न्यानो र आद्रतापूर्ण वातावरण हुने ठाउँमा मौलाउने हुँदा ढुसी अस्ट्रेलियाका घरहरूमा सहजै देखिन्छन्।
सामान्य भन्दा बढी आद्रता भएका वा हावाको गुणस्तर नराम्रो भएका बखत पनि ढुसी आउने सम्भावना हुन्छ।
ढुसीकै कारण आर्थिकसँगै थुप्रै स्वास्थ्य समस्याहरू पनि आउन सक्छन्।
पछिल्लो समय वर्षा र बाढीले अस्ट्रेलियाका पूर्वी तटीय क्षेत्रहरुमा गम्भीर असर गरेको छ र परिणाम स्वरूप, यी क्षेत्रहरूमा ढुसी अभूतपूर्व फैलनुका साथै खतरनाक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ।
ढुसी फैले यसलाई हटाउन खर्चिलो हुने र अधिकांस अवस्थामा व्यावसायिक सफाईकर्ताहरूको सहयोग लिनु पर्ने जानकारहरूको भनाई छ।

ढुसी के हो?
ढुसी ओसिलो र कम हावा चल्ने स्थानमा फैलने एक प्रकारको फन्जी हो। यसको स-साना कणलाई स्पोर भनिन्छ जस मार्फत यसको प्रजनन हुन्छ र फैलने गर्दछ।
यस्ता स्पोरहरु हावामा फैलने भएका कारण एलर्जी भएका व्यक्ति वा संवदेनशिल मानिसहरूलाई यसले समस्या निम्त्याउन सक्दछ।
विश्व स्वास्थ्य सङ्गठनले अस्ट्रेलियाका ५० प्रतिशत घरहरूमा ढुसी रहेको अनुमान गरेको छ।

छोटो समयका लागि भए पनि यसको असरमा आउने मानिसहरूलाई गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
यद्यपि वैज्ञानिकहरूले भवनमा चिस्यान जम्मा हुनबाट रोक्न नयाँ सामाग्री र उपायहरुका बारेमा अनुसन्धान गरिराखे तापनि सरकारले ढुसी नियन्त्रणका लागि साझा निर्देशनहरूमा भने सहमति जनाएको छैन।
ढुसीले लत्ताकपडा लगायत अन्य सामाग्रीलाई पनि असर गर्दछ र ढुसी लागेका सामाग्रीहरू नष्ट गर्नु जरुरी हुन्छ।
ढुसीले तपाईँको स्वास्थ्यलाई कसरी असर गर्छ ?

अस्ट्रेलियन मेडिकल एसोसिएसन (एएमए)का उपाध्यक्ष डाक्टर क्रिस मोय, एलर्जीबाट श्वासप्रश्वासको समस्या भएका वा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूलाई सबैभन्दा बढी जोखिम हुने बताउँछन्।
“सबैभन्दा साधारण भनेको एलर्जी हुने हो, दम, रूघा खोकी वा एक्जिमा भएका मानिसहरूलाई ढुसीको एलर्जी हुन्छ,” डा मोय भन्छन्।
“अरूका हकमा भने आँखा, नाक र घाटी पोल्ने हुन सक्छ।”
सिड्नी विश्वविद्यालयकी अनुसन्धानकर्ता एवम् वास्तुकलाकी वरिष्ठ लेक्चरर डाक्टर अरियना ब्रामबिलाले हालै मात्र भवनहरूमा हुने चिस्यानका बारेमा एक पुस्तक लेखेकी छन्।
उनका अनुसार प्रत्येक तीन मध्ये एक घरमा अत्यधिक चिस्यान र ढुसीका कारण स्वास्थय एवम् घरको पुन: निर्माणको आर्थिक भार पर्ने गरेको छ।
उनका अनुसार बन्द ठाउँहरूमा हाम्रो व्यवहारले पुराना वा नयाँ घरमा ढुसी लाग्ने सम्भावनालाई प्रशय दिन सक्छ।
कसैका लागि घर सर्नु मात्र एक विकल्प
ढुसीका कारण केही मानिसहरूमा नाटकीय परिणामहरू दिन सक्छ।
बषौदेखि भाडामा बस्दै आएकी मेलबर्नमा निवासी अमिता पियाज्जीमा रोगका केही लक्षणहरू देखिन थाले।
उनलाई लक्षण के कारणले आएका हुन भनेर पत्ता लगाउन केही समय लाग्यो, अन्ततः ढुसीका कारण रोगका विभिन्न लक्षणहरू देखिएका हुन भनेर उनले पत्ता लगाइन्।
"सबैभन्दा साधारण भनेको एलर्जी हुने हो र दम, हे फिभर वा एक्जिमा भएका मानिसहरूलाई ढुसीको एलर्जी हुन्छ।"
“लक्षणहरूका विभिन्न रूपमा थिए, केही व्यवहारमा र केही स्वास्थ्यमा आधारित थिए,” उनले भनिन्।
“पहिलो त दिमाग ठप्प हुन्थ्यो, मैले के गरिरहेको छु भन्ने नै मलाई थाहा हुँदैन थियो, बिर्सने बानी, मैले बोल्दा शब्दहरू नै फेला पर्दैन थिए।”
पियाज्जीले घरबाट काम गर्न थालेपछि लक्षणहरू बिग्रँदै गएको पाइन्, जसमा घाउहरू ढिला निको हुने जस्ता थिए।
ढुसीका कारण यस्तो समस्या भएको हो भन्ने पत्ता लागेपछि भने उनले दुई कुराले उनलाई लक्षणहरू माथि विजय प्राप्त गर्न सहयोग गर्यो।
ढुसी कसरी हटाउने?

बन्द वातावरणमा एक पटक ढुसी लागेपछि यसलाई हटाउन निकै चुनौतीपूर्ण हुन्छ, किनकि यो सतह भित्र गहिरो गरी बसेको हुन्छ।
यसलाई आफै हटाउन खोज्दा चुनौतीपूर्ण हुनसक्छ।
गम्भीरता र प्रभावित क्षेत्रको मूल्याङ्कन गरी डाक्टर ब्रामबिला भन्छिन् कि यसलाई सफा गर्ने काम व्यावसायिक सर-सफाईकर्मीलाई छाडिदिँदा उचित हुन्छ।
“यो निकै गार्हो छ, र हामी आफै नगर्न सुझाव दिन्छौ किनकि केही रसायनहरू धेरै विषाक्त हुन सक्छन्,” उनले भनिन्।
“ढुसीको समस्या भनेको पर्खाल भित्र हुन्छ, तपाईँले बाहिर सतहमा सफा गर्न खोज्नुभयो भने यो केवल अस्थायी मात्र हुन्छ।”
अमीता पियाजी भन्छिन् कि यस्ता घरबाट सर्नु सबैका लागि सजिलो नहुन सक्छ किनकि यसले आर्थिक तनाव दिन्छ।
“तपाईँले केही पनि क्षतिपूर्ति पाउनसक्नु हुन्न,” उनले थपिन्।
अनुसन्धान र कानून
अनुसन्धानकर्ताहरुले भवनहरूमा आउन सक्ने चिस्यान र यसले ढुसी विकास हुनलाई रोक्न थप प्रभावकारी सामाग्रीहरूको प्रयोगलाई प्रोत्साहित गर्न नयाँ विधिहरूको विकास गरिरहेका छन्।
तर हालसम्म यस्ता कुनै कढा नियमहरू भने आएका छैनन्।
मार्च २०२० मा अस्ट्रेलियामा बायोटोक्सीन सम्बन्धित रोगहरूका बारेमा सङ्घीय सरकारको अनुसन्धानले राज्य र टेरीटरीहरुका हालको भवन संहितामा ओसिलोपन र ढुसीलाई रोक्नका लागि थप अनुसन्धान र अध्ययन गर्न अनुरोध गरेको थियो।
वास्तुकार डायना याङ्ग भन्छिन् कि कानुनले भवन भित्र आउन चिस्यान लगायतका कुराहरूलाई नियमन गर्दैन तर भवन बनाउँदा यस्ता मापदण्डहरू पछ्याउनु आवश्यक छ।

डाक्टर ब्रामबिला पनि भवन निर्माणलाई अझ व्यवस्थित बनाउन अनुसन्धान जारी राखेको बताउँछिन्।
क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा आएको बाढीका कारण ढुसीका कारण मानिसहरूको स्वास्थ्यमा पर्न सक्ने असरमा वृद्धि भएको बताइन्छ।
यदि तपाईंको घरमा पनि ढुसीको असर देखिएको छ भने चाहिँ डाक्टर मोयले केही उपायहरू सुझाएका छन् जस्तै कि:
- यसको नजिक आउनबाट जोगिने,
- ढुसी भएको क्षेत्रमा जानै पर्ने भए पिटु एन ९५ मास्कको प्रयोग गर्ने,
- चिस्यान भएका क्षेत्रमा हावाको बहावलाई बढावा दिने,
- झ्याल खोल्ने र कार्पेट जस्ता सामाग्री भिजेको खण्डमा बाहिर फ्याल्ने आदि।
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा बसोबास: हृदयघातका लक्षण देखा परे के गर्ने?





