Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: हृदयघातका लक्षण देखा परे के गर्ने?

srce

अस्ट्रेलियामा मृत्युको प्रमुख कारण हृदय घात हो। औसतमा हरेक १२ मिनेटमा एक जना अस्ट्रेलियालीको मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने गरेको छ। हृदय घातको सन्दर्भमा, यसले हरेक एक घण्टामा एक जना अस्ट्रेलियालीको ज्यान लिन्छ। यसका लक्षण चाहिँ के हुन्, कसरी चिन्न सकिन्छ, र यसो भएमा के गर्न सकिन्छ त?


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा मृत्युको प्रमुख कारण हृदय घात हो। औसतमा हरेक १२ मिनेटमा एक जना अस्ट्रेलियालीको मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने गरेको छ। हृदय घातको सन्दर्भमा, यसले हरेक एक घण्टामा एक जना अस्ट्रेलियालीको ज्यान लिन्छ। यसका लक्षण चाहिँ के हुन्, कसरी चिन्न सकिन्छ, र यसो भएमा के गर्न सकिन्छ त?


हृदयघातका लक्षणहरू जति छिटो पत्ता लगाएर उपचार गरे, पूर्ण रूपमा निको हुने मौका त्यति नै धेरै हुन्छ।  

अस्ट्रेलिया वाइड फर्स्ट एडको अनुसार, आधा शताब्दी भन्दा बढी समयदेखि अस्ट्रेलियाका सबै मृत्युका प्रमुख कारण कोरोनरी मुटु रोग अर्थात्, रक्त नली साँघुरो भएर मुटुसम्म पर्याप्त रगत नपुग्नाले हुने गरेको छ।  

सन् २०२१ मा अस्ट्रेलियामा मुटु रोगका कारण करिब १२ हजार सात सय २८ जनाको ज्यान गरेको अस्ट्रेलियाली तथ्याङ्क ब्युरो एबीएसले जनाएको छ। 

हृदयघातका लक्षण हरेक व्यक्तिमा फरक हुन सक्छन्, तर केही लक्षणहरू भने सबैमा देखिने देखिने हुन्छन्। 

विशेष गरी छाती दुखेमा सतर्क हुनु पर्ने सिड्नीका जीपी डाक्टर प्रबीन पाठक बताउँछन्। 

हृदयघातले हरेक एक घण्टामा एक जना अस्ट्रेलियालीको ज्यान लिने गरेको तथ्याङ्क छ। हृदयघातका लक्षण के हुन्, यसलाई कसरी चिन्न सकिन्छ, र यसो भएमा के गर्न सकिन्छ त? यस बारे रिपोर्ट सुन्नुहोसः अस्ट्रेलियामा बसोबास: हृदयघातका लक्षण देखा परे के गर्ने? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

आफूमा या आफू वरिपरि कसैलाई यस्तो कुनै लक्षण देखा परेमा तुरुन्तै ००० ट्रिपल जिरोमा फोन गरी हाल्नु होस्।  

मद्दतको लागि केही उपायहरू अपनाउन सकिने, क्वीन्सल्यान्ड कार्डियोभास्क्युलर ग्रुपका हृदय रोग विशेषज्ञ रब पेरेलले बताए।  

हृदय घात भएको हो कि होइन भनेर ठम्याउन गाह्रो भएमा, अलिकति शङ्का हुँदा पनि अस्पताल पुग्नु नै ठिक हुन्छ।  

हार्ट फाउन्डेसनका ग्यारी जेनिङ्ग्स बताउँछन् कि यस्तो समयमा हरेक मिनेट अमूल्य हुन्छ। 

Always call Triple Zero (000) immediately if you think you or someone else may be having a heart attack.
Always call Triple Zero (000) immediately if you think you or someone else may be having a heart attack. Source: AAP Image/Bianca De Marchi

अस्ट्रेलियामा ४५ वर्ष भन्दा बढी उमेरमा पुरुषको आधा जनसङ्ख्या र एक तिहाइ महिलाहरूलाई जीवनमा कुनै समय मुटुको रोग हुन सक्छ। यो निकै ठूलो सङ्ख्या हो - तर यसलाई कम गर्ने तरिका पनि हाम्रै हातमा छ।  

डाक्टर पाठक भन्छन् कि सबैभन्दा मुख्य कुरा भनेको स्वास्थ्य जीवनशैली नै हो।  

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमिका मानिसहरूमा पनि मुटुका समस्या देखिने गरेको डाक्टर पाठकले जानकारी दिए। 

हार्ट फाउन्डेसनले मानिसहरूलाई आफ्नो रक्तचाप अर्थात् ब्लड प्रेसर जाँच गर्न प्रोत्साहन गर्दै आएको जेनिङ्ग्स बताउँछन्। 

Regular blood pressure check ups help to detect heart diseases.
Regular blood pressure check ups help to detect heart diseases. Source: Getty Images/bymuratdeniz

जीवन बचाउनका लागि उनको अन्तिम सल्लाह यस्तो छ: आफ्नो कुर्सीबाट उठ्नुहोस्, र शारीरिक रूपमा सक्रिय रहनुहोस्। 

यदि तपाईँको जीवनयापन स्वस्थ छ भने हृदय घातको जोखिम कम हुन्छ। तर यदि आफू या आफू वरिपरिको कसैलाई यस्तो भएमा, छिटो कदम चाल्न जरुरी छ।  

थप जानकारीका लागि द हार्ट फाउन्डेसनको वेबसाइट मा हेर्नुहोस्।  


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now