अस्ट्रेलियाको पूर्ण जनसङ्ख्याको २०% भन्दा बढी परिवारहरूले घरमा अङ्ग्रेजी बाहेक अरू भाषा पनि बोल्ने गरेको तथ्याङ्कले देखाएको छ।
अभिभावकहरूले आफ्ना बालबालिकालाई एउटाभन्दा बढी भाषा सिकाउन गाह्रो भए तापनि यसका फाइदाहरू पनि थुप्रै हुने अनुसन्धानले देखाउँछ।
मेलबर्न विश्वविद्यालयका भाषाविद् प्राध्यापक जोन हायेक भन्छन् कि दोभाषे हुनाले बच्चाहरूको व्यक्तित्व विकासमा मद्दत पुराउँछ।
धेरै समुदायमा बालबालिकालाई उनीहरूको मातृभाषा सिकाउँदा त्यसले एउटा पुस्ताबाट अर्को पुस्तामा सांस्कृतिक ज्ञान पनि हस्तान्तरण गर्ने उनले बताए।
स्टान्ली वङ्ग एबट्सफर्ड प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्, जुन भिक्टोरियाका १२ वटा सरकारी विद्यालयहरू मध्य एक हो।

दोभाषे कार्यक्रमहरू प्रदान गरिने यस विद्यालयमा सन् १९८४ मा सबैभन्दा पहिले चिनियाँ भाषा सिकाउन थालिएको थियो।
त्यस बेला र अहिलेको तुलनामा चिनियाँ र अन्य भाषा सिक्ने पनि थुप्रै विद्यार्थीहरू रहेको उनी बताउँछन्।
दोस्रो पुस्ताका ग्रीक अस्ट्रेलियाली भासो जन्गालिस सन् १९८० को दशकमा औपचारिक दोभाषे शिक्षा पाउने पहिला विद्यार्थीहरू मध्य एक हुन्।
उनको अनुभवसहितको यो रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास: तपाईँको बच्चालाई भाषा र संस्कृति कायम राख्न कसरी मद्दत गर्ने? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
वाङ्ग भन्छन् कि विद्यालयमा अङ्ग्रेजी बाहेक अन्य भाषा सिक्न थाल्दा बच्चाहरूलाई सुरुमा अलि गाह्रो हुन सक्छ। तर परिवारमा एउटाभन्दा बढी भाषा सुन्दै र बोल्दै आएकाहरूलाई यो कुनै नौलो पहिचान नहुने र उनीहरूको बलियो सांस्कृतिक पहिचान निर्माण गर्न मद्दत पुग्ने उनले बताए।
प्राध्यापक हायेकको मूल परिवार स्लोभेनियाबाट हो। उनी भन्छन् कि भाषा र संस्कृतिको महत्त्व हरेक समुदायमा फरक-फरक हुन सक्छ।
यस सन्दर्भमा जन्गालिस भन्छिन् कि उनको ग्रीक समुदायमा यो निकै महत्त्वपूर्ण छ।

उनका दुई बालबालिका हाल विद्यालय जाने उमेरमा छन् र उनीहरूलाई अङ्ग्रेजी बाहेक अन्य भाषा पनि सिकाउन पाएकोमा आफू खुसी रहेको उनले बताइन्।
अस्ट्रेलिया आउने नयाँ आप्रवासीहरूलाई पनि उनको सोही सल्लाह छ। विद्यालयभन्दा बाहिर पनि यस्ता दोभाषे सिकाउने कार्यक्रम आयोजना गर्न सकिने उनले आफ्नो अनुभवबाट बताइन्।
उनी र अन्य केही अभिभावकहरू मिलेर पुस्तकालयमा यस्ता कार्यक्रम आयोजना गरेका छन्।
अभिभावकहरूले बालबालिकालाई यसरी एउटाभन्दा बढी भाषा सिकाउँदा उनीहरूको क्षमता अनुसार मात्र गर्न भने ध्यान दिनु पर्ने प्राध्यापक हायेकले बताए - किनभने अस्ट्रेलियामा बसे पछि उनीहरूले सबैभन्दा धेरै बोल्ने भाषा अङ्ग्रेजी नै हुन्छ।
अन्ततः वाङ्ग भन्छन् कि भाषा र संस्कृतिलाई बच्चाको जीवनको सामान्य भाग बनाएमा त्यो एक भारको रूपमा रहँदैन।








