"बेरोजगार भत्ताको बुद्धिलाई निरन्तरता दिँदा रोजगारी खोज्न बाधा नपर्ने"

How to handle your finance after the end of jobseeker and JobKeeper

Source: AAP

सरकारले बेरोजगार भत्ता सँगै दिँदै आएको कोरोना भाइरस पूरक रकमको कटौती प्रति कल्याणकारी सङ्घ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।



प्रमुख बिषय

  • पुरक रकम सहितको बेरोजगार भत्तालाई निरन्तरता माग
  • जागिर खोज्नमा रोजगार भत्ता बाधा नहुने
  • लेबरद्वारा कल्याणकारी भुक्तानीमा वृद्धि गर्न र महामारीमा अर्थतन्त्रमा समर्थन गर्न माग

हाल सरकारले दिँदै आएको  पूरक रकमलाई अस्थायी रूपमा लम्ब्याउने बारेको विधेयक संसदमा समीक्षा भइरहेका बेला संसदीय कमिटीले  सरकारी कामकाजको अनुगमन, विधेयकको समीक्षा र मुद्धाहरुको पहिचान गरी संसद् समक्ष सिफारिस गर्ने भएको छ ।

अस्ट्रेलियन काउन्सिल अफ सोसियल सर्भिसेसका कासान्ड्रा गोल्डीले स्थायी रूपमा भत्ताको वृद्धिका लागि पहल गदै आइरहेका छन् ।

यो महिनाबाट सङ्घीय सरकारले जवसिकर भनिने बेरोजगार भत्तालाई घटाउने घोषणा गरेको थियो  । 

कोरोना महामारी अघि न्यु स्टार्ट भनिने बेरोजगार भत्ता पाक्षिक १५० डलरमा सीमित थियो ।

A third of Australian businesses experiencing challenges with finding staff
job seekers Source: AAP

गत सेप्टेम्बरमा कोरोना महामारी भत्ताका रूपमा २ सय ५० डलर प्रति हप्ता वृद्धि भएपछि यो रकम हाल  ५ सय ६५ दशमलव ७० को रहँदै आएको छ ।

तर सरकारले १५० डलर प्रति हप्व्ताको कटौती गर्ने भएपछि भने यो रकम ७ सय १५ डलर प्रति दुई हप्तामा सीमित हुनेछ ।

एन्जेली कियर अस्ट्रेलियाका कार्यकारी निर्देशक केसी च्याम्बर अनिश्चितताका बिचमा सरकारको भत्तामा कटौती अस्वीकार्य रहेको बताउँछिन् ।

यता विपक्षी  लेबर पार्टीले पनि कल्याणकारी भुक्तानीमा वृद्धि गर्न र महामारीमा अर्थतन्त्रमा समर्थन गर्न आवहना गरिरहेको छ ।

सङ्घीय सरकारले जवसिकरको दरमा स्थायी वृद्धिका लागि सोचिरहेको तर हालको आर्थिक वातावरणका कारण निर्णय लिन ढिलाइ भइरहेको प्रतिक्रिया दिएको छ ।

जेडिन कोनन अस्ट्रेलियाली बेरोजगारहरूले खडा गरेको बेरोजगार मजदुर युनियनका लागि नीति सल्लाहकार हुन । यो संस्थाको उद्देश्य बेरोजगार श्रमिक र पेन्सनरहरुको अधिकारको रक्षा गर्नु हो ।

कोनन भन्छन्  कि बेरोजगार भत्ता सँगै दिइँदै आइएको पूरक रकमको कटौती भए यसले अवरोध खडा गर्नेछ ,जसका कारण मानिसहरू बेरोजगार हुनुको पिडा बाट निस्कन मुस्किल पर्नेछ ।

Australian Jobs_ Employers would like to see if the jobseeker is the right fit for the company.
Employers would like to see if the jobseeker is the right fit for the company. Source: Getty Images

हाल करिब १५ लाख मानिसहरू बेरोजगार भत्तामा आश्रित रहेका छन् । र यो सङ्ख्या क्रिसमस सम्म १८ लाख पुग्ने ट्रेजररी विभागले अनुमान गरेको छ ।

फाईनान्सीयल काउन्सीलिङ भिक्टोरियाकी एलिजाबेथ स्ट्यारी बेरोजगारलाई दिइँदै आएको भुक्तानीले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको बताउँछिन् ।

उनी भन्छिन्  कि यसमा कटौती गर्नु भनेको यसलाई नकारात्मकता तिर लिएर जानु हो ।

Millions of Australians on JobSeeker have had their payments cut.
Millions of Australians on JobSeeker have had their payments cut. Source: AAP

युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक जेफ बोर ल्यान्डले नयाँ काम स्वीकार गर्नका लागि जब सिकर भुक्तानीको असरका बारेमा अध्ययन गरेका छन् ।

उनी भन्छन् जवसिकरको भुक्तानी लिँदा नयाँ रोजगार खोज्नका लागि कुनै असर वा बाधा नहुने देखिन्छ । 

यद्यपि प्रोफेसर बोरल्याण्ड भन्छन् केही रोजगारदाताहरुले नयाँ कर्मचारी भर्ती गर्दा अनौपचारिक रूपमा केही चिन्ता बेहोरेको  बताए पनि यो बेरोजगार भत्ताका कारण बाधा भएको मान्न सकिदैन् ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now