तथा सुपर मार्केटमा राखिएको किटनाशक औषधि प्रयोग गर्ने वा पेशेवर व्यक्तिलाई मात्र त्यस्तो केमिकल प्रयोग गर्न लगाउनु पर्छ।
अस्ट्रेलियामा धेरै जस्तो कीटहरू न्यानो मौसममा बढी देखिन्छन्, विशेष गरि गर्मी याममा।
यसको कारण भनेको तिनीहरूलाई न्यानोपन र आर्द्रता मन पर्छ र यी अवस्थाले तिनीहरूको जीवन चक्र चलाउन मदत गर्छ।
तर यदि तपाईँ जाडो महिनाको कुनै रात लामखुट्टेले टोक्यो कि क्या हो भन्ने सोचेर बिउँझिनु भयो भने तपाईँ गलत नहुने सम्भावना हुन्छ।
किरा फट्याङ्ग्रा र तिनले दिने दु:ख
क्यामरन वेब, एक मेडिकल कीट विज्ञ वा एन्टेमोलोजिस्ट र न्यु साउथ वेल्स हेल्थ प्याथोलोजी र युनिभर्सिटी अफ सिड्नीका असोसिएट प्रोफेसर हुन्।
र उनी भन्छन् की लामखुट्टेका केही प्रजाति वर्ष भरि नै सक्रिय हुन्छन्।
"हामीसँग अस्ट्रेलियाभरि लगभग विभिन्न ३०० प्रकारका लामखुट्टेहरू छन्, र तिनीहरूमध्ये केही वर्षको चिसो महिनाहरूमा हराउँछन् तर त्यहाँ अन्य पनि छन् जुन निकै सक्रिय रहन्छन्।"
लामखुट्टे चिसो महिनामा पनि घर भित्र आउँछन्, तर यो मौसममा लामखुट्टेबाट सर्ने भाइरसको जोखिम भने कम हुन्छ।
र वेब भन्छन् जाडो महिनाका लामखुट्टेहरू स्वास्थ्य जोखिम भन्दा पनि असुविधा वा चिढाउने किसिमका मात्र हुन्छन्।

तर यो साङ्लाको हकमा लागू हुँदैन किनभने यसले खाना र सतहहरूलाई दुषित पार्छ।
जाडो याममा पनि न्यानो र आर्द्र वातावरणमा रमाउने र यसको फाइदा उठाउने किरामा साङ्ला पनि पर्छ।
डा वेब भन्छन् घरमा यस्ता कीराहरूलाई प्रश्रय मिल्ने अवसर नदिँदा धेरै रोगहरू सर्नबाट रोक्न सकिन्छ।
जस्तै साङ्ला जम्मा भएका फोहोर र अन्य फालिएका वस्तुहरू खाएर बाँच्छन्, लामखुट्टेको लागि घर बाहिर र वरपर पानी जम्मा हुँदा अनुकूल वातावरण मिल्छ।
डेभिड गे ३० वर्षदेखि किराहरूको रोकथाम गर्ने उद्योगमा संलग्न रहेका छन्।
उनी भन्छन् आवासीय र व्यापारिक प्रयोजनका लागि बनाइएको आवासमा वर्षैभरि लगातार देखिने कीराहरू मध्ये उडुस पनि पर्छ।
धेरै जस्तो अवस्थामा यिनीहरूले थाहै नपाइ तपाईँको घर भित्र प्रवेश पाएका हुन्छन्, यात्राबाट, अन्य स्थानमा बास बस्दा वा कुनै पाहुना मार्फत।
र यिनीहरूलाई सजिलै पत्ता लगाउन नसकिने भएकोले एक पटक घरमा प्रवेश पाएपछि प्रकोप नै निम्तिन सक्छ।

धेरै जस्तो अवस्थामा यिनीहरूले थाहै नपाइ तपाईँको घर भित्र प्रवेश पाएका हुन्छन्, यात्राबाट, अन्य स्थानमा बास बस्दा वा कुनै पाहुना मार्फत।
र यिनीहरूलाई सजिलै पत्ता लगाउन नसकिने भएकोले एक पटक घरमा प्रवेश पाएपछि प्रकोप नै निम्तिन सक्छ।
जाडो मौसममा मुसाको उपद्रव
अस्ट्रेलियाको विविध जलवायु अवस्थाहरू र यसका राज्य तथा प्रदेशहरूमा पाइने कीटहरूको विविधता एक अर्कासँग मेल खान्छन्। उत्तर तिरका ट्रपिकल क्षेत्रमा न्यानो मौसम हुने भएकोले किराहरूको समस्या पनि वर्ष भरि नै रहने पाइन्छ।
तर यसको विपरीत, मुसाहरू चाहिँ देशका अलि चिसो भागहरूमा देखिन्छन्। उनीहरू चिसो भएपछि घर भित्र आउँछन् र त्यहाँ आफ्नो गतिविधि बढाउँछन्।
गे बुझाउँछन्, दक्षिणी राज्यहरू जस्तै भिक्टोरिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र न्यु साउथ वेल्सका केही भागमा जाडो मौसममा मुसाको समस्या देखिन्छ किनभने गर्मी याममा तिनीहरू प्राय घर बाहिर नै रमाउँछन्।
'पेस्ट कन्ट्रोल'को प्रयोग
तपाईँले एक विशेष प्राविधिकलाई यस्ता कीट तथा कीराको प्रकोपसँग लड्न बोलाउँदा उनीहरू प्रमाणपत्र प्राप्त भएको सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ।
अस्ट्रेलियन इन्भाइरोमेन्टल पेस्ट म्यानेजर्स एसोसिएसन (एईपीएमए) सहरी क्षेत्रमा यस्ता किराहरू नियन्त्रण गर्ने पेसामा लागेका व्यक्तिहरूको उच्च निकाय हो।
यसका सदस्यहरूसँग लाइसेन्स हुन्छ र किरा नियन्त्रणका लागि गरिने कार्यहरूका लागि बिमा गरिएको हुन्छ।
एईपीएमएका बोर्ड सदस्य रब बोस्मा भन्छन् मुसाको सङ्क्रमणलाई व्यवस्थापन गर्ने उपाय भनेकै रोकथाम हो।
कस्ता घरहरू प्रति मुसाहरू आकर्षित हुन्छन् त भन्ने बारे मानिसहरूले बुझ्नु पर्ने उनको भनाइ छ।
जस्तै वरपर झाडीहरू भएका, घर भित्र छिर्न सक्ने ठाउँ भएका, घर मुनि खालि ठाउँ वा प्वालहरू छन् भने र फोहोर भएको घरमा पनि मुसा आउन सक्छ।

घरमा धमिरा पो छ कि?
प्रत्यक्ष स्वास्थ्य जोखिम नभए पनि मूल भूमि अस्ट्रेलियाका घरधनीहरूका लागि धमिरा प्रमुख चिन्ताको विषय हो।
तिनले काठमा पाइने तत्त्वहरू खान्छन्, त्यसैले यदि यसको प्रकोप बारे बेलैमा थाहा पाइएन भने काठबाट बनेका संरचनामा यसले निकै ठुलो हानि पुर्याउँछ।
र तिनीहरू तातो र चिसो दुवै मौसममा पाइन्छन्।
"जब धमिरा कुनै भवनमा प्रवेश गर्छ तब त्यसले उक्त ठाउँको मूल्यमा गिरावट ल्याउँछ," बोस्मा भन्छन्।
र यसको सबैभन्दा ठुलो चुनौती भनेको यो भुईँ र भित्ताका चेप-चापमा बस्ने भएकाले मानिसहरूलाई आफ्नो घरमा धमिरा लागेको कुरा कम्तीमा पाँच वर्षपछि मात्र थाहा हुने भएको बोस्मा बताउँछन्।
अब घर भाडामा बस्नेहरूको हकमा, उनीहरूको दैनिकीले गर्दा फैलने किराहरूका लागि उनीहरू नै जिम्मेवार हुन्छन्। तर यो भन्दा फरक धमिरा भने यस्तो समस्या हो जुन घरधनी कै जिम्मेवारी अन्तर्गत पर्छ।
जे भए पनि यदि कुनै जीवजन्तु र किरा फट्याङ्ग्राहरू घरमा पसेको थाहा भयो भने घरको व्यवस्थापन गर्ने व्यक्ति वा प्रोपर्टी म्यानेजरसँग कुरा गर्न बोस्मा सुझाव दिन्छन्।

कीटनाशकहरूमा यस्ता तत्वहरू हुन्छन् जसले मानिसहरूलाई हानि पुऱ्याउन सक्छ र कीटनाशक विषाक्तताको लक्षणहरू यसको सम्पर्कमा आएको दुई दिन भित्र देखा पर्छ।
यदि तपाईलाई कीटनाशक प्रयोगको असर अनुभव भएको छ भने, वा शंका छ भने तपाईंले विष सूचना केन्द्रलाई पोइजन्स इन्फर्मेसन सेन्टरलाई १३ ११ २६ मा फोन गर्नुहोस्।
आपतकालीन अवस्थामा भने ००० मा फोन गर्नुहोस्।









